• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

    जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका ल्याउने तयारी

    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका ल्याउने तयारी

    कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते

    कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते

    सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न चन्द्र भण्डारीको सुझाव

    सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न चन्द्र भण्डारीको सुझाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिदैँ

metakhabar by metakhabar
२ जेष्ठ २०८२,
0
अन्नपूर्ण आरोहणको हिरक महोत्सव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २ जेठ : तीन वर्षअघि तीन दशकको पर्खाइपछि सञ्चालन भएको मेलम्ची खानेपानी आयोजनालाई बाढीले विनास गरायो । खानेपानी मन्त्रालयका अनुसार रु दुई अर्बभन्दा बढीको क्षति गरायो । अहिले पनि झण्डै आधा वर्ष मेलम्ची बन्द हुने र आधा वर्ष सञ्चालनमा रहेको छ ।

तीन वर्षअघि नै मनसुन सकिएपछि आएको बेमौसमी बाढीका कारण रु आठ अर्ब बराबरको धानखेतीमा क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको ‘डेब्रिज बहाव’का कारणले सडकमा गुडिरहेका दुईवटा यात्रुवाहक बस बगाएको अप्रिय घटना अझै नेपालीको मनमष्तिष्कमा नमिठो सम्झना बनिरहेको छ ।

गृह मन्त्रालयको सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनअनुसार काठमाडाँैबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको यात्रुवाहक बसमा ३६ र वीरगञ्जबाट काठमाडौँ आइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको एनल डिलक्स लेखिएको यात्रुवाहक बसमा २६ गरी जम्मा यात्रुसङ्ख्या ६२ जना रहेका थिए । जसमध्ये गणपति डिलक्सका तीन यात्री नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हामफालेर बाँचेका थिएभने बाँकी ५९ जना यात्री बेपत्ता भएका थिए ।

पहिरोले बगाउँदा बस त्रिशूली नदीमा खसेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार भीषण वर्षाका कारण सडकमाथिबाट पहिरो खस्दा बस नदीमा खसेका थिए । प्रतिवेदनअनुसार हालसम्म २४ शव फेला पारिए पनि ३५ जना अझै बेपत्ता छन् । मनसुनजन्य विपद्का कारण एकैदिन यति धेरै सङ्ख्यामा मानिसले ज्यान गुमाउनुर्यो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आउँदा कहिल्यै कल्पना नगरेको क्षति भएको खुम्बु पासाङल्हामु गाउँपालिका थामेकी बासिन्दा याङ्गी डोल्मा शेर्पाले बताउनुभयो । “नसोचेको घटना भयो त्यो दिन । दिउँसो भएर धन्न भागेर ज्यान बच्यो । राति भएको भए कति पो क्षति हुन्थ्यो”, उहाँले भन्नुभयो, “त्यसपछि कति त गाउँ छाडेर पनि हिँड्नुभयो ।”

जल तथा मौसम विज्ञान विभागका अनुसार निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएका कारण वा अन्य कुनै कारणले थामेखोला जलाधारमा रहेका विभिन्न हिमतालमध्ये कुनै हिमताल विष्फोट भएको अनुमान गरिएको छ ।

“प्रारम्भिक अध्ययन गर्दा थामेखोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा सानाठूला गरी छवटा हिमताल÷हिमपोखरी रहेको देखिन्छ । उक्त क्षेत्रको नजिक रहेको फोर्से केन्द्रमा विगत सात दिनमा कुल ६५ मिलीमिटर वर्षा मापन भएको छ । गत साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धी भएको (९ दशमलव ७ बाट ११ दशमलव शून्य डिग्री सेल्सियस) देखिन्छ र साउन ३१ (अगस्ट १५) गतेको अधिकतम तापक्रम १५ दशमलव ९ डिग्री सेल्सियस पुगेको देखिन्छ”, विभागको भनाइ छ ।

गत असोजको भारी वर्षाले काठमाडौँ उपत्यकालाई नै डुबायो । यहाँका बासिन्दाले नसोचेको विपद् बेहोर्नुपर्यो । काठमाडौँ उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा भारी वर्षाले ल्याएको विपद्ले पनि अझै तर्साइरहेको छ कयौँलाई । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार तीन दिनमा दुई सय ५० जानाले ज्यान गुमाए । १८ जना अझै बेपत्ता छन्भने एक सय ७८ जना घाइते भएका छन् । झण्डै छ हजार निजी आवासमा क्षति पुगेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

सहरी विकास मन्त्रालयका अनुसार बाढीपहिरोजस्ता प्राकृतिक विपद्का कारण सहरी विकास मन्त्रालयअन्तर्गत क्षतिग्रस्त पूर्वाधारका संरचना बनाउन करिब रु दुई अर्ब ८८ करोड ३४ लाख लागत लाग्ने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गत २७ वटा सडकखण्ड तथा २८ वटा झोलुङ्गे पुल आंशिक रूपमा क्षति र ३२ वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षति पुगेको छ ।

मन्त्रालयमा अनुसार अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत बागमती, मनोहरा, धोबीखोला, विष्णुमति, नक्खु, हनुमन्ते, कर्मनासा नदीमा थुपारेको माटो तथा गेग्रान निकाल्ने कार्यका लागि रु १२ करोड ८१ लाख लागत लाग्ने छ । नदी किनारमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट निर्माण भएको क्षतिग्रस्त नदी तटबन्धन, पर्खालको पुनर्निर्माण तथा बाटोलगायत अन्य संरचनामा पनि क्षति पुगेको छ । यी संरचना बनाउनका दागि रु ७० करोड अनुमानित लागत लाग्ने मन्त्रालयको भनाइ छ ।

यस वर्ष नै सुदूरपश्चिमको दक्षिण–पश्चिमी भागमा पर्ने दोधारा, हनुमान नगर र सुन्दरपुर हालसम्म मापन गरिएको सर्वाधिक वर्षा भयो । जल तथा मौसम विज्ञान विभागको विसं २००३ (सन् १९४७) देखिको उपलब्ध तथ्याङ्कनुसार सर्वाधिक वर्षा मापन भएको थियो । गत वैशाख १ देखि चैत १२ गतेसम्मको तथ्याङ्क हेर्दा पहिरोका कारण तीन सय ५९ जनाले ज्यान गुमाए भने ४८ जाना अझै पनि बेपत्ता र २८७ जाना घाइते भएका छन् । सो अवधिमा तीन हजार ६९२ घर आंशिक र २०१३ घर पूर्ण रूपमा क्षति भएको छ । पहिरोमाा ४० पुलमा क्षति पुगेको छ । यसैगरी बाढीका कारण ९७ जानाको मृत्यु भएको छभने १८ जाना बेपत्ता र ४८ जाना घाइते भएका छन् । भारी वर्षाका कारण आठ जानाले ज्यान गुमएका छन्भने ३८ जाना घाइते भएका छन् । हुरीबतासका कारण सात जानाको मत्यु ४२ जाना घाइते भएका छन् । हिउँपहिराका कारण एक जना बेपत्ता भएका छन् ।

नेपालले भोगेका जलवायुजन्य घटनाका यी र यस्ता उदाहरण धेरै छन् । आजदेखि नेपालले नेतृत्व गरेको सगरमाथा संवाद आयोजना हुँदै छ । सगरमाथा संवादजस्तो अन्तरराष्ट्रिय मञ्चमा नेपालले जलवायु सङ्कटका उदाहरण प्रस्तुत गरेर जलवायु न्यायका लागि आवाज उठाउने तयारी गरिरहेको छ ।

सगरमाथा संवाद सचिवालयका सदस्यसचिवसमेत रहनुभएका मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा महेश्वर ढकालले नेपालले भोगिरहेको जलवायुजन्य सङ्कटका विभिन्न उदाहरण प्रस्तुत गर्दै जलवायु न्यायका बारेमा आफ्नो हकअधिकार स्थापित गर्नु संवादको उद्देश्य रहेको बताउनुभयो । “हामी जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका छौँ । न्यून कार्वन उत्सर्जन गरेर पनि अति संवेदनशील अथवा उच्च जोखिममा नेपाल पर्दछ । धनी तथा औद्योगिक मुलुकले कार्वन उत्सर्जन बढाएर निम्ताएकोे जलवायुजन्य जोखिमबाट न त नेपालले उचित क्षतिपूर्ति पाउन सक्यो । न हामीले संरक्षण गरेका प्राकृतिक स्रोतको उचित लाभ पायौँ”, उहाँले भन्नुभयो, “जलवायुजन्य सङ्कटका प्रमाणका उदाहरण दिएर जलवायु न्यायका लागि संवादमा महत्त्वपूर्ण बहस हुनेछ ।”

जलवायुविद् राजु पण्डित क्षेत्रीले सगरमाथा संवादले जलवायु न्यायका लागि अन्तरराष्ट्रिय तथा जलवायु कूटनीतिक सम्बन्ध विस्तार गर्दै विश्व समुदायमा पैरवी अगाडि बढाउन अवसर दिलाउने बताउनुभयो । “जलवायु कार्य गर्न न्यायोचित सङ्क्रमणको पनि भूमिका महत्त्वपूर्ण रहन्छ । नेपालले अन्तरराष्ट्रिय मञ्चमा जलवायुजन्य विपद्का कारण विकासलाई अगाडि बढाउनका सट्टा हाम्रो विकास पछाडि धकलिरहेको छ । तसर्थ हाम्रो विकासलाई अगाडि बढाउन हाम्रो प्रयासले मात्र सम्भव छैन । अन्तरराष्ट्रिय सहयोग चाहिन्छ भनेर आवाज उठाउन सक्नुपर्छ ।”

जलवायुविद् मञ्जित ढकालले सगरमाथा संवादले वैज्ञानिक अध्ययनका आधारमा जलवायुजन्य सङ्कटका प्रमाण अन्तरराष्ट्रियस्तरमा पेश गर्ने अवसर दिने र नेपालले जलवायु न्यायका लागि पैरवी अगाडि बढाउने मञ्च रहेको बताउनुभयो । “मेलम्चीको बाढी जलवायु परिवर्तनसँग सम्बन्ध रहेको विज्ञानले देखाएको छ । अनियन्त्रित तरिकाले बढेको तापक्रमका कारण थामेको बाढी आएको र जलवायुजन्य घटना नै भएको अध्ययनले देखाएको छ । यी र यस्ता थुप्रै उदाहरण छन्”, उहाँले भन्नुभयो ।

वन विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयका प्रा डा राजेशकुमार राईले सगरमाथा संवादले जलवायु परिवर्तनका कारण हिमाली अर्थतन्त्रमा परेको असरलाई अन्तरराष्ट्रियकरण गर्ने अवसर दिने प्रक्रिया दिनुभयो । “जलवायु परिवर्तनले नेपालजस्ता हिमाली देशको अर्थतन्त्रमा गहिरो असर पारिरहेको छ । असामान्य वर्षा, खडेरी, हिमपात र बाढीपहिरोजस्ता घटना बढ्दै गएका छन्, जसले खेतीबाली नष्ट गर्नुका साथै ग्रामीण जनताको जीविकोपार्जनमा प्रतिकूल असर पुर्याएको छ”, उहाँले भन्नुभयो ।

Previous Post

सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित भव्य रूपमा मनाइने

Next Post

पौवादुङमाको ५०० हेक्टरमा अकबरे खुर्सानीखेती, किसानको आम्दानीमा वृद्धि

metakhabar

metakhabar

सम्बन्धित खबर

धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो
फिचर-ब्यानर

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

१० चैत्र २०८२,
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका ल्याउने तयारी
समाचार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका ल्याउने तयारी

१० चैत्र २०८२,
कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते
अन्तर्राष्ट्रिय

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते

१० चैत्र २०८२,
सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न चन्द्र भण्डारीको सुझाव
समाचार

सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न चन्द्र भण्डारीको सुझाव

१० चैत्र २०८२,
Load More
Next Post
पौवादुङमाको ५०० हेक्टरमा अकबरे खुर्सानीखेती, किसानको आम्दानीमा वृद्धि

पौवादुङमाको ५०० हेक्टरमा अकबरे खुर्सानीखेती, किसानको आम्दानीमा वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In