– थकावट छ भने पानी पिउनुहोस् ।
– कब्जियत छ भने जूस पिउनुहोस् ।
– श्रम गर्नुछ भने अर्गानिक कफी पिउनुहोस् ।
– कमजोरी छ भने लोकल गाइको दूध पिउनुहोस् ।
– उमेर घटाउनु छ भने बियर र रक्सी पिउनुहोस् ।
– फुर्तिलो रहनु छ भने कागतीपानी पिउनुहोस् ।
– हड्डी सुकाउनु छ भने कोक–पेप्सी–सोडा पिउनुहोस् ।
– खाना पचाउनु छ भने मही पिउनुहोस् ।
– रगत बढाउनु छ भने जमराको रस पिउनुहोस् ।
– पेटको रुचि बढाउनु छ भने सुप पिउनुहोस् ।
– कलेजो स्वस्थ राख्नु छ भने चुकन्दर जुस पिउनुहोस् ।
– रगत सफा राख्नु छ भने चिराइतो पानी पिउनुहोस् ।
– त्वचा चम्काउनु छ भने प्राणवायु पिउनुहोस् ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













