• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह

    मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

    मुस्ताङमा पर्यटन पूर्वाधारसम्बन्धी २७ आयोजना कार्यान्वयनमा

    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पौवादुङमाको ५०० हेक्टरमा अकबरे खुर्सानीखेती, किसानको आम्दानीमा वृद्धि

metakhabar by metakhabar
२ जेष्ठ २०८२,
0
पौवादुङमाको ५०० हेक्टरमा अकबरे खुर्सानीखेती, किसानको आम्दानीमा वृद्धि

DCIM100MEDIADJI_0353.JPG

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर। पौवादुङमा गाउँपालिकामा व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेतीमा किसानहरू आकर्षित भएका छन्। अन्य बालीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान व्यावसायिक खेतीमा जुटेका हुन्।

गाउँपालिकाले व्यावसायिक खेती प्रणालीका लागि आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि किसानलाई सहजता भएको छ। कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईका अनुसार, यहाँको करिब ५०० हेक्टर क्षेत्रमा किसानले खुर्सानीखेती गरिरहेका छन्। करिब ९०० कृषकले व्यावसायिक अकबरे खुर्सानीखेती गरिरहेको उनको भनाइ छ। गत वर्ष खुर्सानीले राम्रो मूल्य पाएपछि यस वर्ष किसानमा थप हौसला बढेको छ। गत वर्ष खुर्सानी बिक्रीबाट करिब रु १८ करोड भित्रिएको तथ्याङ्क रहेको र यस वर्ष खेती विस्तार बढेकाले खुर्सानीबाट रु ३० देखि ३५ करोड भित्र्याउने लक्ष्य रहेको उनले बताए।

प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार, अकबरे खुर्सानी किसानको राम्रो आम्दानीको स्रोत भएकाले गाउँपालिकाले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेर प्रोत्साहन गरिरहेको छ। गाउँपालिकाले आवश्यक सहयोगका कार्यक्रम सञ्चालनले गर्दा गत वर्षको तुलनामा यस वर्ष खेती विस्तार बढेको उनको भनाइ छ।

स्थानीय किसानले उत्पादन गरेको खुर्सानी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका शहरमा पुग्ने गरेको छ। उत्पादन भएको खुर्सानी किसानको बगानबाटै ठेकेदारले खरिद गरेर लैजाने गरेका छन्। पौवादुङमा–४ बास्तिमका किसान ध्रुव राईका अनुसार, अकबरे खुर्सानीको बिक्रीबाट एक किसानले न्यूनतम रु १ लाख ५० हजारदेखि रु ७ लाखसम्म आम्दानी गर्ने गरेका छन्। आफूले २० रोपनी क्षेत्रमा खुर्सानी विस्तार गरेको र यस वर्ष रु ८ लाखदेखि रु १० लाख आम्दानी लिने लक्ष्य रहेको उनले बताए।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले गाउँपालिकाले पकेट क्षेत्र निर्धारण नै गरेर कृषकलाई खुर्सानीखेतीमा प्रोत्साहन गरिरहेको बताइन्। किसानलाई आवश्यक प्रोत्साहन गरेसँगै गाउँपालिकाको मुख्य आम्दानीको स्रोतका रूपमा अकबरे खुर्सानी स्थापित भएको उनको भनाइ छ।

गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर यहाँ उत्पादन भएका कृषि उपजको बजारीकरणका लागिसमेत काम गरिरहेको बताए। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लगानी गरिरहेको र खेती प्रणालीमा जोड दिएसँगै अकबरे खुर्सानीखेतीबाट मात्र करोडौँ रुपैयाँ भित्रिने अवस्था बनेको उनको भनाइ छ। खुर्सानीखेतीको क्षेत्रलाई विस्तारका लागि गाउँपालिकाले यस वर्ष ७५० किसानलाई रु ७० लाख बढीको मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरिएको अध्यक्ष राईले बताए।

यहाँका छवटा वडामा माटो र हावापानी सुहाउँदो व्यावसायिक खेतीका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए। गाउँपालिका–२ तिवारीभञ्याङ, वडा नं ३ च्याङग्रे, वडा नं ४ बास्तिम, वडा नं ५ सानोदुम्मा र वडा नं ६ ठूलोदुम्मामा व्यावसायिक अकबरे खुर्सानीखेती भइरहेको छ। यस्तै वडा नं १ श्यामशिलाको वडा कार्यालय मुनिको भूगोललाई आलु, बन्दाकोबी र काउलीको खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ। वडा नं १ श्यामशिलाको माथिल्लो भेगमा किवीखेतीको पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ।

Previous Post

सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिदैँ

Next Post

‘आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं’

metakhabar

metakhabar

सम्बन्धित खबर

पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

१० चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो

१० चैत्र २०८२,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आर्थिक

वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह

१० चैत्र २०८२,
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
फिचर-ब्यानर

मुस्ताङमा पर्यटन पूर्वाधारसम्बन्धी २७ आयोजना कार्यान्वयनमा

१० चैत्र २०८२,
नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
आवाज

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

९ चैत्र २०८२,
न्याय माग्दै पीडितहरु महिला आयोगमा
आवाज

न्याय माग्दै पीडितहरु महिला आयोगमा

९ चैत्र २०८२,
Load More
Next Post
‘आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं’

‘आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In