• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    सुनको मूल्य घट्यो

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    सुनको मूल्य घट्यो

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘नेपालको जलवायु मुद्दाको केन्द्रमा बालबालिका तथा युवा’

metakhabar by metakhabar
१४ बैशाख २०८२,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १४ वैशाख : मुलुकभरका एक सय बढी बालबालिका तथा युवाले जलवायु परिवर्तन र यसबाट उत्पन्न सङ्कटका बारेमा चिन्ता व्यक्त गर्दै त्यसबाट जोगिने उपायको खोजी गरेका छन् । बालबालिका तथा युवा (वायु) संवादका लागि भेला भएका उनीहरूले सरकारको आयोजनामा हुन गइरहेको अन्तरराष्ट्रिय ‘सगरमाथा संवाद’को सन्दर्भमा बालबालिका तथा युवाको नेतृत्वमा जलवायु परिवर्तन प्रतिकार्यका विषयमा छलफल गरेका थिए ।

विशेषगरी २४ वर्षमुनिका युवाले नेपालको झन्डै आधा जनसङ्ख्या ओगट्ने अवस्थामा यो कार्यक्रमले एक महत्त्वपूर्ण सन्देश दिएको वन तथा वातावरण मन्त्रालय उपसचिव डा प्रकाशसिंह थापाले जानकारी दिनुभयो । सो कार्यक्रममा सहभागी २० वर्षीय निश्चल भट्टले भन्नुभयो, “जलवायु परिवर्तन भविष्यको चिन्ता होइन, यो आजकै यथार्थ हो, हामी युवासँग परिवर्तन ल्याउने जोश र शक्ति छ । हामी जलवायु न्यायसहितको र उत्थानशील समाज निर्माणमा योगदान दिनका लागि अनुकूल वातावरणको माग गरिरहेका छौँ ।”

जलवायु परिवर्तनमा उनीहरूको योगदान धेरै कम भए पनि बालबालिका तथा युवाले यसको परिणाम सबैभन्दा बढी व्यहोर्नुपरेको छ । अत्यधिक गर्मी, भीषण वर्षा, जलवायुजन्य विपद् र प्रदूषित हावापानीका कारण उनीहरूको स्वास्थ्यमा जोखिम, कुपोषणमा वृद्धि र अध्ययनमा बाधा पुगिरहेको छ । नेपालमा सङ्क्रामक कीटजन्य रोग, खाद्य सुरक्षा तथा विद्यालय बन्द हुनुसँग जलवायु परिवर्तन जोडिएको छ । यी सबै चुनौतीले बालबालिका तथा युवाहरू बढी प्रभावित छन् ।

“सबै बालबालिकाले सुरक्षित र स्वस्थ वातावरणमा हुर्कन पाउने अधिकार राख्छन् । जलवायु परिवर्तनले यस अधिकारलाई दैनिक रूपमा जोखिममा पारिरहेको छ”, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका कार्यवाहक आवासीय संयोजक डा एलिस अकुङ्गाले भन्नुभयो । वायु संवादमा बालबालिका तथा युवाको नेतृत्वमा गरिएको जलवायु सङ्कट समाधानको प्रदर्शनी, श्रव्यदृश्य प्रदर्शन, जलवायु उत्थानशीलतासम्बन्धी विज्ञ सत्र र दुई अन्तरपुस्तीय प्यानल छलफल समावेश थिए ।

पहिलो सत्रमा शिक्षा, स्वास्थ्य, पानीजस्ता आधारभूत सेवामा जलवायु परिवर्तनको प्रभावबारे छलफल गरिएको थियो । दोस्रो सत्रमा जेठ २ देखि ४ गते हुन गइरहेको सगरमाथा संवादको मूल विषयसँग मेल खाने गरी पर्वतीय पारिस्थितिकी, जलवायु परिवर्तन र मानवताको भविष्यबारे प्रकाश पारिएको थियो । सो संवादमा बालबालिका, किशोरकिशोरी तथा युवाले जलवायु परिवर्तनसम्बन्धी आफ्ना प्रत्यक्ष अनुभव तथा स्थानीयस्तरमा गरिरहेका प्रयास पनि साझा गरेका थिए ।

कार्यक्रमको एउटा मुख्य उपलब्धि भनेको सहभागी बालबालिका तथा युवाद्वारा तयार गरिएको घोषणापत्रलाई लिइएको छ । त्यसमा उनीहरूले जलवायु परिवर्तनप्रति उत्थानशील नेपाल निर्माणका लागि आफ्ना माग, प्रतिबद्धता र प्रस्तावित कार्य समेटेका छन् । यो घोषणापत्र सगरमाथा संवादअघि यसको सचिवालयमा बुझाइने छ ।

“बालबालिका र युवालाई हाम्रो जलवायु प्रतिबद्धताको केन्द्रमा राख्दै नेपाल विश्वभर नै उदाहरण बनेकामा हामी गर्व गर्छौँ”, कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले भन्नुभयो, “हाम्रो दोस्रो राष्ट्रिय रूपमा निर्धारण गरिएको योगदानले बालबालिका तथा युवाको आवश्यकतालाई पहिल्यै समावेश गरिसकेको छ र यो विश्वकै सबैभन्दा समावेशी दस्तावेजमध्ये एक हो ।” उहाँले वायु संवाद युवाका आवाजलाई नीतिमा, व्यवहारमा र हरियाली तथा उत्थानशील नेपालको यात्रामा परिणत गर्ने अत्यन्तै महत्त्वपूर्ण मञ्च भएको मन्त्री शाहीको भनाइ थियो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले बालबालिका र युवाको अगुवाइमा भएको कार्यक्रमको प्रशंसा गर्दै संवादका निष्कर्षले नेपालका नीति तथा योजनालाई मार्गदर्शन गर्ने बताउनुभयो ।

Previous Post

मिथिला ‘पेन्टिङ’ सिकाइमा जम्दै किशोरी

Next Post

दोर्दी जोड्ने सडक अन्तिम चरणमा

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
आवाज

प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

२७ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

२७ फाल्गुन २०८२,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

२७ फाल्गुन २०८२,
Load More
Next Post
दोर्दी जोड्ने सडक अन्तिम चरणमा

दोर्दी जोड्ने सडक अन्तिम चरणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In