• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मिथिलानी सावित्री पर्वको तयारी गर्दै

metakhabar by metakhabar
७ जेष्ठ २०८२,
0
जनकपुरमा जानकी जन्मोत्सव सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जलेश्वर, ७ जेठ : मिथिलानीहरू तराई मधेससहित सम्पूर्ण मिथिलाञ्चलमा आउँदो सोमबार अटल सौभाग्यको कामना गर्दै मनाइने पर्वको तयारीमा जुटेका छन् ।

पतिको दीर्घायुको कामना गर्दै नवविवाहिता तथा विवाहित नारीले प्रत्येक वर्ष मनाइने बट सावित्री पर्वका लागि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी नारीहरू (मिथिलानीहरू) विभिन्न तयारीमा लागेका हुन् । मिथिलानीहरू अहिले आआफ्नो गाउँठाउँको हाट बजारमा रातो, पहँेलो तथा रङ्गीचङ्गी नयाँ बस्त्र, चुरा पोते, टिका, विन्दी तथा मेहन्दी किनमेल गर्न व्यस्त देखिएका छन् । पर्वकै लागि अनिवार्य वस्तु बाँसको चोयाबाट निर्मित पङ्खा र डालो किनमेल गर्दै देखिएका छन् ।

पर्व आउन अब एक साता मात्रै बाँकी रहँदा महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित हटियामा अहिले प्रत्येक दिन साँझपख महिलाको घुइँचो लाग्ने गर्दछ । जहाँ महिला बासको पङ्खा र डालो किनिरहेको हेर्न सकिन्छ । त्यस्तै दिनभरि यहाँको विभिन्न श्रङ्गार पसल, कपडा, पसल र चुरापोतेको पसलमा महिलाको भीडभाड रहने गरेको हेर्न सकिन्छ ।

पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि महोत्तरी लगायत तराई, मधेसका महिलाले आउँदो सोमबार बट सावित्री पर्व मनाउने भएको जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका मुख्य पूजारी उपेन्द्र पाठकले बताउनुभयो । मिथिलाञ्चलमा बट सावित्री पर्वलाई स्थानीय भाषामा (बरसाइत पावइन) भन्ने गरिन्छ । जेठ कृष्णपक्ष अमावस्याका दिन मनाइने बर साइत पावइन (बट सावित्री पर्व) नवविवाहिता र सामान्य विवाहित महिलाले फरकफरक विधिअनुसार मनाउने चलन छ ।

नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्य रूपमा ससुराली (श्रीमान्को घर) मै मनाउनुपर्छ । नवविवाहिताले सो पर्वको लागि नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि सोह्रश्रृङ्गार अर्थात  लाउने लुगादेखि चुरासम्मका सबै श्रृङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ ।

सोमबार बिहानै नुहाइधोइ रातो पहँेलो पहिरनमा नजिकको वर (वट)को रुखमुनी बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्नेछिन् । उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रुखमुनी पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति र पत्नी मिलेर पूजा गर्नेछन् । पति र पत्नीले पूजा गरिरहँदा पत्नीको भाइ छाता ओढाएर साक्षीको रुपमा उभिन्छन् । महिला पुरोहितले पर्वको मन्त्र उच्चारण गरी वरको जरामा पूजा गर्छन् । अंकुरी (पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल) काँक्रो, केरा, स्याउ, अंगुर, आँप, लिची र नरिवल प्रसाइको रूपमा वरको जरामा चढाएर सिँदुरले रगाउँछन् । प्रसाद चढाइ सकेपछि ब्रतालुले पतिलाई उभिन लगाएर वरको रूखमा सात फेरो  पहेँलो र रातो धागोले बेर्छन् । त्यस्तै वरको रूखलाई पति सम्झिदै हलुको हातले सेवा गरेजस्तै थिच्ने, बाँसको पङ्खा लिएर हावा दिने (हम्किने) विधिहरू पनि पूरा गर्दछन् ।

त्यस्तै आँप र कलश लिएर तीनपटक वरको रूख र पतिको परिक्रमा गर्छन् । परिक्रमा गरिरहेको बेलला ब्रतालुले एकपटक वरको जरामा र अर्को पटक पतिको गोडामा जल चढाउँछन् । यसपछि पत्निले पतिको खुट्टा धोएर चर्नामृतको रूपमा पिउँछिन् ।

यसैबीच सामान्य विवाहित महिलाले पतिको अनुपस्थितिमै वरको बोट मूनि पर्वका सबै विधि विधानहरू पूरा गरेर पूजा सम्पन्न गर्नेछन् भने घरमा गएर पतिको पूजा गर्ने, पतिलाई बाँसको पंखाले हावा दिने (हम्किने), आँपको प्रसाद खुवाउने र पतिको खुट्टा धोएर चर्नामृत पिउने चलन रहेको छ ।

अग्निपुराणमा उल्लेख भएअनुसार व्रती महिला दिनभरि उपवास गरेर सावित्रीको पूजा वृक्षको मुनि बसेर गर्नुका साथसाथै अविवाहित तरूणीहरू पनि गीत गाउँदै र लोकनाच गर्दै यस चाडलाई मनाउने गर्दछिन् । यस पर्वको दिनमा बिहानै विवाहित महिलाहरू उठेर नदी अथवा पोखरीमा स्नान र स्वच्छ तन मन धनले बट वृक्षमुनि सावित्रीको आराधना र अर्चना गरेर धुमधामसहित यसलाई मनाउने गर्दछन् । नयाँ साडी लगाएर आफ्नो सिउँदोमा सिन्दुर हालेर विधिविधानसहित यस पर्वलाई मनाउने परम्परा रहेको छ । विभिन्न फलफूल, अक्षता, धुप, दीपसहित विवाहित महिला गीत गाउँदै गाउँ बाहिर जहाँ बट वृक्षको अवस्थिति हुन्छ । त्यस ठाउँमा गएर सावित्रीको पूजा गर्दछन् । पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ । सावित्रीले मृत पति सत्यवान्को पुनर्जीवनका लागि यसरी नै पूजा गरेको धार्मिक पुस्तकका उल्लेख रहेको जलेश्वर नगरपालिका–८ का पण्डित अनिल पाठकले बताउनुभयो ।

Previous Post

प्रधानमन्त्री कप भलिबल जेठ ८ देखि १५ गतेसम्म

Next Post

‘हाम्रो माया घर’ निर्माणले गति लियो 

metakhabar

metakhabar

सम्बन्धित खबर

ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
फिचर-ब्यानर

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

२ चैत्र २०८२,
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
आर्थिक

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

२ चैत्र २०८२,
होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

होर्मुज बन्दः विश्व बजारमा दबाब

२ चैत्र २०८२,
धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’
आर्थिक

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

२ चैत्र २०८२,
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
आर्थिक

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

२ चैत्र २०८२,
Load More
Next Post
‘हाम्रो माया घर’ निर्माणले गति लियो 

‘हाम्रो माया घर’ निर्माणले गति लियो 

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In