• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लागु औषध समस्या रोकथाम जटिल बन्दै

by
२४ फाल्गुन २०८१,
0
लागु औषध समस्या रोकथाम जटिल बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम।तपाइँ आफ्ना छोराछोरीले दैनिक गर्ने आनिबानी एवं गतिविधिका बारेमा सचेतता अपनाइरहनु भएको छ, छैन ?

छोराछोरीले गर्ने व्यवहार एवं आनिबानीका बारेमा सचेतता अपनाउनु भएको छैन भने उनीहरूमध्ये धेरै कुलतमा फसिरहेका हुनसक्छन् । पढ्न जाने वा घर बाहिरको कामगर्न जाने बहानामा कुलतमा फसेका साथीभाईको सङ्गतमा लागेर धेरै युवा एवं वयस्क व्यक्ति लागु औषधको कुलतमा फसिरहेका घटना बढ्दै गएका छन् । यीमध्ये कतिपय युवती पनि यस्तो कुलतमा फस्ने गरेको पाइएको छ ।

दिनैपिच्छे कैलालीसहितका जिल्लामा प्रहरी टोलीले लागु औषधसहित विभिन्न व्यक्ति धमाधम पक्राउ पर्न थालेका पनि छन्।

लागु औषधको सेवन र ओसारपसारमा फस्नेमध्ये अधिकांश युवा फेलापर्ने गरेको प्रहरीको तथ्याङ्क छ । यसको सेवन तथा ओसारपसारका घटना डरलाग्दो रूपमा फैलिँदै गएको देखिए पनि यो समस्याका बारेमा समाजमा खास चासो र चिन्ता व्यक्त गरिएको देखिँदैन । यसका कारण लागु औषधको समस्या न्यूनीकरण हुनुको साटो बढ्दै गएको घटनाक्रमले देखाएको छ ।

युवाहरू लागु औषध दुर्व्यसनको सिकार भइरहँदा पनि सम्बन्धित अभिभावक भने बेखवरजस्तै देखिँदा यो समस्या रोकथाम जटिल बन्दै गएको प्रहरीको अनुभव छ ।

यो समस्याको समाधानका लागि प्रहरीले प्रयास गरिरहेपनि न्यूनीकरण हुन सकिरहेको छैन । कैलाली जिल्लामा एकैदिन १२ जनासम्म लागु औषधसहित पक्राउ परेको तथ्याङ्क छ ।

पक्राउ पर्नेहरूबाट खैरो हिरोइन, नाइट्राभेट, नाइट्रजपाम, चरेश, स्पास्मो, ब्राउन सुगर, कोडेक्स, ट्रमाडोलजस्ता लागु औषध बरामद हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्का अर्काको देखिसेकी, घरपरिवारको बिग्रेको माहोल, छोराछोरीप्रति अभिभावकले गर्नुपर्ने निगरानीमा कमीकमजोरी, सामाजिक सञ्जालको दुरूपयोग, गलत साथीसङ्गत, लागु औषध सेवनको उत्सुक्ता जग्नुजस्ता कारणले धेरै युवाहरू कुलतमा फस्दै गएको बताउँछन् ।

उनले भने, “भारतसँगको खुला सीमाका कारण पनि लागु औषधको ओसारपसार र सेवनको समस्या बढ्दै गएको छ, समाजमा हुने चोरी, डकैति, लुटपाटजस्ता अपराधिक घटनामा कुनै न कुनैरूपमा लागु औषधमा फसेकाको हात हुने गरेको देखिन्छ ।”

समाजमा बेलाबखत हुने गरेका अपराधिक घटनामा लागु औषध सेवनकर्ताको कुनै न कुनै रूपले संलग्नता देखिँदा सुरक्षा चुनौती पनि थपिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा थुनुवामा पर्नेमध्ये ७० प्रतिशत लागु औषधको मुद्दाका हुने गरेको जनाइएको छ ।

लागु औषधको कारोवारी र सेवनकर्तालाई पक्राउ गर्न प्रहरीले बेलबखत ‘कर्डन एण्ड स्विप अप्रेशन’ (घेर्ने र बढार्ने) अभियान चलाउने गरेको पनि छ ।

प्रहरीले लागु औषधको सेवन, ओसारपसार रोकथामका लागि यो भित्रिन सक्ने सम्भावित ठाउँको निगरानी गरेर यसको जालो तोड्ने प्रयासमा गरिरहेको छ ।

“बढी सङ्ख्यामा २० देखि ३० वर्ष उमेर समूहका युवा यस्तो कुलतमा फस्ने गरेको पाइएको छ” जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खड्काले थपे “अभिभावकले आ–आफ्ना छोराछोरीको आनिवानीका बारेमा सचेतता आपनाउन निकै जरूरी भइसक्यो ।”

नेपाल–भारतबीचको खुला सीमानाको फाइदा उठाउँदै यसको ओसारपसार गर्न सहज भइरहेको बताइन्छ । सीमापारी भारतीय बजारमा त्यहांँका व्यापारीले निर्वाध रूपमा लागु औषध बेचबिखन गर्ने गरेको कारण यसको उपलब्धता सहज भइरहेको बताइन्छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले लागु औषधका मुद्दा दर्ता हुने सङ्ख्या बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष२०७८/७९मा लागु औषधका दुईसय एक मुद्दा दर्ता भएकोमा आव २०७९/८०सम्म आइपुग्दा यो सङ्ख्या बढेर तीनसय ४७ पुगेका थिए । यस्तै आव२०८०/८१मा तीनसय १५ मुद्दा दर्ता भएकोमा चालु वर्ष२०८१/८२को माघसम्म दुई सय ६९ मुद्दा पुगेका छन् । चालु वर्षको माघसम्म दर्ता भएका लागु औषधका मुद्दामा तीनसय ६५ पुरूष र२२ महिला पक्राउ परेको जनाइएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा चारसय ४७ जना पक्राउ परेका थिए ।

लागु औषधको ओसारपसार र सेवनक्र्ता बढ्न थालेपछि यसको रोकथाम एवं न्यूनीकरणका लागि बेलाबखत प्रहरीले विद्यालयमा अध्ययरत छात्र छात्राका लागि छुट्टै कक्षा सञ्चालन गरेर चेतना अभिवृद्धि गराउने गरेको छ ।

लागु औषधको सेवनबाट अधिकांस किशोर किशोरी प्रभावित हुन थालेपछि उनीहरूलाई लक्षित गरी चेतनामूलक कार्यक्रम थालिएको प्रहरीको भनाइ छ ।

यसका लागि प्रहरीले विद्यालय सञ्चालकसँगको समन्वयमा विद्यार्थीको छुट्टै कक्षामार्फत् यस्तो चेतना अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिने गरेको छ ।

Previous Post

गौतमबुद्ध विमानस्थल : चार अन्तर्राष्ट्रिय एयरलाइन्सको नियमित उडान

Next Post

जङ्गल र गोठ गरेर दैनिकी चलाउँदै ८० वर्षीय लिलबहादुर

सम्बन्धित खबर

इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य फेरि बढ्यो

१५ चैत्र २०८२,
कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन
जीवन शैली

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

१५ चैत्र २०८२,
आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
अन्तर्राष्ट्रिय

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

१५ चैत्र २०८२,
Load More
Next Post
जङ्गल र गोठ गरेर दैनिकी चलाउँदै ८० वर्षीय लिलबहादुर

जङ्गल र गोठ गरेर दैनिकी चलाउँदै ८० वर्षीय लिलबहादुर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In