नाइल नदीको युद्धको बेलामा ब्रिटिश सेनाका सेनाध्यक्ष नेल्सन थिए । सैन्य जहाजका अधिकारीहरुको आँखामा घोर त्रास र निराशा थियो तर नेल्सन आत्मविश्वासले भरिएका थिए । अचानक जहाजका कप्तानले भने, यदि हाम्रो जीत भयो भने संसार दङ्ग हुनेछ ।
नेल्सनले गम्भीर दृढ स्वरमा भने, कप्तान हामीले जित्नेछौँ र अवश्य जित्नेछौँ । सेनापतिका यी शब्दले मन्त्र जस्तो प्रभाव देखायो र उनीहरु एक नयाँ विश्वास र नयाँ साहसले भरिए । फलस्वरुप उनीहरुको जीत भयो ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













