यो मदनमोहन मालवीयको प्रभावशाली व्यक्तित्वमा नै चमत्कार थियो कि उनी जहाँ जान्थे त्यहाँ धेरै प्रशंसक जम्मा हुन्थे । उनीहरुमा कसैले उनलाई आफ्नो घर आउने निमन्त्रणा पनि दिन्थे । एक पटक सेठले उनलाई आफ्नो घरमा विवाह समारोहमा आयोजित विशाल भोजमा सम्मिलित हुने निमन्त्रणा दिए ।
त उनले नम्रतापूर्वक उनको आग्रह अस्वीकार गरिदिए र भने, यो तपाईंको कृपा हो, जसले म जस्तो मामुली मानिसलाई आफ्नो भोजमा आउने निमन्त्रणा दिनुभयो । तर जब मेरो यो देशका हजारौँ लाखौँ दाजुभाइ भोकै बसेका छन्, उनीहरु एक दिन एक छाक खाएर बिताइरहेका छन् भने यस्तो बेलामा म विविध व्यञ्जनले परिपूर्ण ठूलाठूला भोजमा कसरी सम्मिलित हुनसक्छु । यो स्वादिष्ट पकवान मेरो घाँटीबाट छिर्दैन । मदनमोहन मालवीयको यो मर्मस्पर्शी वाक्यले सेठलाई प्रभाव पा¥यो । उनले भोजनमा खर्च हुने धन गरिबको कल्याणार्थ दान दिए ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













