काठमाडौं, वैशाख १३ – आज नेपाल र अमेरिकाबीचको ७८ वर्षे कूटनीतिक सम्बन्ध र विनाशकारी २०७२ सालको भूकम्पको १० औं वार्षिकी एकैसाथ सम्झना गरिंदैछ।
ठीक एक दशकअघि २०७२ सालको वैशाख १२ गते शक्तिशाली भूकम्पले नेपाललाई हल्लायो—जसले हजारौंको ज्यान लियो, लाखौंको जीवनमा गहिरो असर पुर्यायो र देशको भौतिक पूर्वाधारदेखि सांस्कृतिक सम्पदा समेत क्षतविक्षत बनायो।
त्यस संकटको घडीमा अमेरिकाले नेपालसँग एकजुट हुँदै तत्काल उद्धार र राहत कार्यदेखि दीर्घकालीन पुनर्निर्माणसम्मको महत्वपूर्ण सहयोग पुर्यायो। आज सार्वजनिक गरिएको एक भिडियोमा अमेरिका–नेपालले संयुक्त रूपमा जनजीवन बचाउने, बस्ती पुनःनिर्माण गर्ने र सांस्कृतिक सम्पदा संरक्षण गर्ने कार्यमा देखाएको ऐक्यबद्धता देखाइएको छ।
यस दसकको अवधिमा दुबै देशले संयुक्त सैन्य अभ्यासहरू, भूकम्प–प्रतिरोधी संरचना निर्माण, प्रारम्भिक सूचना प्रणाली सुधार, र संघीयदेखि स्थानीय तहसम्मको विपद् व्यवस्थापनलाई बलियो बनाउने कार्यहरूमा सहकार्य गर्दै आएका छन्।
अमेरिकी दूतावासले उद्धार कार्यमा ज्यान गुमाएका छ जना अमेरिकी मरीन र दुई जना नेपाली सेनाका अधिकारीहरूलाई विशेष श्रद्धाञ्जली अर्पण गरेको छ।
“हामी अझ सुरक्षित र सशक्त भविष्यकालागि नेपालसँग संकटको बेलामा मात्र होइन , तयारीको क्रममा पनि सधैं सँगै उभिएकोमा गर्व गर्छौं।”













