पोखरा, २६ पुस । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ गते विश्वासको मत लिने भएका छन् । मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पंचराम गुरुङले जानकारी दिए ।
‘आज बिहान भएको छलफलबाट विश्वासको मत लिने भन्ने भएको छ । नेकपा एमालेका खगराज अधिकारीले नेकपा एमाले, माओवादी, राप्रपा र राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३३ जनाको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । ६० सिट संख्या रहेको गण्डकी प्रदेशमा बहुमत पु¥याउन ३१ सिट चाहिन्छ ।
अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दा एमालेका २२, माओवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २ र स्वतन्त्र एक जना गरी ३३ सांसदको समर्थन गरेका थिए ।













