दोहा, कतार । आउँदो जुन ६ मा दोहाको एशियन टाउन एम्फिथिएटरमा हुने बहुप्रतीक्षित ‘म्युजिकल हंगामा २०२५’ मा अभिनेता अनमोल केसी आफ्नो चर्चित म्याडी लुक्स दर्शकमाझ प्रस्तुत गर्ने भएका छन् । करिब १५ हजार दर्शक समेट्न सक्ने यो भव्य सांगीतिक कार्यक्रममा नेपाली र भोजपुरी कलाकारहरूको प्रस्तुति रहनेछ।
रामी प्रोडक्सनको आयोजनामा हुने कार्यक्रममा के सीको ‘मेट एण्ड ग्रिट केयरक्याम’ सँग सहकार्य गरिएको छ। अनमोल केसीलाई नेपालका लोकप्रिय अभिनेताको उपाधिसहित सम्मान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा अनमोलसँगै अभिनेता पल शाह, अभिनेत्री स्वस्तिमा खड्का, अस्मिता, भुवन केसी र जिया केसीले पनि प्रस्तुति दिनेछन्। भोजपुरी सुपरस्टार केसरी लाल यादव र उनको ब्याण्डको दमदार प्रस्तुति समेत आकर्षणको केन्द्र हुनेछ।
कार्यक्रमपछि अनमोलले जुन ७ मा कतारस्थित नेपाली व्यवसायीसँग विशेष भेटघाटमा सहभागी हुने र जुन ८ मा नेपाल फर्किने कार्यक्रम छ। नेपाल फर्किएलगत्तै उनी आफ्नो होम प्रोडक्सनको नयाँ प्रोजेक्टमा व्यस्त हुनेछन्।













