• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रिक्सा चालक महिलाको कथाः गुजारा चलाउन सहज

by
२२ चैत्र २०८१,
0
रिक्सा चालक महिलाको कथाः गुजारा चलाउन सहज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तिलोत्तमा (रुपन्देही), २२ चैतः बुटवल उपमहानगरपालिका–८ की रीता अधिकारीको दैनिक गुजारा राम्रो चलिरहेको छ । उहाँ दिनभरि ई–रिक्सा चलाउनु हुन्छ । त्यसबाट उहाँ दैनिक करिब रु एक हजार ७०० कमाउनुहुन्छ । यही कमाईबाट उहाँ दैनिक गुजारा चलाउनुहुन्छ । उमेरले ४० वर्ष पुगेकी रीताका २१ र १५ वर्षका छोरी छन् । उहाँले दिनभरि ई–रिक्सा चलाएर कमाएको पैसाले दुई छोरीको पढाइ खर्चसँगै घर खर्च चलाउनुभएको छ ।

कास्कीको रुपा गाउँपालिका–२ स्थायी घर भएकी रिताले यसअघि बुटवलमा एउटा सहकारी संस्थामा सामान्य जागिर गर्नुहुन्थ्यो । उक्त जागिरको पारिश्रमिकबाट घरपरिवारको खर्च धान्न समस्या परेपछि विकल्पमा ई–रिक्सा चलाउन थालेको उहाँ बताउनुहुन्छ । सहकारीको जागिर छाडेर सुरुमा रिक्सा भाडामा लिएर चलाएकी रीताले अहिले भने आफैँ रिक्सा किनेर चलाउँदै आउनुभएको छ । बुटवलको नयाँ बसपार्कलाई केन्द्र बनाएर बुटवलका विभिन्न स्थानमा उहाँ यात्रुलाई पु¥याउने गर्नुहुन्छ ।

कामलाई कहिल्यै पनि सानोठूलो नठान्ने उहाँ कहिलेकाहीँ महिला चालक भनेर कतिपय यात्रुले हेप्ने गर्दा दुःख लाग्ने गरेको बताउनुहुन्छ । “हामी पनि पुरुषसरह नै काम गर्छाैं, तर कतिपयले महिला भनेर हेयको दृष्टिकोणले हेर्ने गर्छन्,” उहाँ भन्नुहुन्छ, “कतिपय यात्रुले त गन्तव्यमा पुगेपछि भाडा दिने बेलामा झगडा नै गर्छन् ।”

रिक्सा चालक रीताको उपमहानगरपालिकाप्रति गुनासो छ । “यति ठूलो नगरभित्र एउटा सार्वजनिक शौचालय पनि छैन, शौचालय जानुपर्ने अवस्थामा समस्या छ,” उहाँ भन्नुहुन्छ, “पार्किङको पनि त्यस्तै ठूलो समस्या छ ।” अटो रिक्सा चालकहरु दोहोरो करको मारमा परेको बताउँदै यस विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्ने रीताको भनाइ छ ।

बुटवल–१२ नयाँगाउँ घर भएकी ३९ वर्षीय खिमाकुमारी विक पनि विगत आठ वर्षदेखि रिक्सा चलाउने काम गर्नुहुन्छ । सुरुका एक वर्ष भाडामा रिक्सा चलाएकी खिमाले त्यसपश्चात् आफैँले रिक्सा किनेर चलाउन थाल्नुभएको हो । उहाँ भाडाको रिक्सा चलाउँदा कमाई हुन नसके पनि दैनिक रुपमा रिक्साधनीलाई भाडा बुझाउन बाध्य हुनुपर्ने भएकाले आफैँ रिक्सा किनेर चलाउन थालेको बताउनुहुन्छ ।

खीमाका श्रीमान् भारतको मुम्बईमा रोजगारीमा हुनुहुन्छ भने २१ वर्षकी एक छोरी र १९ वर्षका छोरा घरमै छन् । यो कामबाट आत्मसन्तुष्टि मिलेको बताउने खीमा दैनिक रु एक हजार २०० देखि रु एक हजार ५०० सम्म कमाई हुने गरेको बताउनुहुन्छ ।

यस्तै, बुटवल देवीनगर अस्थायी बसोबास गर्ने एकल महिला मीना नेपालीले पनि रिक्सा चलाएरै आफ्नो चारजनाको परिवारको गुजारा चलाइरहनुभएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–५ की उहाँले विगत सात वर्षदेखि बुटवलमा रिक्सा चलाउँदै आउनुभएको छ । विगत तीन वर्षअगाडि आफैँले नयाँ रिक्सा लिनुभयो । “भाडाको रिक्सा चलाउँदा कमाएको पैसा साहुलाई बुझाउँदा आफ्नो लागि पैसा नै नबच्ने, अहिले त आफ्नै रिक्सा छ, जति कमायो सबै आफ्नै हुन्छ,” उहाँले भन्नुभयो । बिहान घरको काम सकेर ११ देखि साँझ ६ बजेसम्म उहाँले रिक्सा चलाउनुहुन्छ । बुटवलमा नजिकैको दूरीमा रु ३० त्योभन्दा अलि टाढा रु १०० सम्म भाडा तय भएको उहाँ बताउनुहुन्छ ।

रिक्सा चलाउने क्रममा उहाँसँग मीठा–नमीठा दुवै क्षण छन् । कतिपय महिलाले सङ्घर्ष गरेको यो काम देख्दा सम्मानजनक व्यवहार गर्ने, कतिपय महिलाले नै अभद्र व्यवहार गर्ने नमीठो क्षण सुनाउनुभयो । पुरुषले पनि कतिपयले सम्मानजनक त कतिपयले अभद्र व्यवहार गरेको नमीठो छाप मीनाको मनभित्र गढेको छ । अटोरिक्सा चलाउने मजदुरलाई नगरपालिकाको व्यवहारप्रति मीनाको दुखेसो छ । उहाँले अब कार चलाउन सिकेर ट्याक्सी चलाउने पेसा अगाडि बढाउने धोको रहेको सुनाउनुभयो ।

बुटवलमा यसरी अटोरिक्सा चलाएर जीवन धानेका कैयौँ महिला र पुरुष छन् । यही काममा सपना र भविष्य सजाउनेहरु जसले आफ्नो मुख्य पेसा यसैलाई मानेका छन् । अन्य व्यवसाय गर्न पर्याप्त लगानी नहुनु र कतै रोजगार गर्न सोही अनुसारको दक्षता नहुँदा जीवन धान्ने मुख्य काम यही बनेको उनीहरुको धारणा छ । पुरुषको तुलनामा अटोरिक्सा चलाउने महिलाहरुका बढी समस्या छन् । अटोरिक्सा व्यवसायी तथा चालकहरुले स्थानीय पालिका र यातायात कार्यालय गरी दुई ठाउँमा दोहोरो कर बुझाउँदा दोहोरो करको मारमा परेको उनीहरूको गुनासो छ ।

बुटवलमा एक हजार ४१३ अटोरिक्सा दर्ता भई नगरबाट सञ्चालनका लागि अनुमति लिएको उपमहानगरपालिकाका राजस्व शाखा अधिकृत पुष्पराज खनालले बताउनुभयो । त्यसमध्ये हालसम्म करिब ५० अटोरिक्सा महिलाका नाममा दर्ता भएको अधिकृत खनाल बताउनुहुन्छ । बुटवलमा गुड्ने सबै अटोरिक्सा दर्ता र अनुमतिमा नआएको उहाँले बताउनुभयो ।

आकर्षक गन्तव्य र सबैको रोजाइअन्तर्गतकै तिलोत्तमा नगरपालिकामा हालसम्म ३३२ अटोरिक्सा सञ्चालनमा रहेका छन् । यसमध्ये ३४ महिलाले आफ्नो नाममा सवारी चालक अनुमतिपत्र र रिक्सा दर्ता गरेको आर्थिक विकास शाखाका अधिकृत कृष्ण पाण्डेले बताउनुभयो । अधिकृत पाण्डेका अनुसार १०० अटोरिक्सा अझै दर्ता प्रक्रिया रहेका छन् ।

रुपन्देहीकै देवदह नगपालिकामा हालसम्म करिब २१ अटोरिक्सा नगरमा दर्ता भई सञ्चालनमा रहेका छन् । नगरमा गुड्ने सबै अटोरिक्सा दर्ता प्रक्रियामा नआएको नगरपालिकाले जनाएको छ । यसैगरी, सिद्धार्थनगर नगरपालिकामा पनि सञ्चालन भएका सबै अटोरिक्सा दर्ता प्रक्रियामा आएका छैनन् । हालसम्म ४७३ रिक्सा नगरमा दर्ता भई सञ्चालनमा आएको नगरपालिको राजस्व शाखाले जनाएको छ । यसैगरी, एक मात्र महिलाले नगरमा रिक्सा दर्ता गरेको सो शाखाका अधिकृत कमलकान्त खनालले बताउनुभयो ।

Previous Post

कमलपोखरी पुनःभरण गरी पानीको सतह यथावत् राख्न निर्देशन

Next Post

दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा र खानेपानी मन्त्रालयबीच सम्झौता

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा र खानेपानी मन्त्रालयबीच सम्झौता

दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा र खानेपानी मन्त्रालयबीच सम्झौता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In