बालगंगाधर तिलक बाल्यकालदेखि नै सत्यवादी निर्भीक स्वभावका थिए । बाल्यकालमा उनको कक्षाका केही विद्यार्थीले बदाम खाएर बोक्रा भुइँमा फ्याँकिदिए । जब अध्यापकले भुइँमा हेरे तब विद्यार्थीलाई कराउँदै सोधे, ‘यो बदामको बोक्रा कसले फ्याँकेको हो ?
सबै केटाहरु चुप लागे । कसैले आफ्नो भुल स्वीकार गरेनन् तब अध्यापकले रिसाउँदै सबैलाई हात थाप्न लगाएर दुई दुई लठ्ठी हिर्काए । जब बालगंगाधर तिलकको पालो आयो तब उनले नम्रतापूर्वक भने, सर मैले बदाम खाएको छैन, त्यसैले बोक्रा फाल्ने प्रश्न नै उठ्दैन । म अपराधी हैन । यसैले म पिटाइ खान्न ।
उसोभए बताऊ बदाम कसले खाएको हो ? सर मलाई अर्काको पोल लगाउने बानी मनपर्दैन । त्यसैले म अरु कसैको नाम लिन्न । तर पिटाइ पनि खान सक्दिन ।
उनको स्पष्टवादिताले उनलाई स्कुलबाट निकालियो । तर उनको यो गुणले पछि गएर उनलाई भारतको महान् सपूत बनायो ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













