काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ । कांग्रेस नेता खाँणको सुरक्षामा खटिएका ९ जनालाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले जानकारी दिए ।
गृह मन्त्रालयले पुस १२ मा ४८ घण्टाभित्र कार्यविधि मिचेर परिचालन गरिएको सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । गृहको निर्देशनपछि अहिलेसम्म १ सय ९० जना प्रहरी कर्मचारी फिर्ता आएको प्रहरी प्रवक्ता (डिआइजी) ले जानकारी दिए ।













