• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे

by
८ चैत्र २०८१,
0
लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी, ८ चैत : संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेयले लुम्बिनी बौद्धमार्गीको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताउनुभएको छ ।

दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तरर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले लुम्बिनी बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र मात्रै नभइ विश्वभरका शान्तिप्रिय नागरिकको पवित्रस्थल भएकाले शान्ति पर्यटनको केन्द्र भएको बताउनुभयो । विश्वव्यापी रुपमा लुम्बिनीबाट शान्ति, एकता, सद्भाव र मानवताको सन्देश दिन सकिने उहाँले बताउनुभयो ।

विश्वसम्पदा सूचीमा रहेको लुम्बिनीको संरक्षणका लागि मन्त्रालयले काम गरिरहेको मन्त्री पाण्डेले बताउनुभयो । नेपालले संस्कृती, आध्यात्मिक र साहसी पर्यटनबाट लाभ लिनसक्ने उल्लेख गर्दै उहाँले यसको प्रमुख गन्तव्य लुम्बिनी हुने बताउनुभयो । उहाँले हालै पर्यटन प्रवद्र्धन, संस्कृती आदानप्रदान र हवाई सेवा विस्तारका लागि थाइल्याण्ड, कम्बोडिया लगायतका देशसँग सहकार्य गर्न सम्झौता भएकाले त्यसको कार्यान्वयनमा लाग्न आग्रह गर्नुभयो । लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले बुद्धजन्मस्थल लुम्बिनीसँग जोडिएका तिलौराकोट, देवदह र रामग्रामलाई विश्व शान्ति सहर बनाउनुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी बुद्वको ध्यानका लागि विश्वकै उत्कृष्टस्थल रहेको बताउनुभयो । उहाँले बुद्ध धर्मको उत्पत्ति र शान्तिको सन्देश दिने स्थल लुम्बिनी रहेकाले महोत्सवले त्यसको प्रवद्र्वनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले लुम्बिनीमा भएको शान्ति महोत्सवले पर्यटन प्रवद्र्वनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले लुम्बिनी विश्वभरका बौद्वमार्गीसँगै विश्वभरका शान्तिप्रियको पनि पवित्रस्थल रहेकाले यहाँ गरिएको शान्ति महोत्सव, ध्यान, सांस्कृतिक कार्यक्रमले विश्वभर सकरात्मक सन्देश जाने बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चीनले नेपालसँगको सम्बन्धलाई दिगो बनाउन पवित्रस्थल लुम्बिनीमा दोस्रो पटक लुम्बिनी अन्तरराष्ट्रिय शान्ति सम्मेलन आयोजना गरेको बताउनुभयो । उहाँले महोत्सवबाट नेपाल, चीन र अन्य राष्ट्रबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको सम्बन्ध आदानप्रदान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो

सम्मेलन उद्घाटनका अवसरमा मायादेवी मन्दिर उद्यानमा एक सय भिक्षु र चार सय साधकको सहभागितामा ध्यान गराइएको थियो । शनिबार ‘खेलकुद र विकासका लागि अन्तरर्राष्ट्रिय शान्ति दिवस’को अवसरमा तेस्रो लुम्बिनी अन्तरराष्ट्रिय शान्ति म्याराथन कार्यक्रम राखिएको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । चिनियाँ दूतावाससँगको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित विभिन्न निकायको आयोजनामा बिहीबारदेखि उक्त महोत्सव सुरु भएको हो ।

Previous Post

राष्ट्रियसभामा तीन विधेयक टेबुल

Next Post

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In