• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गभर्नर नियुक्तिमा बिचौलियाका कति धेरै गेम प्लान ? ओलीको इशारामा चल्दैछ फोहोरी खेल

metakhabar by metakhabar
१६ बैशाख २०८२,
0
गभर्नर नियुक्तिमा बिचौलियाका कति धेरै गेम प्लान ? ओलीको इशारामा चल्दैछ फोहोरी खेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा गणतान्त्रिक शासन व्यवस्थाको उदयसँगै बिचौलिया तथा स्वार्थ समूहहरुको प्रभाव निरन्तर बढ्दो छ । विभिन्न व्यापारिक तथा व्यवसायिक स्वार्थ समूहहरुले राजनीतिक उतारचढाव र ठूला नियुक्तिहरुमा लगातार आफ्नो प्रभूत्व जमाउँदै आएका छन् । पछिल्लो समय यो क्रमले अझ तीव्रता पाइरहेको छ ।

बिचौलियाहरुको प्रभाव ठूला नियुक्तिहरुमा कुन स्तरमा बढ्दो छ भन्ने कुराको पछिल्लो उदाहरण बनेको छ नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा उनीहरुले एकपछि अर्को प्लान प्रस्तुत गर्दै आफ्नो गोजीको मान्छेलाई नियुक्ति दिलाउन हरसम्भव प्रयास गर्नू ।अदालतका विभिन्न व्यवधान र विभिन्न खेलहरुका कारण बिचौलियाहरुले अगाडि सारेको पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री र डा. रविन्द्र पाण्डेका पक्षमा माहौल बन्न सकेन । अदालतले उनीहरुको गभर्नर बन्नसक्ने यात्रामा ब्रेक लगाइदिएपछि बिचौलियाहरुले प्लान बी, प्लान सी र प्लान डी नै बनाएर आफ्नै गोजीको मान्छेलाई गभर्नर बनाउने खेललाई निरन्तरता दिइरहे ।

यो क्रममा प्लान बी अन्तर्गत राष्ट्रबंैककै डेपुटी गभर्नर डा. निलम ढुंगानालाई गभर्नर बनाउने प्रयास समेत प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसको असहयोगका कारण सफल हुन सकेन । कांग्रेसले गभर्नर आफ्नो पार्टीको भागमा पर्नुपर्ने अडान नछाड्दा एमाले क्याडर समेत रहेकी निलमको गभर्नर बन्ने सम्भावना नदेखेपछि बिचौलियाहरुले प्लान सीको रुपमा अगाडि नै तयार गरेर राखेका डा. गुणाकर भट्टको नाम अगाडि सारे । पछिल्लो समय देशमा चिनिएका बिचौलिया दीपक भट्टको योजनामा डा. भट्टको नाम अगाडि सारिएको समेत पाइएको छ ।

गुणाकर भट्टको नाममा बिचौलियाहरुले जति पनि खर्च गर्ने भनेर वचन दिएका कारण उनलाई गभर्नर बनाउन बुढानिलकण्ठ लागिपरेको स्रोतको दाबी छ । दीपक भट्टलाई आफ्नो गेमप्लान सफल बनाउन शंकर ग्रुप लगायत ठूला घरानाहरुको साथ र सहयोग रहेको छ ।
प्लान सी अन्तर्गत डा. गुणाकर भट्टको नाममा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू देउवालाई सहमत गराउने काम गरेको बिचौलिया समूहले घुमाइफिराई प्लान डी अन्तर्गत कुनै फरक पात्रलाई अगाडि सारेर गभर्नर एमालेको भागमा पर्ने गरी खेल खेलिरहेको स्रोतहरुको दाबी छ । यदि गभर्नरको विषयमा बिग्रिएको माहौल यस्तै कायम रहिरहने हो भने बिचौलियाहरुको प्लान डी अन्तर्गतको कसैले नसोचेको पात्र गभर्नर बन्नसक्ने सम्भावना रहेको स्रोतहरु दाबी गर्छन् ।

बिचौलिया दीपक भट्ट र आरसी भट्टको समूहले आफूनिकटका व्यक्तिलाई नै गभर्नर बनाउने भन्दै यसअघि विभिन्न व्यापारिक समूहहरुबाट पैसा नै उठाएको विषय विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक भएका थिए । बिचौलिया समूहको पैसा उठाएर राजेन्द्रकिशोर क्षेत्रीलाई गभर्नर बनाउने प्रयास सफल नभएपछि उठिसकेको केही सय करोड खर्च गरी आफ्नो गोजीको मान्छेलाई नै केन्द्रीय बैंकमा ल्याउने प्रयासले सफलता पाउन लागेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएको खण्डमा प्लान सी अन्तर्गतका डा. गुणाकरलाई गभर्नर बनाउने, तर सहमत नभएको खण्डमा उनलाई समेत फालेर एमालेकै कुनै क्याडरलाई गभर्नर बनाउने गरी बिचौलिया समूहले काम गरिरहेको बुझिएको छ ।प्लान डी अन्तर्गत बिचौलिया समूहले डेपुटी गभर्नर बमबहादुर मिश्र वा प्रधानमन्त्रीका विकास सल्लाहकार डा. युवराज खतिवडाका छोरीज्वाईं डा. रामशरण खरेलको नाम ठीक्क पारेर राखेको समेत स्रोतको दाबी छ ।

गभर्नर भरसक कांग्रेसलाई नदिइने षड्यन्त्र

गभर्नरमा कांग्रेसले आफ्नो अडान नछाडेपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यो वा त्यो कारण देखाएर आफ्नै नजिकका पात्रलाई गभर्नर बनाउने भित्री अभियानमा रहेका स्रोत दाबी गर्छ ।यसअघि पनि अदालतमा मुद्दा हाल्न लगाएर वा विभिन्न आरोप तथा हल्लाहरु चलाएर कांग्रेसले दिएका नामहरुलाई विवादमा पार्ने र एमालेनिकट नाममा कांग्रेस सभापति देउवालाई सहमत गराउने ओलीको गेमप्लान रहेको देखिन्छ । यसैकारण कांग्रेसले दिइसकेको डा. गुणाकर भट्टको नाममा अझै पनि नियुक्ति गर्ने इच्छा सरकारले देखाएको छैन ।

कांग्रेसबाट आएका नामहरुको विषयमा भ्रम फैलाएर माहौला बिगार्ने, अदालत र अन्य निकायलाई लगाएर नियुक्तिको विषयमा अलमलको अवस्था बनाउने र खुसुक्क आफ्नो निकटको मान्छेलाई गभर्नर बनाउने गेमप्लानमा ओलीले बिचौलिया दीपक भट्टको साथ लिएको बालुवाटारस्थित स्रोतहरु नै दाबी गर्छन् । बिचौलियाको समेत काम गराउने समझदारीका साथ एमाले निकटकै मान्छेलाई गभर्नर बनाउन समेत नियुक्ति प्रक्रियालाई लम्ब्याइएको र गिजोलिएको आरोप लाग्ने गरेको छ ।

Previous Post

शिक्षक आन्दोलनमा संसद तात्यो : माग सम्बोधन गर्न सांसदहरूको चर्को दबाब

Next Post

कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने

metakhabar

metakhabar

सम्बन्धित खबर

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
किसानलाई सिँचाइको समस्या
समाचार

किसानलाई सिँचाइको समस्या

१ चैत्र २०८२,
रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा
समाचार

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

१ चैत्र २०८२,
अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो
समाचार

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

१ चैत्र २०८२,
तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान
फिचर-ब्यानर

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

१ चैत्र २०८२,
बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित
समाचार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

१ चैत्र २०८२,
Load More
Next Post
कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने

कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In