एकजना महिला चेक लिएर बैंकमा पहिलो चोटी पैसा निकाल्न गईन् । उनलाई बैंकका कर्मचारीले चेकको पछाडि साईन गर्न लगायो । ती महिलालाई थाहा भएन कि के गर्ने भनेर । उनलाई बैंकका एक क्लर्कले सम्झाए । तपाईंको नाम लेख्नुस् जस्तो कि आफ्नो पतिलाई लेख्दा लेखेजस्तै । यो सुनेर ती महिलाले तुरुन्त लेख्न थालिन् कि तपाईंको चरणकि दासी ।
चिन्ता नगर
मदनः हाय मेरी सुइट हार्ट, एकपटक फर्केर हेर न डार्लिङ । म तिम्रो दर्शनको लागि कति छट्पटिएको थिएँ ।
युवतीः थुइक्क पाजी ! तेरो घरमा पनि आमा, दिदी, बहिनी होलान् नि ?
मदनः नो प्रब्लम डार्लिङ, उनीहरुको चिन्ता नगर । म तिमीलाई छुट्टै कोठा खोजेर राखौँला ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













