“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले श्री त्रिभुवन हनुमान माध्यामिक विद्यालय बिरगंज, पर्सामा कक्षा आठमाअध्यनरत छात्र श्री जीवन राजवंशीलाई हिरागिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ ।विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापकअध्यक्ष स्व. श्री हिरागिरीको स्मृतिमा स्थापित हिरागिरी जेहेन्दार छात्रवृत्ती बैंकका सञ्चालक समितिका सदस्यश्री सञ्जय गिरीले विद्यार्थीका अभिभावक भावरलाल पारिक लाई हस्तान्तरण गनुभएको हो ।
अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा सहयोग पु¥याउने उद्देश्यले रु.पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका सदस्यश्री सञ्जय गिरीले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षाअपरिहार्य रहेकोकुरा व्यक्त गर्नुभयो ।विद्यालय व्यावस्थापनकाअध्यक्षश्री गोपाल केडियाले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पु¥याउने कुरा जानकारी गराउदै बैंकले गरेको सहयोग प्रती कृतज्ञताजाहेर गर्नुभयो ।
आगामी दिनहरुमा पनी संस्थागत सामाजिकउत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखिनै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्गआवश्यकता, चाहना तथाअपेक्षालाई मध्यनजरअझै थप गुणस्तरिय वित्तीय सेवा प्रदानगर्ने प्रतिवद्घता जनाएको छ ।













