एक पटक रुसी लेखक लियो निकोलाइविच टालस्टायलाई उनका एक साथीले भने, मैले तिम्रोमा एक साथीलाई पठाएको थिएँ । ऊसँग प्रतिभाका धेरै प्रमाणपत्र थिए । तर तिमीले उसलाई रोजेनौ । मैले सुनेको छु, तिम्रो त्यो पदको लागि जुन व्यक्तिलाई रोजेका छौ, ऊसँग यस्तो प्रमाणपत्र थिएन । उसमा कुन यस्तो गुण थियो जसको लागि तिमीले मेरो कुराको उपेक्षा ग¥यौ ?
लियो टालस्टायले भने— ‘साथी जसलाई मैले रोजेको छु, ऊसँग अमूल्य प्रमाणपत्र छन् । उसले मेरो कोठामा आउनु अगाडि अनुमति मागेको थियो । भित्र छिर्नु अगाडि खुट्टा ढोकामा राख्यो ताकि बन्द हुँदा अचानक ठूलो आवाज नआओस् । उसका लुगा साधारण थिए तर सफा सुग्घर थिए । उसले बस्नु अगाडि कुर्सी सफा ग¥यो । उसमा आत्मविश्वास थियो । उसले मेरा सबै प्रश्नको ठीक र सन्तुलित जवाफ दिइरहेको थियो । मेरो प्रश्न समाप्त भएपछि ऊ अनुमति लिएर चुपचाप उठ्यो चुपचाप गयो ।
उसले कुनै प्रकारको चाप्लुसी या आफूलाई छान्नको लागि सिफारिसको कोसिस गरेन । यिनै गुण र उसको व्यक्तित्वबाट म प्रभावित भएँ । यी यस्ता प्रमाणपत्र थिए जुन धेरै कम मानिससँग हुन्छन् । व्यक्तिमा व्यावहारिक ज्ञान र अनुभव हुनुपर्छ । यस्तो गुण सम्पन्न मानिससँग यदि लिखित प्रमाणपत्र न भएपनि कुनै कुरा छैन । तपाईं नै भन्नुस्, मैले उसको छनौट गरेर ठीक गरेँ या गरिनँ ?
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













