• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन’

by
३० पुस २०७९,
0
‘अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन – “अहिले कुवा, पोखरीको पानी खानुपरेको छैन, धारोमा दिनदिनै पानी आउँछ, जति दुःख पाउनु पहिले नै पाइयो, पानीको समस्या हट्यो, अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन।”

तमानखोला गाउँपालिका–६ नर्जाखानीकी मनकुमारी छन्त्यालको घरै अगाडि अहिले खानेपानीको धारो बनेको छ। दैनिक धारोमा आउने स्वच्छ पानीले छन्त्यालको वर्षौंदेखिको दुःख भुलाएको छ। गाउँमा खानेपानीको समस्याले गर्दा स्थानीय घण्टौँ समय पानी बोक्नमा बिताउनुपथ्र्यो तर अहिले सबैको घरघरमा धारो बनेको छ। नर्जाखानी बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो। उच्च पहाडमा रहेको नर्जाखानी गाउँ नजिक पानीको मुहान नहुँदा स्थानीयलाई खानेपानीको समस्या भोग्नुपरेको हो। खानेपानीसँगै स्वास्थ्य, शिक्षा, यातायात, विद्युत्लगायत विकासका पूर्वाधारसमेत पछि परेको त्यहाँ अहिले त्यस्तो समस्या छैन। पहिले एक गाग्री खानेपानी भर्न घण्टौँ यात्रा गरेको छन्त्यालले स्मरण गरिन्। अहिले घर छेउकै धारोमा पानी भर्न पाउँदा उनी दङ्ग छिन्।

“खानेपानी नजिक थिएन, टाढा गएर पनि सफा पानी पानइँदैनथ्यो, धमिलो र किरा फट्याङ्ग्रा घुमिर रहेको पानी हुन्थ्यो, त्यो पानीलाई कपडाले छानेर ल्याउथ्यौँ”, छन्त्यालले भनिन्, “अहिले घरै अगाडि आँगनमा धारो छ, जति बेला पानी भरे पनि हुन्छ, पहिलेको जस्तो फोहर पानी प्रयोग गर्न पर्दैन।”

पानी बोक्न दैनिक पाँच(सात घण्टा बित्ने गरेको सुनाउँदै अहिले त्यो समय अन्य काममा सदुपयोग भएको उनको भनाइ छ। छन्त्यालले नर्जाखानीवासीले वर्षौंदेखि भोग्दै आएको समस्या खानेपानी नै मुख्य भएको भन्दै अहिले सिङ्गो गाउँलेमा खुसी छाएको बताउँछिन्।

“बिहान उज्यालो नहुँदै उठेर एक गाग्री बाकेर पानी लिन एक डेढ घण्टा हिँड्नुपथ्र्यो, धारोमा पुग्दा लामो लाइन हुन्थ्यो”, खुसी हुँदै छन्त्यालले भनिन्, “अहिले घरमै धारो छ, लाइन कुर्नु परेन, जति बेला जति भरे पनि भयो, अहिले कति हो कति सजिलो भएको छ।”

स्थानीय सिर्जना छन्त्यालले घरघरमा धारो बनेपछि बारीमा तरकारी उत्पादन गर्न र सरसफाइमा निकै सहज भएको सुनाइन्। उनले घरमा धारो नहुँदा सरसफाइ र तरकारी खेती गर्न निकै समस्या हुने गरेको भन्दै अहिले त्यो समस्या हटेको बताइन्।

उनी भन्छिन्, “एक दुई घरले मात्रै होइन, यहाँ त सिङ्गो गाउँले नै दुःख पायो, खानेपानी बोक्दैमा दिन बित्थ्यो, बिहान उज्यालो नहुँदै पँधेरो गएको आउँदा ९(१० बज्थ्यो, सरसफाइ र तरकारी खेती गर्न समस्या थियो, वस्तुभाउलाई पानी खुवाउनका लागि तलै खोलामा पुर्‍याउनुपथ्र्यो, अहिले बारीमा हरियो सागसब्जी उत्पादन भएका छन्, ट्वाइलेट बाथरुम सफा भए, वस्तुभाउले सहजै पानी पिउन पाएका छन्।”

तमानखोला गाउँपालिकाले अघिल्लो वर्ष रु ३८ लाख लगानी गरेर एक घर एक धारा निर्माण गरेको हो। स्थानीयले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएको हुँदा आफू जनप्रतिनिधि भएर आएपछि खानेपानीमा लगानी गरेको गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले बताए।

“गाउँमा स्थानीयले खानेपानी समस्या भोग्दै आए, यसभन्दा अगाडि गाउँमा पानी ल्याउन निकै प्रयास गरियो, बजेट अभावले आउन सकेन, अहिले स्थानीय सरकार बनेपछि सुरुका दिनदेखिनै खानेपानीमा लगानी गर्न थालेको अहिले गाउँका सबै घरमा खानेपानीको व्यवस्थापन भएको छ”, अध्यक्ष बुढामगरले भने।

एक घर एक धाराअन्तर्गत नर्जखानीमा एक सय १४ व्यक्तिगत धारा र चार सार्वजनिक धारा निर्माण गरिएको छ। वडा नम्बर ६ कै भित्रीवनमा अहिले एक घर एक धारा कार्यक्रम सञ्चालनमा रहेको अध्यक्ष बुढामगरले जनाए। गाउँपालिकाभित्रका सबै वडाका नागरिकलाई स्वच्छ र सफा खानेपानी पुर्‍याउन गाउँपालिकाले विभिन्न निकाय र सरकारसँग समन्वय गरेर योजना अगाडि बढाइरहको बुढामगरले बताए।

गाउँपालिकासहित प्रदेश, सङ्घ सरकार र साझेदार निकाय नेवा, कादुरी तथा ब्रिटिस गार्खा वेलफेयरमार्फत खानेपानी योजना निर्माणको काम अगाडि बढेको उनको भनाइ छ। अध्यक्ष बुढामगर भन्छन्, “केही वर्ष अगाडिसम्म गाउँपालिकाका धेरै नागरिक शुद्ध खानेपानीको पहुँचभन्दा टाढा थिए, अहिले सबै वडाका ६० प्रतिशत घरमा एक घर एक धारा निर्माण भइसकेको छ, केही योजना सम्पन्न हुने क्रममा छन्।”

उनले केही वर्षमै गाउँपालिकाका सबै घरमा खानेपानीको सहज पहुँच पुर्‍याउने बताए। भौगोलिक विकटताले सबै गाउँ र बस्तीमा खानेपानी पुर्‍याउन ढिला भएको भन्दै अहिले धेरै ठाउँमा एक घर एक धारा निर्माण भइसकेको बुढामगरले बताए।

Previous Post

प्रेरक प्रसङ्गः स्पष्टपादिताले बाटो बनायो

Next Post

अमेरिकाद्वारा काबुल आतंकवादी हमलाको निन्दा

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
अमेरिकाले कृषि व्यवसायमा चिनियाँ लगानी उपर प्रतिबन्ध लगाउने विधेयक ल्यायो

अमेरिकाद्वारा काबुल आतंकवादी हमलाको निन्दा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In