• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकी प्रदेशको बजेट आकार घट्ने

metakhabar by metakhabar
४ जेष्ठ २०८२,
0
गण्डकी प्रदेशको बजेट आकार घट्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी।। समानीकरण अनुदान र राजस्वमा आएको कमीका कारण गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको आकार घट्ने भएको छ। चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारलाई आगामी वर्षका लागि २९ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट ल्याउन प्रदेश स्रोत अनुमान समितिले सिफारिस गरेको छ।

आर्थिक मामिला मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालका अनुसार मन्त्रालयगत रूपमा बजेटको सीमा (सिलिङ) घटेको जानकारी दिए। “झन्डै तीन अर्बले बजेट घट्ने अनुमान गरिएको छ। समानीकरण र समपूरक तर्फको बजेट कटौती हुँदा बजेट निर्माणमा दबाब बढेको हो। प्रदेशको आन्तरिक स्रोत पनि बढ्न सकेको छैन,” उनले भने।

आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा लक्ष्यको जम्मा ५२ प्रतिशत मात्र राजस्व सङ्कलन भएको उनले बताए। चालु आवमा लक्ष्यको झन्डै ७० प्रतिशत मात्र राजस्व उठ्ने देखिएको उनको भनाइ छ। प्रदेश नीति तथा योजना आयोगले सङ्घ सरकारले ल्याउने बजेटका आधारमा प्रदेशको बजेट केही थपघट हुनसक्ने जनाएको छ। अहिलेकै अवस्थामा भने प्रदेश सरकारले ल्याउने बजेट घटेर आउने आयोगको भनाइ छ।

आयोगले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई मात्र नौ अर्ब ४८ करोड रुपैयाँको सिलिङ तोकेर पठाएको छ। चालु आवमा उक्त मन्त्रालयमा १२ अर्ब ७० करोड रुपैयाँ बजेट थियो। ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको सिलिङ तीन अर्ब ९० करोड रुपैयाँ तोकिएको छ। चालु आवमा उक्त मन्त्रालयका लागि चार अर्ब चार करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा पनि चालु आवको भन्दा कम जम्मा एक अर्ब ९० करोड रुपैयाँको बजेट सिलिङ तोकिएको छ। चालु आवमा दुई अर्ब रुपैयाँभन्दा बढीको बजेट उक्त मन्त्रालयलाई छुट्टिएको थियो।

यस्तै, स्वास्थ्य मन्त्रालयका लागि तीन अर्ब दुई करोड ६७ लाख रुपैयाँ, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयलाई एक अर्ब ३५ लाख रुपैयाँ, वन तथा वातावरण मन्त्रालयका लागि ९० करोड रुपैयाँ, उद्योग तथा पर्यटन मन्त्रालयलाई ६५ करोड रुपैयाँको सिलिङ तोकेर बजेट निर्माणको काम भइरहेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि एक अर्ब १५ लाख रुपैयाँ, आर्थिक मामिला मन्त्रालयतर्फ १३ करोड ३६ लाख रुपैयाँको सिलिङ तोकिएको छ। प्रदेश सरकारले आगामी बजेटमा कृषि, पर्यटन र स्वास्थ्यलाई प्राथमिकता दिने गरी बजेट बाँडफाँटको तयारी अगाडि बढाएको छ।

प्रदेशको दोस्रो पञ्चवर्षीय योजनालाई आधार बनाएर बजेटका प्राथमिकता निर्धारण गरिने भएको हो। आर्थिक मामिला मन्त्रालयले विषयगत मन्त्रालयसँग बजेट निर्माणबारे छलफल सुरु गरेको छ। यसअघि स्थानीय तह, निजी क्षेत्रलगायतसँग बजेटका विषयमा छलफल गरिएको थियो।

प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा नीतिगत सुधारका विषयलाई बढी जोड दिइने जनाएको छ। कार्यान्वयनयोग्य र प्रदेशको यथार्थअनुसारको बजेट ल्याइने तयारी गरिएको हो। बजेट तर्जुमा र समन्वयका विषयमा विषयगत मन्त्रालय र मातहतका निकायसँग छलफल भइरहेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले आगामी असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

Previous Post

बुल्दीखोलामा पुल निर्माण सम्पन्न, आवतजावत सहज

Next Post

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In