• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राउटेः सरकारको लगानी बालुवामा पानी

by
१ माघ २०७९,
0
राउटेः सरकारको लगानी बालुवामा पानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।कर्णाली प्रदेश सरकारले राउटे समुदायको मुल प्रर्वाहिकरण कार्यक्रम ९राहत तथा पुर्नस्थापना क्षतिपूर्ति शिर्षकमा पत्येक वर्ष लाखौ रकम छुट्याउछ। सरकारले छुट्याएको रकम बालुवामा पानी भएजस्तै भएको लोपउन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकि अध्यक्ष राउटेहरूकी भान्जीका रुपमा परिचित सत्यदेवि खड्का बताउनुभयो ।

पहिले वनजङ्गलमा रमाउने, खोलाकिनारमा नाङ्गै बस्ने, पहिले–पहिले कन्दमूल खाने, गुना–बाँदरको शिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नून छर्केर खाने गर्थे, तरकारीका रुपमा कुभिण्डो, खोले सागलाई उसिनेर पकाउँथे,’ उहाँले भन्नुभयो, ‘अचेल खानपिनको शैली बदलियो, मदिराको कुलत बढ्यो, शहरिया खानपिनमा रुचि बढ्यो जसले गर्दा राउटेको स्वास्थ्य अवस्था कमजोर बन्न पुग्यो।’

कर्णाली प्रदेश सरकारले राउटे समुदायको मुल प्रवाहिकरण कार्यक्रम शिर्षकमा प्रत्येक वर्ष बजेट छुट्याएपनि बालुवामा पानी जस्तै भएको छ। राउटेको मुल प्रवाहिकरण भनेर बजेट छुट्याए पनि राउटे संकटमा पर्दै गएता पनि तीनै तहका सरकारले चासो देखाएको पाइदैन ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले दिएको तथ्यांक अनुसार राउटेको मुल प्रवाहिकरणका लागि भनेर प्रदेश सरकारले २०७५/७६ देखि हालसम्म एक करोड रुपैया छुट्याएको छ। २०७५/७६ मा २० बजेट छुट्याएकोमा ४ लाख खर्च भएको थियो, ०७६/७७ मा ५० लाख छुट्याइएको दुइलाख मात्र खर्च भएको। २०७७/७८ मा २० लाख छुट्याइएकोमा ढाइ लाख खर्च भएको थियो। २०७८/७९ मा नौ लाख मा चार लाख खर्च भएको। गरी करिब एक करोड रुपैया छुट्याएको सामाजिक सुरक्षा तथा महिला विकास शाखा अधिकृति अनिता ज्ञवालीको भनाई छ। आर्थिक वर्ष २०७९/८० मा राउटेका लागि भनेर छुट्टै बजेट नछुट्याइएको ज्ञवालीले जानकारी दिनुभयो।

परम्परागत सीप संकटमा

कुनै समय आफूले बनाएका सामग्री बोकेरै गाउँ–गाउँ डुलेर अन्नसँग साटेर जीविकोपार्जन गर्ने राउटे समुदाय सीप संरक्षण नहुँदा उनीहरूको सीप संकटमा पर्दै गएको।

बजारमा आधुनिक प्रविधि भित्रिएसँगै जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले सरकार र संघसस्थाबाट पैसा सहयोग पाउन थालेपछि उनीहरूले भाडाकुडा बनाउन छोडेका छन्। सरकारबाट आउने सहयोग बढेपछि उनीहरूको सीप र स्वास्थ्य नै धरापमा रहेको छ। सरकारले मासिक चार हजार भत्ता दिने गरेको छ। त्यही पैसाले उनीहरूले उच्च रुपमा मदिरा पिउदै मदिरा पिउने गरेका छन्। पहिले आफै काम गर्दै आत्मनिर्भर राउटे अहिले सरकारी तथा गैरसरकारी संस्थाबाट पैसा पाउदा उनीहरू मदिरा पिउदै दिन बिताउदै आएका छन् ।

अहिले यो समुदायले पहिले झै काम गर्दैनन्। कोही मदिरा पिउनकै लागि बजार पुग्छन्। बजारबाट मदिरा बोकेर ल्याउछन्। बस्तिमै पिउछन्। राउटे मदिराको कुलतमा दिनहुँ फस्दै जानुको मुख्य कारण सरकार नै रहेको सोसेक नेपालबाट खटिएका शिक्षक लाल बहादुर खत्री बताउनुहुन्छ। ‘पहिले सरकारले दुइहजार बापत भत्ता दिन्थ्यो उनीहरू कम मात्रामा र सिमित पिउने हुन्थयो,’उहाँले भन्नुभयो, ‘उनीहरूको भत्ता वृद्धि हुँदै गयो र बाहिरबाट आउने सामग्री बढ्दै गएपछि राउटेहरू मदिराको लतमा फस्दै गए।’

मदिराकै कारण जन्मदर घट्दो मृत्युदर बढ्दो

२०७२ सालमा राउटे युवा कपिल शाही जलेर सख्त घाइते भए। उनको काठमाडौंसम्म लगेर उपचार गरिएको थियो। तर, आगोले पोलिएको घाउ निको भएन। घाउको दुखाइ कम गर्न उनले मदिराको सहारा लिए। नियमित अत्यधिक मदिरा सेवनले उनलाई अन्य स्वास्थ्य समस्या देखियो। अन्ततः कपिलले २०७७ असार ३१ गते ज्यान गुमाए। गत साता मात्र अत्यधिक मदिरा सेवन गरेर आगो नजिकै सुतेका राउटे युवा नारायण शाही गम्भीर घाइते छन्। कर्णाली प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि उपचारका लागि काठमाडौ लगिएको उनको शरीरको ३० प्रतिशत भाग जलेको छ।

मदिराको अत्यधिक सेवनका कारण ज्यान गुमाउने समुदायका अर्का युवा हुन, शिवराज शाही। बजारमा पाइने लिचीजस्ता मदिराको लतमा फसेका शिवराजले २०७८ वैशाखमा ज्यान गुमाएका थिए। पछिल्लो पाँच वर्षमा राउटे समुदायका २९ जनाले ज्यान गुमाएका छन। ज्यान गुमाउनेमा १९ जना बालबालिका र १० जना वयस्क उमेरका छन। त्यसमध्ये धेरैजसो वयस्क उमेरका राउटे नागरिक मदिरा सेवनको असर देखिएर मृत्युवरण गर्नेहरू छन। मदिरा सेवनका कारण अधिकांश राउटेको स्वास्थ्य कमजोर हुन थालेको स्वास्थ्यकर्मी बताउनुहुन्छ।

सरकारले भत्ताबापत दिने पैसाले राउटे समुदायमा मृत्युदर मात्र होइन जन्मदर पनि घटेको सोसेकबाट राउटे बस्तिमा खटिएका शिक्षक लबल बहादुर खत्रीको भनाई छ। ‘म प्रत्येक दिन राउटे दम्पतीसँग भेटेर मदिराकै कारण तपाईँहरूको जनसङया घटेको र कुनै बच्चा नजन्मेको भनेर मदिरा नपिउन आग्रह गर्छु,’ उहाँले भन्नुभयो, ‘केही समय मान्छन् पुन सरकारले चार महिनाको भत्ता एकैपटक हातमा थुर्पादिन्छ त्यस्ले गर्दा पनि धेरै पैसा देखेपछि मदिरा पिउन थाल्छन्।’

राउटे समुदायमा पछिल्लो पाँच वर्षयता २६ जना शिशु जन्मिएका छन। समुदायमा सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाले उपलब्ध गराएको तथ्यांकमा अनुसार २०७५ साउनदेखि २०७८ मंसिरसम्म २६ जना शिशु जन्मिएका छन। त्यसयता समुदायमा शिशु जन्मिएका छैनन।

पाँच वर्षको अवधिमा जन्मिएका २६ शिशु मध्ये १४ जनाले ज्यान गुमाइसकेका छन। यसले राउटे समुदायमा बालमृत्युदर ५० प्रतिशतभन्दा बढी देखाउँछ। परियोजनाका जोडी शिक्षकको रूपमा राउटे बस्तीमा खटिएका लालबहादुर खत्रीले अभिभावकले मदिरा सेवन गरेर नवजात शिशुको हेरचाह नगर्दा शिशुहरूले जन्मिएको एक हप्ताभित्रै ज्यान गुमाउने गरेको बताउँनुभयो । ‘राउटेको बसाइ नै त्यस्तै छ, चिसो भुइँमा सुत्ने गर्छन, पोषणयुक्त खानपिन छैन, त्यसमाथि अभिभावक मदिराको लतमा फँस्दा शिशुले अकालमै ज्यान गुमाइरहेका छन। मदिराले वयस्क नागरिकको स्वास्थ्य अवस्था पनि बिग्रिँदै गएको छ।’ राउटेमा चेतनाको कमी हुँदा व्यापारीले राउटेको सोझोपनको फाइदा उठाइरहेका उहाँको बुझाइ छ।

फेरियो जीवनशैली

राउटे समुदायका व्यक्तिलाई नागरिक बनाउन गुराँस गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्रअनुसार २०७५ असार ३० गतेदेखि स्थायी ठेगाना भएको परिचयपत्र प्रदान गर्दै आएको छ।

लोपोन्मुख राउटे समुदायको महाशत्रु हुन्, स्थायी बसोबास, लेखपढ र खेतीपाती। आफूलाई वनको राजा भन्न रुचाउने र जङ्गलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेको राउटे समुदाय नेपालको नागरिकता नलिए पनि नेपाली नागरिक हौँ भनेर गौरव गर्छ। राउटे बस्ती पुग्ने जोकोहीसँग राउटे बालबालिका र महिला पैसा माग्छन। घरायसी प्रयोगका सामग्री कोसी, मदुस, पिर्का, बाकस बनाएर बेच्ने पेशा गर्दै आएका राउटे समुदाय परम्परागत पेसालाई सर्वोपरी ठान्ने राउटे समुदायको ‘संस्कृति र जीवनशैली’ फेरिँदै गएको छ।

कल्याल, रास्कोटी र राजवंशी ठकुरी राउटे समुदाय आफ्नो परम्परागत पेसा र जीवनशैलीबाट विस्थापित बन्दै परनिर्भरतातिर गइरहेको छ। आफ्नो परम्परामा काडा देखिए पनि आधुनिकतासँगै राउटे समुदाय पनि आधुनिकतामा रमाउन थालेको छ। राउटेको दैनिक व्यवहार, रहनसहन र कला संस्कृति परिवर्तन हुँदै गइरहेको छ। विगतमा पशुपालन गर्दा राम्रो नहुने भन्दै तिरस्कार गर्ने राउटे समुदाय वनजङ्गल विनाशका कारण गुना र बाँदर पाइन छाडेपछि पछिल्लो समयमा बाख्रा र कुखुरा पाल्न थालेका छन। राउटे पहिलेको तुलनामा रुपैयाँ, पैसा र आधुनिक सामग्रीमा बढी प्रभावित हुन थालेका छन्।

हाम्रो मुख्य सिकार बाँदर र गुना जङ्गलमा पाइनै छाडे, चाडपर्वमा मासु खानुपर्छ, त्यसैले बाख्रा र कुखुरा किनेर पाल्ने गरेको राउटे मुखिया सूर्यनारायण शाहीले बताउनुहुन्छ। स्थायी रुपमा बस्न नचाहने, वनजङ्गलमा घुमन्ते जीवन बिताउँदै आफ्नै संसारमा रमाउन चाहने राउटे जाति पछिल्लो समयमा आधुनिकतातर्फ मोडिएको छ। राउटे समुदायको युवापुस्ता पनि आधुनिक संस्कृतिबाट प्रभावित हुन थालेको छ। पहिले नयाँ व्यक्ति देख्दा डराउने र बोल्न नचाहने, तस्बीर खिच्न नदिने राउटे जाति महिलालाई सँगै नहिडाउने, मुखियाले भनेका सबै कुरा पालना गर्ने गर्थे। तर पछिल्लो समय धेरै परिवर्तन भएको छ। उनीहरू अहिले खुलेरै आफ्ना समस्या राख्ने गर्छन्, महिलालाई सँगसँगै हिँडाउँछन्। केही समय अगाडि राउटे समुदायमा फोनमा कुरा गर्नु राम्रो मानिँदैनथ्यो, तर पछिल्लो समय यस समुदायका पाका उमेरका व्यक्तिले हातहातमा मोबाइल बोकेका देख्न सकिन्छ देखिन्छ।

सरकार र समाजको भूमिका ?

राउटेलाई मुल प्रवाहीकरणमा ल्याउने चर्चा पनि बेलाबखत चलिरहन्छ। राउटे नेपालको पहिचान भएकाले पनि राउटेलाई उनीहरूकै परम्पराअनुसार चल्नुपर्छ भन्ने आवाजहरू पनि उठ्न थालेका छन्। जंगलकै बिचमा भएता पनि राउटेले आफुले उत्पादन गर्ने सामग्री उत्पादन गर्न दिनुपर्छ।

वास्तवमा भनौँ भने राउटेहरू घुमन्ते आदिवासी जनजातिको अन्तिम र एक मात्र बचेको प्रजाति हो। तसर्थ यी राउटेहरूको लागी स्थायी घर बनाइदिने र अन्य व्यवस्था मिलाउने भनेको एक मात्र घुमन्ते प्रजातिलाई हाम्रो समाजमा समाहित गरेर विलुप्त गर्नु हो।

राउटे अज्ञानतासँग रमाइरहेको समुदाय हो। पछिल्ला केही वर्षयता उनीहरूको जीवनशैलीमा नकारात्मक परिवर्तनहरू देखा परेका छन। तत्कालीन सशस्त्र द्वन्द्वपछि जंगल छाडेर अन्य समुदायको बस्ती नजिक उनीहरू बस्न थाले। उनीहरूको परम्परागत बासस्थानहरू विकासका नाममा नास हुँदैछन। त्यसैले अन्य समुदायको बस्ती नजिक वा भनौं बजार क्षेत्र आसपासका बस्तीमा बस्न थालेका छन।

मदिराको लतले उनीहरूको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको देखिन्छ। यो मुख्य कारण हो। फलस्वरूप मदिराकै कारण राउटेहरू अकालमै मृत्युको मुखमा पुगेको देखिन्छ। स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको खानपान र आनीबानीले गर्दा उनीहरूको अस्तित्व संकटमा परेको देखिन्छ। अर्कोतर्फ जलवायु परिवर्तनले पनि राउटे समुदायलाई प्रभाव पारेको छ।

पहिलो कुरा राउटेमा मदिराको लत हटाउनको लागि पहिलो कुरा त सरकारले स्पष्ट नीति निर्माण गर्नुपपर्ने अधिकारकर्मी हीरासिंह थापा बताउनुहुन्छ। सामाजिक चेतनासँगै कुलतको असरहरू, स्वास्थ्यमा पुर्याउने हानिको बारेमा सन्देशमूलक कार्यक्रम अघि बढाउनुपर्छ,’उहाँले भन्नुभयोे, ‘उनीहरूको बासस्थान क्षेत्रमा प्रहरी प्रशासनले मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्नुपर्छ।’

राउटे नागरिकलाई जथाभावी मदिराजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ। राउटे बस्तीसँगै जोडिएको गाउँका स्थानीय बासिन्दालाई राउटेको पहिचान, संस्कृति र इतिहासबारे जानकारीमूलक अभिमुखीकरण कार्यक्रम चलाउनुपर्छ ।

सुरक्षा भत्ता नगत दिने तत्काल बन्द गर्नुपर्छ

संघीय सरकारले राउटे समुदायका हरेक व्यक्तिलाई मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने गरेको छ। सरकारले दिने यो सामाजिक सुरक्षा भत्ता नगद दिन तत्काल बन्द गर्नुपर्ने थापाको भनाई छ। भत्ताको सट्टा मासिक रूपमा परिवार संख्या हेरेर कति मात्रामा चाहिन्छ खाद्यान्न, लत्ताकपडा दिन सकिन्छ,’उनले भने, ‘उनीहरूले पाउने भत्ताबाट केही निश्चित महिनाका लागि ‘खाना शिविर’ चलाउनुपर्छ। त्यसले उनीहरूमा पोषणयुक्त खाना खाने बानीको विकास हुन्छ। यसका लागि संघीय सरकारले ठोस नीति निर्माण गर्नुपर्छ। त्यसो हुन नसके राउटे समुदायको अस्तित्व इतिहासमा मात्र सीमित हुन बेर लाग्दैन।’

Previous Post

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

Next Post

पर्वहरुले नेपालीको पहिचान निर्माणमा योगदान पुर्‍याएको छः राष्ट्रपति

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
राष्ट्रपतिद्वारा ६८१ जना कैदीलाई आममाफी

पर्वहरुले नेपालीको पहिचान निर्माणमा योगदान पुर्‍याएको छः राष्ट्रपति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In