• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेखः वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

by
२२ चैत्र २०८१,
0
आलेखः वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २२ चैतः नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस)मा यस चलचित्रले रु ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ । जसले विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज ग¥यो । यसकारण विसं २०८१ चलचित्रका लागि स्मरण गरिने वर्ष बन्नेछ ।

चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार यो वर्ष ६० चलचित्र प्रदर्शन भइसकेका छन्भने दुई चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ चैत २९ देखि प्रदर्शन हुँदैछ । यो वर्ष स्वदेशी चलचित्र ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ । विदेशी चलचित्रको नेपाल प्रदर्शन अन्तिम समयमा टुङ्गो लाग्ने गरेकाले पनि अहिले एउटा अङ्क भन्न कठिन रहेको बोर्डको भनाइ छ ।

यो वर्षको सुरुआतमा वैशाख १ गते प्रदर्शन भएको ‘डिग्री माइला’ ले ठीकठाक व्यापार गरिरहँदा वैशाख १४ मा प्रदर्शन भएको ‘बोक्सीको घर’ ले आक्रामक व्यापार गर्न सफल भयो । चलचित्रमा समावेश गीत ‘बुझिन मैले, बुझाइ देऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा प¥यो । केकी अधिकारीले अभिनय गर्नुभएको र सुलक्षण भारतीले निर्देशन गर्नुभएको चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रुपमा हेरिएको थियो । तर, यसले अकल्पनीय व्यापार ग¥यो ।

‘बक्सअफिस’को तथ्याङ्कअनुसार यस चलचित्रको घरेलु बजारमा रु १० करोडको हाराहारीमा व्यापार भएको छ । यो चलचित्र सफलताको श्रेय गीतसङ्गीत र विषयलाई जान्छ । त्यसकारण यो वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रुपमा हेर्न सकिन्छ । यसपछि दसैँमा प्रदर्शन भएको ‘१२ गाउँ’ र तिहारमा प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ ले चलचित्र क्षेत्रलाई चलायमान बनायो ।

यी दुवै चलचित्र प्रदर्शन अगाडि सामान्य सोचिएका थिए । तर, प्रदर्शन भएपछि दर्शकले नै सिफारिस गरेका कारण सफलताको नयाँ ‘रेकर्ड’ बनाउन सफल भए । यो वर्ष दर्शकहरू कलाकारको अनुहारभन्दा पनि चलचित्रमा उठान गरिएको विषयलाई हेर्न आउनुभएको निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो वर्ष ‘स्टार’ भनिने कलाकारका चलचित्रभन्दा सामान्य रुपमा हेरिएको तर पात्रलाई पर्दामा जीवन्त बनाउन सक्ने कलाकारको चलचित्रको व्यापार धेरै भएको छ । दसैँ र तिहारमा भएको चलचित्रको व्यापारले समग्र क्षेत्रलाई चलायमान बनाउन सफल भयो । तर, समग्र वर्षको तथ्याङ्क हेर्ने हो भने समग्र बजारको आकार भने बढेको छैन ।”

उहाँले “रैयाँ चाँदीको” बोलको हिट गीतका साथ बनेको ‘पूर्णबहादुरको सारङ्गी’ ले गरेको व्यापार ऐतिहासिक भए पनि अन्य चलचित्रले उल्लेख्य व्यापार गर्न नसक्दा समग्रमा अघिल्ला वर्षकै तुलनामा बजारमा हुने व्यापारको आकार सीमित भएको बताउनुभयो ।

चलचित्र वितरक तथा निर्माण समूहको दाबीअनुसार यो वर्ष घरेलु बजारमार्फत अघिल्ला उल्लिखित चलचित्रसँगै ‘छक्का पञ्जा ५’, ‘होस्टेल ३’, ‘अन्जिला’ ले लगानी सुरक्षित गर्दै मुनाफा आर्जन गर्न सफल भए । यसबाहेक विदेशी बजारसहित ‘घर ज्वाईं’, ‘गाउँ आएको बाटो’ र ‘लाज शरणम्’ चलचित्रले निर्मातालाई घाटा गराएन । चलचित्र ‘वसन्त’ चैत २२ देखि प्रदर्शनरत रहेकाले यसको व्यावसायिक तथ्याङ्क आउन बाँकी छ ।

यस वर्ष अरू पनि चलचित्र बजारमा देखिए । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको अभिनयमा ‘महापुरुष’का साथै चलचित्र ‘राजागन्ज’ विवादका बीच प्रदर्शनमा आए ।

अभिनेता प्रदीप खड्काले नेपाली चलचित्रका लागि यो वर्षको सुरुआत राम्रो भए झैँ अन्त्य पनि सुखद हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो वर्ष भिन्नभिन्न विषयका चलचित्र प्रदर्शन भए, वर्षको सुरुआत निकै राम्रो रह्यो । इतिहास रच्ने चलचित्रदेखि नयाँ अनुहारलाई पनि दर्शकले विश्वास गरेको पाइयो । यस वर्षको अन्त्य पनि सुखद हुने विश्वास लिएको छु ।”

उहाँले वर्षको अन्त्यमा प्रदर्शन हुने चलचित्रले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । चलचित्रमा विषयवस्तु वा कथा आकर्षणको केन्द्र हुनु सुखद रहेको निर्देशक मिलन चाम्सले बताउनुभयो । “चलचित्रको कथामा दर्शक आकर्षित हुनु चलचित्रकर्मीका लागि सुखद विषय हो, किनकि कलाकारमा केन्द्रित हुँदा त्यहाँ रचनात्मक पक्ष कमजोर हुनसक्छ । यसले नयाँ चलचित्रकर्मीलाई पनि प्रेरणा दिन्छ”, निर्देशक चाम्सले भन्नुभयो ।

यो वर्षको सुरुआतमा प्रदर्शन भएका चलचित्रको व्यापारले आशावादी बनाएको थियो । तर, वर्षको अन्त्यमा बजार उही आकारमा रहनुले अघिल्ला वर्षभन्दा फरकपन ल्याउन नसकेको वितरक श्रेष्ठको बुझाइ छ । “एक दुई चलचित्रको सफलताले हामीलाई उत्साहित बनाउनु स्वाभाविक हो । तर, समग्र वर्षभरिमा भएको व्यापारको आकार नबढ्ने हो भने त्यसलाई उपलब्धि कसरी मान्न सकिन्छ ?”, वितरक श्रेष्ठले भन्नुभयो ।

बजारको आकार बढ्न र नयाँ दर्शक चलचित्र भवनसम्म ल्याउन एउटा फरक चलचित्र चाहिने उहाँको बुझाइ छ । “लुट चलचित्रले बनाएको नयाँ दर्शकलाई कबड्डी, छक्का पञ्जा, जात्राजस्ता चलचित्रले बढाए । त्यस्तै, एउटा चलचित्र अहिलेको समयमा चाहिएको छ, अनि नयाँ दर्शक थपिनाका साथै चलचित्रको नयाँ युगको सुरुआत हुन्छ,” वितरक श्रेष्ठले भन्नुभयो ।

उहाँ आफैँ आउँदो वर्ष २०८२ मा चलचित्र निर्देशन गर्ने तयारीमा हुनुहुन्छ । यो वर्ष प्रदर्शन भएका झन्डै नौवटा चलचित्रमा अभिनेता दयाहाङ राईले अभिनय गर्नुभयो । उहाँले अभिनय गर्नुभएको चलचित्र ‘डिग्री माइला’ वैशाख १ मा प्रदर्शन भएको थियो भने चैत २९ मा ‘पिताम्बर’ प्रदर्शन हुँदैछ । अर्थात् वर्षको सुरुआतदेखि अन्त्य पनि उहाँकै चलचित्रमार्फत हुँदैछ । यद्यपि उहाँले सङ्ख्या बढाउने मात्र नभई भिन्न विषयवस्तुका कारण आफूले चलचित्रमा अभिनय गरेको बताउनुभयो ।

“मैले कथामा विविधता देखेर चलचित्रमा काम गरेको हुँ । तपाईंले सङ्ख्यासँगै विषयवस्तु हेर्नुभयो भने एउटा अभिनेता त्यसलाई छाड्न सक्दैन । साथै मेरो उपस्थितिले कुनै निर्देशक र निर्मातालाई लाभ मिल्छ र मलाई विषय मन परेको छभने किन नगर्ने ?” अभिनेता राईले भन्नुभयो ।

यो वर्ष प्रदर्शन भएको चलचित्र ‘छक्का पञ्जा ५’ ले १५ करोड २१ लाख, चलचित्र ‘१२ गाउँ’ ले १९ करोड ९१ लाख रूपैयाँ घरेलु बजारमा व्यापार गरेको तथ्याङ्क बक्सअफिसमा छ । यी चलचित्रको व्यापार हुनुको एउटा मुख्य कारण परिवार नै दर्शक बनेर चलचित्र भवनसम्म आउनु हो । यसअगाडि पनि व्यावसायिक रुपमा सफल भएका अधिकांश चलचित्रमा सबै उमेर समूहका दर्शकको उपस्थिति देखिएको छ । निर्देशक पुर्नेन्दु झाले चलचित्रको पर्दामा देखिने पात्रसँग दर्शक जोडिने पारिवारिक चलचित्रले घरेलु बजारमा सफलता पाउने गरेको भाष्यले यस वर्ष पनि निरन्तरता पाएको बताउनुभयो ।

“नेपालमा सफल भएका चलचित्रहरू आफ्नै मौलिक कथा बनेको पाइएको छ । यो वर्ष पनि सफल भएका चलचित्र सूची हेर्दा मौलिक कथा, सामाजिक विषयले दर्शकलाई चलचित्र भवनसम्म आकर्षित गरेको पाइयो । यद्यपि व्यापार मात्र सोचेर चलचित्र बनाउनु भने हुन्न, किनकि यसले विविधतामा असर गर्नाका साथै बजारीकरण गर्छ । चलचित्र भवनसम्म आउँदा दर्शकमा देखिएको उत्साह निस्किँदा पनि देखियोस् भन्ने सोच राखेर चलचित्र निर्माण गर्न सक्नुपर्दछ,” निर्देशक झाले भन्नुभयो ।

चलचित्र मनोरञ्जनका लागि हेर्ने गरिन्छ । यद्यपि यसले पार्ने प्रभावप्रति सोच्ने कमै हुन्छन्, यसकारण यस वर्ष भइरहेका कामले आशावादी हुने ठाउँ प्रशस्तै दिएको छ । कामको नतिजा आउँदो वर्ष देखिनेछ, जहाँ नेपाली चलचित्रले कलात्मक र व्यावसायिक दुवै पाटोमा आफूलाई अब्बल साबित गर्ने चलचित्रकर्मीको विश्वास छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आगामी वर्ष चलचित्र निर्माण, वितरण र प्रदर्शनका लागि बनेको ‘चलचित्र ऐन’ संशोधन हुने, बक्सअफिसमा ‘रियल डाटा’ प्राप्त हुने लगायतका बोर्डका कार्यले चलचित्रकर्मीलाई लाभान्वित बनाउने बताउनुभएको छ । एक तथ्याङ्कअनुसार हाल नेपाली चलचित्र उद्योगमा करिब १० हजार कलाकर्मी आबद्ध छन् ।

यो वर्ष चलचित्र भवनले सो सङ्ख्या नदिएको विवाद धेरै पटक उठ्यो । यही कारण निर्देशक निश्चल बस्नेतले चलचित्र ‘बेहुली फ्रम मेघौली’को प्रदर्शन स्थगित गरेर ‘ओभर दी टप (ओटिटी)’ मा चलचित्र प्रसारण गर्नुभयो । यद्यपि न्यून शोबाट सुरु भएको ‘पूर्णबहादुरको सारङ्गी’ले गरेको व्यापारका कारण सर्वकालीन सफल पनि बन्न पुग्यो । फलस्वरूप नेपाली चलचित्रले गरिरहेको व्यापार देखेर वितरकले विदेशी चलचित्र नेपालमा महङ्गो मूल्यमा ल्याउने सङख्या कम गरेका छन् ।

विदेशी चलचित्रकै कारण स्वदेशी चलचित्र हेपिएको प्रश्न उठिरहँदा केही नेपाली चलचित्रले विदेशी चलचित्रलाई पराजित गर्दै सफल बनेपछि नेपाली निर्मातामा साहस र ऊर्जा थपिएको छ । हाल प्रदर्शनरत चलचित्र ‘अञ्जिला’ ले राम्रो व्यापार गरेपछि भारतीय चलचित्र ‘सिकन्दर’ नेपालमा असफल बनेको छ । यी यस्तै गतिविधिले गरेको सङ्केतका कारण पनि आउँदो वर्ष विसं २०८२ नेपाली चलचित्रका लागि राम्रो हुनेमा आशावादी हुन् सकिन्छ ।

Previous Post

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

Next Post

‘राज्यले पत्रकारको क्षमता अभिवृद्धिमा पर्याप्त लगानी गर्नुपर्छ’

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
तीन वर्षमा डेढ सय होटल बन्द

‘राज्यले पत्रकारको क्षमता अभिवृद्धिमा पर्याप्त लगानी गर्नुपर्छ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In