• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    आरनको भरमा लुहार दम्पतीको जीविका

    मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    आरनको भरमा लुहार दम्पतीको जीविका

    मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

संसद् कर्मचारीको गुण–दोषको टिप्पणी गर्ने स्थल होइनः प्रधानमन्त्री ओली

by
१८ चैत्र २०८१,
0
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १८ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयबारे प्रतिपक्ष दलहरुले गरिरहेको विरोधका कारण संसद्का महत्वपूर्ण काम अवरुद्ध भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय रहेको तथा संसद्मा महत्वपूर्ण कानुनहरु पारित गर्नैैैपर्ने अवस्थामा कुनै एक कर्मचारीको विषयलाई मात्र लिएर संसद् अवरुद्ध गर्न नहुने स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदनमा छुट्टाछुट्टै सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कर्मचारीलाई हटाउने वा राख्ने विषय उसको गुण र दोषका आधारमा निर्धारण हुने र त्यसको अधिकार विभागीय मन्त्रीलाई हुने स्पष्ट पार्नुभयो ।

“केही दिनयता संसद् अवरुद्ध छ । सुशासनमा कमी–कमजोरी भएका विषयमा प्रश्न उठ्नु स्वाभाविक छ । सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन हो”, उहाँले भन्नुभयो, “तर अहिले विषय सामान्य छ, एकजना कर्मचारीको विषयमा प्रश्न उठेको छ । सदन अवरुद्ध छ, यसबाट महत्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ ।”

राष्ट्रसेवक कर्मचारीहरुको गुण र दोष टिप्पणी गर्ने स्थल संसद् नरहेको उहाँले उल्लेख गर्नुभयो । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि सदनले निर्धारण गरेको र उक्त विधिअनुसार नै सरकारले काम गर्ने उहाँले बताउनुभयो ।

कुनै कर्मचारीबाट विभागीय मन्त्रीले सहयोग पाएन भने काम गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसबाट मन्त्रीको नियत सही हो वा गलत हो भन्ने परीक्षण हुनेसमेत स्पष्ट पार्नुभयो । तर कर्मचारीबाट असहयोग हुँदा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत–चेतावनी दिने वा पदमुक्त गर्नेसम्मका कार्य स्वभाविक एवं कानुनसम्मत रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“अहिलेको सरकारले मात्रै हैन, जहिलेको सरकारले पनि गर्छ । अहिले पनि भएको छ, जहिले पनि भएको छ,” उहाँले सदनमा भन्नुभयो, “चित्त नबुभ्mने पक्षले कानुनी उपचारको हक राख्छ, त्यो पनि हुने गरेको छ, भइरहेको छ । अहिले यो विषय सम्मानित अदालतमा विचाराधीन छ । यसमा थप चर्चा परिचर्चा गर्न विधिसम्मत हुँदैन ।”

कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विषयमा प्रतिपक्षले सदन अवरोध गर्न नहुने उहाँको भनाइ छ । “यो विषयमा मलाई लाग्छ थप बहस नगरौँ, अहिलेको परिस्थितिमा ससाना विषयहरुमा ठूलो बहस विवाद चलाउने समय होइन, अवस्था पनि छैन । अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरुको रक्षा, लोकतन्त्रको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय हो,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

विद्यमान शासन व्यवस्थाको रक्षाका लागि सिङ्गो सदन एक हुनुपर्ने आवश्यकता रहेकामा उहाँले जोड दिनुभयो । “व्यवस्थाका विरुद्ध, प्रणालीका विरुद्ध, लोकतन्त्रका विरुद्ध, संविधानका विरुद्ध लर्कारेर त्यसलाई नै अस्वीकार गर्ने र त्यसका निम्ति विभिन्न प्रकारका असंवैधानिक, गैरकानुनी र समाजलाई नोक्सान पुुग्ने गम्भीर आपराधिक क्रियाकलाप गर्नेसम्मका क्रियाकलापहरु भइराखेका छन् । यस्तो बेलामा सिङ्गै समाज गम्भीर हुनुुपर्दछ,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

संसद् संविधान र लोकतन्त्रको विरोध गर्ने थलो नरहेको ओलीले बताउनुभयो । “जसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना र राजतन्त्रलाई बिदा गरेको हो, त्यही गरिमामय संसद्मा आएर फेरि राजतन्त्र ब्युँताउँछु भन्ने र लोकतन्त्रको विरोध गर्ने कुरा संविधानसम्मत हुँदैन,” ओलीले भन्नुभयो ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको सम्बोधनपछि सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीले कसैलाई होच्याउने शब्द बोलेको भन्दै रेकर्डबाट हटाउनुपर्ने माग गर्नुभएको थियो ।

त्यसपछि सांसद महेश बर्तौलाले संसद्मा लगातार व्यवस्था र संविधानविरुद्धमा विभिन्न गतिविधि भइरहेको उल्लेख गर्र्दै प्रधानमन्त्रीको सम्बोधनका क्रममा विरोध जनाइएकामा आपत्ति जनाउनुभयो ।

यसैबीच, प्रधानमन्त्रीको सम्बोधनपछि राष्ट्रियसभाको बैठक नियमित र निर्धारित कार्यसूचीमा प्रवेश गरेको छ ।

Previous Post

सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन

Next Post

नेपाललाई क्षेत्रीय आइटी हब बनाउन सकिन्छः मन्त्री गुरुङ

सम्बन्धित खबर

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
आवाज

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

२८ फाल्गुन २०८२,
आवाज

आरनको भरमा लुहार दम्पतीको जीविका

२८ फाल्गुन २०८२,
आर्थिक

मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
फिचर-ब्यानर

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

२८ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२८ फाल्गुन २०८२,
विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय
समाचार

विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

२८ फाल्गुन २०८२,
Load More
Next Post
पुर्वराजाले आफ्नो हैसियत बिर्से- सञ्चारमन्त्री गुरुङ

नेपाललाई क्षेत्रीय आइटी हब बनाउन सकिन्छः मन्त्री गुरुङ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In