• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

परम्परागत बाली र जैविक कृषिबारे छलफल

metakhabar by metakhabar
२८ बैशाख २०८२,
0
थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इलाम, २८ वैशाख : जिल्लामा परम्परागत (रैथाने) बाली र जैविक कृषिका विषयमा बहस र चासो बढ्दै गएको छ । स्थानीय किसानले परम्परागत रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा सक्रियता देखाएका छन् भने, सरकार र विभिन्न निकायले पनि यसमा ध्यान दिन थालेका छन् ।

राष्ट्रिय कृषक समूह महासङ्घ, इलाम नगर समतिको आयोजनामा हालै ‘कृषि विकासको बदलिँदो परिवेशमा रैथाने बाली प्रवर्द्धनको औचित्य’ विषयमा छलफल गरिएको थियो । कार्यक्रमका सहभागीले रैथाने बालीको बहुआयामिक महत्वलाई सरकारले ध्यान दिनुपर्ने बताएका थिए । इलाम सामुदायिक कृषि क्याम्पसका क्याम्पस प्रमुख डा योगेन्द्रमान श्रेष्ठले उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तनसँग अनुकूल हुने बालीको महत्व तीन तहका सरकारले बुझ्न आवश्यक रहेको बताउनुभयो ।

इलाम नगरपालिकाका प्रवक्ता नतनदेव दुलालले स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । “सरकारले रैथाने बाली संरक्षण र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ, कृषि ज्ञान केन्द्रले समेत किसानलाई रैथाने बालीको उत्पादन र बजारीकरणमा सहयोग पुर्याउने प्रयास गरेकै छ”, उहाँले भन्नुभयो । प्रवक्ता दुलालका अनुसार होमस्टे सञ्चालकलाई रैथाने परिकार बनाउने तालिमले कृषि पर्यटनलाई प्रोत्साहन दिएको छ । यसले रैथाने बालीको महत्वलाई उजागर गर्छ ।

रैथाने बाली जस्तै कोदो, फापर, चिनो, उवा, जौँ, कागुनो आदिका उत्पादनमा पोषणतत्व प्रचुर मात्रामा पाइन्छ । यी बाली कम मल र पानीमा पनि राम्रो उत्पादन दिन्छन् र जलवायु परिवर्तनसँग अनुकूल छन् । यसका साथै यी बालीको संरक्षणले खाद्य सुरक्षा र जैविक विविधता कायम राख्न मद्दत पुर्याउने प्रवक्ता दुलालको भनाइ छ ।

“रैथाने बालीको उत्पादन घट्दै गएको छ, यसका मुख्य कारणमा परम्परागत खेतीप्रतिको चासो घट्नु, आधुनिक बालीको प्रयोगमा वृद्धि र प्रशोधन र बजारीकरणका चुनौती छन् । किसानले रैथाने बाली उत्पादनमा कमाइको अवसर नपाउँदा अन्य नगदे बालीतर्फ आकर्षित भएका छन्”, उहाँले भन्नुभयो ।

इलाममा रैथाने बाली र जैविक कृषिका विषयमा बहस र चासो बढ्दै गएको छ । स्थानीय किसान, सरकार र विभिन्न निकायले मिलेर यी बालीको संरक्षण र प्रवर्द्धनमा सक्रियता देखाउन आवश्यक रहेको किसान रविन सापकोटाले बताउनुभयो । यसले खाद्य सुरक्षा, पोषण र जैविक विविधता कायम राख्न मद्दत पुर्याउने उहाँको विश्वास छ ।

राष्ट्रिय कृषक समूह महासङ्घ, नेपालका संस्थापक अध्यक्ष एवं खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले जैविक खेती र रैथाने बालीको संरक्षणका लागि सरकारले योजनाबद्ध रूपमा काम गर्नुपर्ने जरुरी रहेको बताउनुभयो ।

Previous Post

पाकिस्तानले युद्धविरामको उल्लङ्घन गर्यो : भारत

Next Post

सगरमाथा संवादका लागि भारतद्वारा सवारीसाधन हस्तान्तरण

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
सगरमाथा संवादका लागि भारतद्वारा सवारीसाधन हस्तान्तरण

सगरमाथा संवादका लागि भारतद्वारा सवारीसाधन हस्तान्तरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In