• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जुम्लास्थित सिंन्जाको विकासका लागि चासो

by
२९ पुस २०७९,
0
जुम्लास्थित सिंन्जाको विकासका लागि चासो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली भाषाको उद्गम स्थलमा रुपमा आफूलाई विश्वभर चिनाएको जुम्लाको सिन्जा पर्यटकको पर्खामा छ । ११ वटा गाविसमा फैलिएको यो क्षेत्र अहिले तीनवटा पालिकामा विभाजित भएको छ ।

सिन्जा प्राकृतिक सुन्दरता र सांस्कृतिक परम्पराको र इतिहासको नमुना रुपमा आफूलाई संसारमा उचो नाम राखेको छ । यहाँ नेपाली भाषाको ताम्रपत्र, स्वर्णपत्र, शिलालेख मात्र होइन, प्राचीन तथा ऐतिहासिक सम्पदा सुरक्षित अवस्थामा रहेको पाइन्छ । कनकासुन्दरी–४ का वडाध्यक्ष धनमानसिंह हमालका अनुसार बाइसे–चौबिसे शासनकालमा सिन्जा एक शक्तिशाली राज्य रहेर कामसमेत गरेको थियो ।

ह्यांगा देवता मन्दिर, लेकपर लामा मन्दिर, कनकासुन्दरी मन्दिर, पान्डव गुफा, बुढुमष्टा, कनकासुन्दरी नौधारा मन्दिर, विराट दरबार, नाख्या दुला, बातामालिका महादेव मन्दिरलगायत तीन दर्जन बढी साना–ठूला धार्मिकस्थल छन् ।

त्यस्तै सिन्जा, सिहु बाघ, ठूलाठूला ढुंगामा कुँदिएका चित्रकला, संकेत अक्षर र अंकहरू लेखिएका शिलालेख अहिले संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको बताइन्छ । झन्डै ३४६१ वर्षअघि अर्थात् इसापूर्व १ मा राजा जालन्दरले सिन्जा राज्य स्थापना गरेका थिए।

राजा जालन्धर शिवका भक्त थिए। शिवको अघिल्लो अक्षर शि र आफ्नो नामको अघिल्लो अक्षर जा लाई जोडेर सिन्जा नाम रहन गएको जनश्रुति भेटिन्छ। खस राजा नागराज र उनका उत्तराधिकारीले सिन्जा राज्यमा झन्डै तीन सय वर्षसम्म शासन गरेको इतिहास छ।

खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुईपटक आक्रमण गरी करत राज्य बनाएका थिए भने पश्चिमको कुमाउ, गढवालसम्म सिन्जा राज्यको क्षेत्र भएको इतिहाससम्बन्धी जानकार रमानन्द आचार्यले बताए। ‘राजा बलिराजका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको थियो,’ उनले भने, ‘नेपाल एकीकरणको अभियानमा शिवनारायण खमी नेतृत्वको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेलसम्म सिन्जा राज्यको अस्तित्व कायमै थियो ।’ आचार्यका अनुसार नेपाली भाषा, सभ्यता, संस्कृति सिन्जाबाटै सुरु भएको हो।

खस भाषा र सभ्यताका संरक्षणका लागि खस शब्दकोश तयार हुँदै छ। शब्दकोश प्रकाशनपछि तत्कालीन सिन्जा राज्यभित्र बोलिने शब्द, भाषा संस्कृति, रीतिरिवाज, खेतीप्रणाली, शिक्षाको अवस्था झल्किने अपेक्षा गरिएको छ । सिन्जा सभ्यता र सिन्जा साम्राज्यभित्रको इतिहास बचाउन पूर्व प्रदेशसभा सदस्य नरेश भण्डारीले सिन्जा सभ्यता संरक्षण तथा विकास विधेयक कर्णाली प्रदेशसभामा दर्ता गराएका थिए। विधेयकमाथि छलफल नहुँदै प्रदेशसभाको कार्यकाल सकिएकाले उक्त विधेयक अहिले निष्क्रिय भएको छ।

अहिले सोही विधेयक संघीय प्रतिनिधिसभामा समेत टेबुल गर्न गृहकार्य सुरु भएको भण्डारीले बताए । सरकारले सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधेयक अगाडि बढाउन तोक लगाएर अगाडि बढेको सचिवालयले जनाएको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डले तोक लगाएपछि पर्यटन मन्त्रालयमा अगाडि बढाइएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। सिञ्जा विधेयक दर्ता भएर पर्यटन मन्त्रालयमा गईसकेको र अन्य प्रक्रियाका लागि काम सुरु हुने भएको छ ।

कर्णाली प्रदेशसभामा जुम्लाबाट प्रतिनिधित्व गर्ने पूर्वसांसद नरेश भण्डारीले कर्णाली सभामा गैरसरकारी विधेयकको रुपमा दर्ता गराएका थिए । कर्णाली प्रदेशसभामा पारित हुन नसकेपछि पूर्व प्रदेशसभा सदस्य भण्डारीले नयाँ सरकारसँग पहल गरेर अगाडि बढाएका हुन्। भण्डारीले विधेयक सरकारले अगाडि बढाएपछि खुसी व्यक्त गरेका छन् । भण्डारीका अनुसार कर्णाली प्रदेश सभामा पारितिको अन्तिम संघारमा पुगेर पनि सामाजिक विकास समितिमा तुहाइएको सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकले पुनर्जीवन प्राप्त गर्ने भएको छ ।

भण्डारीका अनुसार विभिन्न मन्त्रालयहरूको राय सहमतिपश्चात मन्त्रिपरिषदबाट पारित भएर संघीय व्यवस्थापिकामा पेस हुनेछ । विधेयक अगाडि बढ्दा कर्णालीवासी खुसी भएका छन् ।

Previous Post

गाउँपालिकाद्वारा लोकसेवाका तयारी कक्षा सञ्चालन

Next Post

वार्षिक चार करोडको चाकु बिक्री

सम्बन्धित खबर

पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
Load More
Next Post
वार्षिक चार करोडको चाकु बिक्री

वार्षिक चार करोडको चाकु बिक्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In