• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लोकतन्त्र आएपछि केही पनि भएन भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ : गृहमन्त्री लेखक

by
१३ चैत्र २०८१,
0
राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर, १३ चैत : गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्तिपछि सरकारले देशमा धेरै कामहरु गरेको भए पनि केही पनि गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

भक्तपुरको दूधपाटीस्थित जुद्ध बारुणयन्त्र कार्यालय भवनको उद्घाटन गर्दै गृहमन्त्री लेखकले लोकतन्त्र प्राप्तपछि सरकारले केही गर्न सकेन, देशमा केही भएन भन्ने गरी भाष्य निर्माण गर्नु गलत भएको बताउनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, “तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरेर प्रजातन्त्र समाप्त पारेको दिन जनताले बिर्सनुभएको छैन भन्ने मलाई विश्वास छ । प्रजातन्त्र समाप्त पारेर राज्य सत्ता एकलौटी हातमा लिएपछि सबभन्दा पहिला नेपाली सेना र प्रहरीले सञ्चारमाध्यममा छापा मारेर समाचारमा रोक लगाएको, प्रकाशित पत्रिकाहरु बन्द गराउनेदेखि जफत गरेर लगेको, पत्रकारलाई धम्क्याएको, जनताको आवाज बन्द गराएको सिङ्गो प्रेस जगत् र जनताले बिर्सेका छैनन्, त्यसैले यो व्यवस्था चाहिँदैन भनेर नेपाली जनताले भन्न सक्नुहुन्न ।”

गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन भन्दै उहाँले भन्नुभयो, “केही हुँदै नभएको, केही गर्दै नगरेको भन्ने होइन, धरै काम भएका छन् । तर जनताले सोचेजस्तो छिटो काम नभएको पक्कै हो । मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन्, त्यसलाई हल गर्दै अगाडि जाने व्यवस्था लोकतन्त्र मात्रै हो ।”

विभिन्न चुनौती र समस्याका बाबजुत धेरै काम भएका उल्लेख गर्दै गृहमन्त्री लेखकले एकतन्त्रीय व्यवस्थाले जनताको आवाज, सञ्चारको आवाज कुल्चिन्छ तथा लोकतन्त्रले जनता र सञ्चारको आवाजलाई सुनेर समृद्धिको यात्रामा अगाडि बढ्ने बताउनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, “जनताको स्वतन्त्रता, भावना, आवाज बन्द गर्ने निरङ्कुशताको शासन हामीले व्यहोरी सकेका छौँ, जनताले बलिदानी दिएर ल्याएको लोकतन्त्रलाई बिर्सिएर फेरि त्यही व्यवस्था चाहियो भनेर जनताले भन्छन् भनेर विश्वास गर्न सकिन्न, यो त केही तत्वहरुले भ्रम फैलाइरहेका मात्रै हुन्, यो भ्रम पनि केही दिनमै सकिन्छ ।”

भ्रमको खेतीले जनता अब खोला, खोल्सीमा अल्झिन्छन् भन्ने आफूलाई नलागेको उल्लेख गर्दै उहाँले लोकतन्त्र भएमात्रै स्वच्छ पत्रकारिता, स्वतन्त्रता, सञ्चार जगत्, जनताको आवाज रहन्छ भन्ने सञ्चार जगत्ले पनि बुझेको बताउनुभयो । जुनसुकै विपत्तिमा पनि प्रतिकार्यका लागि २४सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिँदै उहाँले जुद्ध बारुणयन्त्र गृहमन्त्रालयअन्तर्गत नै रहेकाले मन्त्रालयले जग्गा सम्झौताको म्याद थप गर्न मात्रै नभई नाममै जग्गा ल्याउन लागिपरेको बताउनुभयो । एकैछिनको ढिलासुस्ती र हेलचेक्य्राइँले जनधनको क्षति हुनदिन हुँदैन भन्दै गृहमन्त्री लेखकले दमकल थप गर्न स्थानीय तहहरुले पनि सहयोग गर्नुपर्ने औँल्याउनुभयो ।

सेनाको नाममा स्थापनाकालदेखि दमकल रहेको जग्गा पछि नेपाली सेनाको नाममा गएको र नयाँ भवन निर्माणका क्रममा सेनासँग ३० वर्षका लागि भाडामा लिएको विषयमा चिन्ता नगर्न आग्रह गर्दै गृहमन्त्री लेखकले गृहमन्त्रालयको दमकल र नेपाली सेनाको नाममा रहेको जग्गा दुवै सरकारको भएकाले यसमा चिन्ता नगर्न आग्रह गर्नुभयो ।

पुराना दमकललाई भक्तपुरमै सङ्ग्रहालयका रुपमा विकास गर्ने प्रस्ताव राम्रो भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “करी सङ्ग्रहालय बनाउने हो, त्यो सबै अवधारणा अगाडि बढाउनुस्, योजना ल्याउनुस्, हामीसँग भएका पुराना दमकल राखेर सङ्ग्रहालय बनाउन सकिन्छ, मन्त्रालयले आवश्यक सहयोग गर्छ ।”

कार्यक्रममा गृहमन्त्री लेखकले रासस भक्तपुरका समाचारदाता रमेश गिरीलाई सम्मानपत्रका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभयो । उहाँले पत्रकारहरु पेशल आचार्य, पुष्करराज बुढाथोकी र लीला श्रेष्ठ, सहयोगी विभिन्न संस्था, पूर्वकर्मचारी र उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गर्नुभयो ।

गृहमन्त्रालयका सचिव गोकर्णमणि सुवेदीले देशमा हुने आगलागीका घटनामा ९४ प्रतिशत मानवीय कारण र चार प्रतिशत मात्रै भवितव्य हुने गरेको जानकारी दिँदै जस्तोसुकै अवस्थामा पनि खटिने गरी दमकल तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो । कार्यक्रममा कार्यालय प्रमुख विजयप्रसाद धौभडेलले २००१ सालमा स्थापना स्थापनादेखि आजको अवस्थासम्म आइपुग्दा भाग्नुपरेको कठिनाइ, अवसर, चुनौती र कर्मचारीको वृत्तिविकासका आवश्यकताका बारेमा जानकारी दिँदै भवन निर्माणले नयाँ आशा जगाएको बताउनुभयो ।

कार्यक्रममा सङ्घीय सांसद एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दूर्लभ थापा, तत्कालीन जिल्ला विकास समितिका प्रमुख नवराज गेलाल, अग्नि नियन्त्रक प्रशिक्षक अरुण आचार्य, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलगायतले भक्तपुरको दमकललाई प्रविधिमैत्री, सुविधा सम्पन्न बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । सघन सहरी तथा भवन निर्माण आयोजना प्रमुख रमेश थपलियाले नेपाल सरकारको कूल रु पाँच करोड ७६ लाख ९८ हजारको लागतमा भवन निर्माण सम्पन्न भएको बताउनुभयो ।

Previous Post

उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

Next Post

देशका अधिकांश भागमा आज मौसम सफा रहने

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
विश्वका १९ वटा हिमनदी क्षेत्रमा उल्लेख्य क्षति, नष्ट भयाे ४५० अर्ब टन ग्लेसियर

देशका अधिकांश भागमा आज मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In