• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अलैँची किसानका समस्या पहिचान गर्न बगानमा विज्ञ समूह

by
७ चैत्र २०८१,
0
अलैँची किसानका समस्या पहिचान गर्न बगानमा विज्ञ समूह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर, ७ चैतः जिल्लाका अलैँची किसानका समस्या विज्ञ समूह अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा पुगेको हो ।

कोशी प्रदेश सरकार र नेपाल व्यवसायी अलैँची महासङ्घको पहलमा अलैँची किसानको समस्या खोजी भइरहेको अलैँची व्यवसायी महासङ्घका महासचिव नारायणप्रसाद चिमोरियाले बताउनुभयो । किसानको अलैँची बगानमा पुगेर समस्यासँगै गुणस्तरीय उत्पादन, बजारीकरणलगायत विषयमा जानकारी लिइएको उहाँले उल्लेख गर्नुभयो ।

अलैँची किसानका समस्याको खोजी, पहिचानसँगै गुणस्तरीय उत्पादनको विषयमा ज्ञान प्रदान गर्न प्रदेश सरकारसँगको सहकार्यमा किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको महासचिव चिमोरियाले जानकारी दिनुभयो । यो कार्यक्रमअन्तर्गत अलैँचीका विज्ञ प्राविधिकसहित सरोकार भएका पक्ष र किसानसँग बसेर अलैँचीमा देखिएका समस्या, त्यसको समाधान र गुणस्तरीय उत्पादनका विषयमा जानकारी दिने काम भइरहेको उहाँले बताउनुभयो ।

महासचिव चिमोरियाले भन्नुभयो, “विज्ञ समूहसहित किसानको अलैँची बगानमा पुरेर समस्या पहिचान गरी समाधानका उपाय दिँदै आएका छौँ । योसँगै बजारीकरण र गुणस्तरीय उत्पादनका विषयमा किसानलाई आवश्यक प्राविधिक ज्ञान प्रदान गरिरहेका छौँ ।” व्यावसायिक अलैँचीखेतीमा लागेका किसानको समस्या खोजी गर्न भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीमा कार्यक्रम सञ्चालन गरिएको उहाँले उल्लेख गर्नुभयो ।

यहाँका किसानको बगानमा पुगेर प्रयोगात्मक रूपमा अलैँचीमा देखिएका रोग र सङ्क्रमण पत्ता लगाउने, समस्या पहिचानसहित समाधानका विकल्पलगायत विषयमा प्रत्यक्ष साक्षत्कार गरिएको नेपाल अलैँची व्यावसायिक महासङ्घका अध्यक्ष निर्मल भण्डारीले जानकारी दिनुभयो ।

पछिल्लो समय अलैँचीमा विभिन्न रोग लागेर उत्पादनमा ह्रास आएकाले बगानमा पुगेर किसानलाई आवश्यक प्राविधिक ज्ञान प्रदान गर्न कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । यो कार्यक्रमअन्तर्गत अलैँची बढी उत्पादन हुने कोशी प्रदेशका नौ जिल्लाका किसानका बगानमा पुग्ने अभियान रहेको उहाँले जानकारी दिनुभयो ।

“पछिल्लो समय अलैँचीमा विभिन्न समस्या देखिरहेका छन्”, अध्यक्ष भण्डारीले भन्नुभयो, “जसका कारण धेरै किसानका बगान नष्ट भएका छन् । किसानलाई स्थलगत रूपमा आवश्यक ज्ञान प्रदान गर्न हामीले कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”

स्थलगत अनुगमनका क्रममा किसानले विस्तार गरेका बगानमा विभिन्न रोगको सङ्क्रमण र उपचार विधिका विषयमा आवश्यक जानकारी प्रदान गरिएको अलैँची विकास केन्द्र इलामका प्राविधिक दिलबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बगान अनुगमनका क्रममा बोट सुक्ने, गानो कुहिनेलगायत रोग बढी मात्रामा देखिएको उहाँको भनाइ छ ।

“किसानको बगानलाई लक्षित गरी रोग र उपचारको पद्दतिका बारेमा ज्ञान दिएका छौँ”, उहाँले भन्नुभयो, “किसानमा रोगको सङ्क्रमण, उपचार विधि, सङ्क्रमण रोकथामलगायत विषयमा जानकारी नुहँदा पनि समस्या भएको पाएपछि उत्पादन बढाउन र किसानलाई प्रोत्साहन गर्न प्राविधिक ज्ञानसहित आवश्यक जानकारी दिइरहेका छौँ ।”

अलैँचीमा देखिएका समस्या र समाधानका विषयमा जानकारी दिन र किसानलाई खेतीमा आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख मुकेशकुमार यादवले बताउनुभयो । “अलैँचीमा जीवाणु र ढुसीजन्य रोगको सङ्क्रमण बढी मात्रा देखिएको छ । समस्या समाधान किसान आफैँले गर्न सकुन् भनेर अभियान सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो ।

अलैँची व्यवसायी सङ्घ जिल्ला शाखाका अध्यक्ष राजेश विष्टले जिल्लाका किसानको आम्दानीको स्रोत बढाउन, उत्पादन वृद्धि गर्न अभियान सञ्चालन गरिएको बताउनुभयो । “यहाँका धेरै किसानले अलैँचीको व्यावसायिक खेती गरिरहेका छन्”, उहाँले भन्नुभयो, “आवश्यक प्राविधिक ज्ञान नहुँदा किसानले विभिन्न समस्या भोग्दै आएकाले समाधानका उपायसहित प्राविधिक र बजारीकरणमा समन्वय गर्न कार्यक्रम गरिरहेका छौँ ।”

गाउँपालिकाका किसानको आम्दानीको प्रमुख स्रोतका रूपमा अलैँची रहेकाले यसको विकास तथा विस्तारमा जोड दिइएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । किसानले गुणस्तरीय उत्पादनमा जोड दिन तथा व्यवसायलाई निरन्तरता दिन सकुन् भनेर नगरपालिकाले पहल गरिरहेको उहाँको भनाइ छ ।

विभिन्न रोगसँगै मूल्यमा स्थिरता नभएकाले समस्या हुने गरेको टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टले बताउनुभयो । राज्यको तहबाट बजारीकरणसँगै अलैँची किसानका लागि दक्ष प्राविधिक, उन्नत जातको बिरुवा वितरण र माटो परीक्षणमा सहयोग गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

Previous Post

स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबार पु-याएको छः प्रधानमन्त्री

Next Post

यस्तो छ आजको मौसम

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
कस्तो छ देशभरको मौसम ?

यस्तो छ आजको मौसम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In