काठमाडौं । भगवान् गौतम बुद्धका शान्तिका सन्देश विश्वकै लागि प्रेरणादायक भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले बुद्धका शान्तिका सन्देशहरू अहिले पनि जहापनी जहिलेपनी शान्तिको महत्त्व भएको बताए । बिश्वमा भइरहेको युद्धमा पनि बुद्धका सन्देशले अहिले पनि काम गरिरहेको र बुद्धका सन्देश अझ फैलिने क्रममा रहेको बताए । भारत र पाकिस्तानको युद्धमा पनि शान्तिको सन्देशले काम गरेको प्रधानमन्त्री ओलीले बताए ।
बिश्वमा हतियारहरूको निर्माण र थुप्रो लगाउने काम मानव अस्तित्वका लागी खतरा रहेको छ प्रधानमन्त्री ओलीले भने , यश् खतरनाक चिजको उन्मुक्तिका लागि हामी विश्व शान्तिको पक्षमा भई काम गर्नुपर्दछ । आज विश्वमै बुद्धिजम फैलिने क्रममै रहेको बत्ताउनुहुँदै प्रधानमन्त्री ओलीले बुद्धिजम फैलिने क्रममै भएको बताए । कतै महायान कतै थेराबाद कतै बज्रायानका रुपमा रह्यो मुल कुरा मानवतावादका उपदेश हुन् , मुल कुरा शान्तिका उपदेश हुन् र करुणाका उपदेशहरू हुन् । प्रधानमन्त्री ओलीले भन्नुभयो, बुद्धका मुख्य उपदेशहरू आदर्शहरू तिनीहरूलाई हामीले समाउनुपर्दछ ।
बुद्ध दर्शनको उद्गम स्थल लुम्बिनी भएको बत्ताउनुहुँदै प्रधानमन्त्री ओलीले बुद्धको शान्तिको सन्देश बिश्वमा छर्ने काम गरे जसलाई भगवान् बुद्ध भन्ने गरिएको बताए । संस्कृति तथा पर्यटन मन्त्री बद्री पाण्डेले पहिलो पाइला टेकेको स्थानबाट जीवनलाई सतमार्गमा डोर्याउन भूमिका खेल्ने बताउनुभयो ।लुम्बिनीलाई थप आध्यात्मिक र चिन्तन मनन गर्ने स्थान बनाउन जरुरी भएको उनको भनाइ थियो ।
कार्यक्रममा भारत, चिन, थाइल्यान्ड लगायतका राजदूतहरू, लुम्बिनी बिकास कोसका उपाध्यक्ष डाक्टर लारक्याल लामा लगायतले मन्तव्य राखेका थिए ।













