सल्यान, चैत्र: हिमालयन बैंक लिमिटेड कुमख शाखाले ग्लोबल मनी वीक २०२५ को अवसरमा श्री नारायण मावि नेटा कुमख सल्यानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कसैको नक्कल गर्नु अघि सोच्नुहोस्। सुरक्षित आर्थिक भविष्य रोज्नुहोस् भन्ने मूल नारासहित आयोजित यो कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका मुख्य अंशहरू
– आधारभूत बैंकिङ ज्ञान बैंकले प्रदान गर्ने सेवा तथा सुविधाहरूको जानकारी।
– वित्तीय साक्षरताको महत्व वित्तीय व्यवस्थापन तथा व्यक्तिगत वा पारिवारिक बजेट निर्माणको आवश्यकता।
– बचतको महत्व बचत गर्ने बानी विकासको महत्व।
– ऋण योजनाहरू बैंकका विभिन्न ऋण योजनाहरू सहुलियतपूर्ण ऋणसहित तथा त्यसमा प्रदान गरिने अनुदान।
– रेमिट्यान्स प्रक्रियास् वैध रेमिट्यान्स प्रक्रियाको जानकारी र हुन्डी जस्ता अवैध माध्यमको नकारात्मक प्रभाव।
– नोट व्यवस्थापनस् सफा नोट नीति तथा नगद सुरक्षित रूपमा ह्यान्डल गर्ने विधिहरू।
बैंकले यो कार्यक्रमले सहभागीहरूलाई बैंकिङ प्रक्रिया बुझ्न मद्दत पुग्ने र उनीहरूको व्यक्तिगत तथा व्यावसायिक जीवनमा सही वित्तीय निर्णय लिन सहयोग पुग्ने विश्वास लिएको छ।
हिमालयन बैंक लिमिटेडले मार्च १७ देखि मार्च २३ सम्म मनाइने ग्लोबल मनी वीक २०२५ू अन्तर्गत देशका विभिन्न स्थानमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गर्ने भएको छ।












