शैक्षिक परामर्श व्यवसायीहरूको एउटा छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नयाँ नेतृत्वका लागि शनिवार भएको निर्वाचनमा उमेश कुश्वारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शनिवार सम्पन्न निर्वाचनले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
निर्वाचनमा नयाँ नेतृत्वका लागि कुश्वार र रामशरण ढकाल प्रतिस्पर्धामा थिए । अध्यक्षमा निर्वाचित कुश्वारले १३६ मत पाउँदा ढकालले ७८ मत प्रप्त गरे ।
निर्वाचनमा दुई उपाध्यक्षका लागि पाँच जना, दुई सचिवका लागि तिन जना र सात सदस्यका लागि बाह्र जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । तर महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष भने निर्विरोध निर्वाचित भएका छन् ।
फेकनको नवनिर्वाचित कर्यसमितिमा अध्यक्ष उमेश कुश्वार, उपाध्यक्ष छविन्द्र ओझा, द्वितीय उपाध्यक्ष बालकृष्ण बिस्ट ‘गगन’, महासचिव दिपेन्द्र पोखरेल, सचिव रामचन्द्र केसी, द्वितीय सचिव राजकुमार ढकाल, कोषाध्यक्ष गौतम पुडासैनी र सहकोषध्यक्ष मञ्जु लामिछाने रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा मन्दिरा सिटौला, निराजन रोका क्षेत्री, धिरज रायमाझी, रिजन मडै, योगेन्द्र चौहान, निराजन शिवाकोटी र वैकुण्ठ उप्रेती निर्वाचित भएका छन् ।













