काठमाडौं । प्रतिनिधिसभामा नेकपा एमालेका नेता योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कडा जवाफ दिएका छन्। नीति तथा कार्यक्रमको विषयमा उठेका प्रचण्डका आरोपको खण्डन गर्दै भट्टराईले भने— “सिसाको घरमा बसेर अरूको घरमा ढुंगा हान्ने मूर्खता नहोस्।”
प्रचण्डले सरकारलाई ‘अप्राकृतिक’ र ‘बिचौलिया हाबी भएको’ आरोप लगाएपछि भट्टराईले ती आरोपहरूलाई व्यक्तिगत असन्तुष्टि र ‘सरकारबाट बाहिर रहनुपरेको पीडा’को परिणाम भने।
भट्टराईले ओली नेतृत्वको सरकारलाई कसरी संविधान विपरीत भनेको भन्दै प्रश्न गरे— “धारा ७६(२) अनुसार बनेको प्रचण्डको सरकार प्राकृतिक र अहिलेको अप्राकृतिक कसरी हुन्छ ? कुन संविधानको व्याख्या हो त्यो ?”
यति मात्र होइन, कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाउँदा गरिएको आलोचना पनि उनले प्रश्न गरे— “कुलमान हटाउँदा मुटुमा गोली लागेजस्तो किन भएकोरु तपाईं प्रधानमन्त्री हुँदा प्रधानसेनापति हटाउनु भएन ररु”
संसदमा भएको यो वाकयुद्धले सत्तारूढ र प्रमुख प्रतिपक्षबीचको दूरी अझै गहिरिएको संकेत देखिएको छ।













