करिब साढे ५ महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पार्टी राजनीतिमा फर्किएका छन । सहकारी ठगीको आरोपमा चारवटा जिल्ला अदालतमा मुद्दा झेलिरहेका सभापति लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए । पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको थियो । सहकारी प्रकरणमा पक्राउ परेपछि पार्टी राजनीतिमा निश्क्रििय भए उनि पुनः कार्यकारी भूमिकामा फर्किएका छन ।
आधा दर्जन सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री लामिछानेले पार्टी राजनीतिमा फर्किएसंगै शरीरमा एक थोपा रगत रहेसम्म लुटतन्त्रको विरोधमा उभिरहने बताएका छन । त्यसो त आफुनै सहकारी प्रकरणमा मुछिएका लामिछानेले भ्रष्टाचार विरोधी कदम कसरी चाल्लान साथै राजावादी र गणतन्त्रवादी कित्तामा विभाजित नेपाली राजनीतिमा उनको कदम के होला चासोका साथ हेरिएको छ ।
सहकारी प्रकरणमा मुछिएपछि पार्टी राजनीतिमा निश्क्रिय भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टी राजनीतिमा पुनः सक्रिय भएका छन । पार्टी राजनीतिमा पुनः सक्रिय भएसंगै उनले शरीरमा एक थोपा रगत रहुञ्जेल लुटतन्त्रको विरोधमा उभिरहने बाचा गर्नुका साथै भ्रष्टाचार विरोधी अभियानका लागि आफु गोली खान समेत तयार रहेको प्रतिक्रिया दिएका छन ।
यद्यपी उनि आफु नै सहकारी प्रकरणमा मुछिएकाले उनले चाल्ने सुशासनको अभियान कस्तो होला तथा नेपाली राजनीति राजावादी र गणतन्त्रबादी कित्तामा विभाजित भएको समयमा उनको पुनः सक्रियताले कस्तो प्रभाव पार्ला अहिले चासोको विषय बनेको छ । सरकारले रविविरुद्ध कास्कीसहित काठमाडौँ, रुपन्देही, चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । पर्सा जिल्लामा अनुसन्धान भइराखेकाले अहिलेसम्म मुद्दा दायर गरेको छैन ।
चारवटै जिल्ला अदालत गरी कुल दुई करोड ७९ लाख धरौटी रकममा छोड्न आदेश दिएको छ । लामो समयपछि बनस्थलीस्थित पार्टी कार्यालय घण्टीघरमा फर्किएका उनले कार्यकर्ताको नाममा विशेष सम्बोधन समेत गरेका छन । दुई वटा चोर मिल्दैमा साधु नहुने भन्दै उनले सरकारलाई व्यङ्ग्य गरेका थिए । आफूलाई तर्साउनकै लागि सरकारले पर्सामा मुद्दा दर्ता नगरेको लामिछानेको भनाई छ ।
उनले अझै केही समय शान्त बस्न चाहेको तर सरकारले फाइदा उठाउँदै टाउकोमा तरबार झुन्ड्याएपछि डराउछहोला भन्ने सोचेपनि आफु जुनसुकै बेला तरबार खसाले पनि शीर थाप्न तयार रहेको प्रतिक्रिया दिएका छन । लामो समयपछि पार्टी राजनीतिमा सक्रिय हुँदा पनि पहिलेको जस्तै लामिछाने आफ्नो वाक्पटुता जिवितै राखेको देखिन्छ ।
अहिले राजावादीहरुको सक्रियता बढको तथा गणतन्त्रवादी दलहरु व्यवस्थाको रक्षाका लागि एकै ठाउँमा हुनुपर्छ भन्ने मत बलियो भएको समयमा लामिछानेले आफ्नो दल वर्तमान व्यवस्थाको पक्षका रहेको बताएपनि स्थापित पुराना दलको कित्तामा नभएको प्रश्ट बताएका छन । यसले उनले समयले कस्तो माग गर्छ पर्ख र हेरको रणनीति अपनाएको राजनीतिका जानकारहरुको भनाइ छ । सहकारी बचतकर्ताहरूको रकम अपचलन अभियोगमा लामो हिरासत तथा अदालती प्रकृयाका समयमा लामिछाने पार्टी जिम्मेवारीमुक्त थिए ।
सहकारी ठगीसम्बन्धी अभियोगमा धरौटी बुझाएर हिरासतमुक्त बने पनि उनले अदालती मुद्दामा सफाइ भने पाएका छैनन । परिवर्तनलाई स्वीकार गरेर आएको दल रास्वपा भएको भन्दै लामिछानेले गणतन्त्र व्यवस्थाको आडमा कांग्रेस र एमालेले लुटतन्त्र मच्चाएको आरोपसमेत लगाउन छोडेनन । त्यसो त उनले गणतन्त्रवादी भन्ने दलहरूले वास्तविक गणतन्त्रको अभ्यास नगरेर त्यसको खोल मात्रै ओडेको भन्न पनि बाँकी राखेनन । यद्यपी यस्तो आरोप ठूला दलहरुलाई लगाएपनि उनि तिनै ठूला दलसंगको सहकार्यमा यसअघि सरकारमा सामेल थिए ।
त्यसो त राजावादीहरूको प्रदर्शनमा आएका जनतामा राजतन्त्रको पक्षमा मात्रै नभएको लामिछानेको बुझाइ छ । १५ चैतमा तीनकुनेमा भएको घटनाको शिक्षा लिएर आफ्नो कमजोरी लुकाउने प्रयास नगर्न भन्दै उनले सरकारलाई चेतावनी समेत दिएका छन । चैत १५ को उग्र र अराजक प्रदर्शनमा गृहमन्त्रीको भूमिकालाई लियर समेत उनले आलोचना गरेका छन । सडकमा देखिएको असन्तुष्टि सत्तामा रहेका दललाई दण्डित गर्नका लागि आएको उनको वुझाई रहेको छ ।
वर्तमान सरकारले जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका लामिछानेले सरकारले आफ्नाविरुद्ध गर्ने षडयन्त्रको शिलशिला नसकिएको बताएका छन । जुनसुकै परिस्थितिको सामना गर्न गरि राजनीतिमा फर्किएको वताएका उनको आगामी कदम कस्तो होला भन्ने जिज्ञासा नेपाली राजनीतिमा छ । अदालती प्रकृयामा धाइरहनु नपरेको भएपनि केहि समयदेखि मौन रहेका लामिछाने पार्टी राजनीतिमा फर्कदै गर्दा गणतन्त्रवादी र राजावादी कित्तामा वाडिएको नेपाली राजनीतिमा उनको भूमिका कस्तो हुन्छ चासोका साथ हेरिएको छ । सक्रिय भएसंगै मतदाता फकाउने रणनीतिमा देखिएका लामिछानेले कस्तो कदम चाल्छन त्यो समयले नै देखाउने छ ।













