• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्याग्दीमा पशुपालन गर्ने घट्दै

metakhabar by metakhabar
१७ बैशाख २०८२,
0
म्याग्दीमा पशुपालन गर्ने घट्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, १७ वैशाखः वैदेशिक रोजगारी, युवा पुस्तामा पुशपालनप्रति आकर्षण नहुनुलगायत कारणले पछिल्लो समय जिल्लामा पशुपालन गर्नेको सङ्ख्या घट्न थालेको छ ।

युवाहरू अवसरको खोजीमा जिल्ला तथा मुलुक बाहिर जाने, गाउँघरमा ज्येष्ठ नागरिक मात्र हुने, वनजङ्गलमा आहारको कमीलगायत कारणले पशुपालन गर्नेको सङ्ख्या घट्न थालेको हो ।

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार म्याग्दीमा पछिल्ला केही वर्षयता गाई र भेँडा, बाख्रासँगै पशुपालक किसानको सङ्ख्या पनि घट्दै गएको छ ।

युवाहरू शिक्षा, रोजगारीको खोजीमा विदेशिने, गाउँघरमा भएका जेष्ठ नागरिक वनजङ्गलमा पुगेर पशुको आहरा व्यवस्थापन गर्न नसक्ने, वनमा आहार अभाव हुनेलगायत कारणले पशुपालक किसानको सङ्ख्या घट्दै गएको केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले बताउनुभयो । गाउँघरमा घुम्तीगोठ सञ्चालन गर्न नसकेपछि पशुपालन पेसाबाट पलायन हुने क्रम बढेको उहाँको भनाइ छ ।

“युवाहरू विदेश पलायन हुँदा पशुपालन पेसा विस्थापित हुने मुख्य चुनौती बनेको छ”, रेग्मीले भन्नुभयो, “पशुपालनमा युवा वर्गको आकर्षण छैन, गोठ र फार्म सञ्चालन गरेका किसान पनि पेसाबाट विस्थापित भएर विदेश पलायन भएका छन् ।”

आर्थिक वर्ष २०७९/८० मा १८ हजार ५६७ भेँडा र ६१ हजार ४२४ वटा बाख्रा रहेका म्याग्दीमा आव २०८०/८१ मा भेँडा १७ हजार ५६५ र बाख्रा ६० हजार ४२३ मा झरेको केन्द्रले जनाएको छ ।

सबैभन्दा बढी गाईगोरु पालक किसान घटेपछि आव २०७९/८० मा १९ हजार ९८९ वटा गाईगोरु, तीन सय ६२ वटा याकनाक रहेकामा आव २०८०/८१ मा १७ हजार ७९ वटा गाईगोरु र तीन सय १५ वटा याकनाक रहेका केन्द्रका सूचना अधिकारी रेग्मीले जानकारी दिनुभयो ।

घरायसी दूध, घ्यू उपभोगका लागि घरघरमा भैँसीपालन गर्ने चलन कायम रहेकाले भैँसीको सङ्ख्या स्थिर देखिएको छ । पछिल्लो दुई वर्षमा म्याग्दीमा पालिएका भैँसीको सङ्ख्या २५ हजार १४५ रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

अघिल्लो पुस्ताका मानिस वृद्धवृद्धा भएपछि घुम्तीगोठमा बर्खामा लेक र हिउँदमा बेँसी गरेर ठूलो सङ्ख्यामा पशुपालन गर्ने क्रम घटेको हो । धवलागिरि गाउँपालिका–३ मुनाका ८० वर्षीय लिलबहादुर पुनले छोरानातीले चासो नदेखाएपछि चार पुस्ता अघिदेखि घुम्तीगोठमा गर्दै आएको भेँडाबाख्रा पालनबाट विस्थापित हुनुपर्ने अवस्था आएको बताउनुभयो । बजार क्षेत्रमा पशुपालन भन्दा अन्य पेसा, व्यवसाय वा विदेशतर्फ आकर्षण बढ्दा व्यावसायिक पशुपालनमा यसको असर परेको उहँँको भनाइ छ ।

“दुई वर्षअघि बेनी बजारमा अर्थुङ्गे, घतान, सिङ्गा, पात्लेखेतबाट दैनिक ४० जना किसानले मोटरसाइकलमार्फत ढूध ल्याउने गर्दथे । अहिले त्यो सङ्ख्या घटेर २० जनामा झरेको छ”, केन्द्रका सूचना अधिकारी रेग्मीले भन्नुभयो ।

बेनीका व्यावसायिक दूध उत्पादक कृषक सुरेश ढुङ्गानाले पशुपालक कृषकलाई यो पेसामा टिकाउन राज्यले उचित नीति र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । यसो हुन नसके पशुजन्य उत्पादन घट्नुका साथै आयात बढ्ने जोखिम रहेको उहाँले बताउनुभयो । उत्पादनमा आधारित अनुदान, दाना र दूध ढुवानीका लागि सहज सडकको सुविधा र बजारको सुनिश्चितता हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

Previous Post

बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

Next Post

पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै
आर्थिक

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

१ चैत्र २०८२,
अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की
आवाज

अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

१ चैत्र २०८२,
पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
Load More
Next Post
पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै

पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In