• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्ववियु निर्वाचन : ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी समूहद्वारा दर्ता

by
२० फाल्गुन २०८१,
0
स्ववियु निर्वाचन : ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी समूहद्वारा दर्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज (पर्सा) । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आसन्न निर्वाचनका लागि वीरगञ्जको चर्चित ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी संघ, संगठन र समूहले दर्ता गरेका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा २०६५ सालयता स्ववियु निर्वाचन हुन सकेको छैन । जसकारणले यस वर्ष यहाँ हुने स्ववियु निर्वाचनमा विद्यार्थीको उत्साहजनक उपस्थिति हुने छनक देखिएको छ । स्ववियु निर्वाचन अधिकृत दिलीप सिंहले निर्धारित समयभित्र ३४ विद्यार्थी संघ, संगठन र समूहले दर्ता गरेको जानकारी दिए । “स्ववियु निर्वाचनका लागि संघ, सङ्गठन र समूह दर्तामा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ, नेपालका अधिकांश विद्यार्थी संगठनको साथसाथै विद्यार्थीहरूका विभिन्न समूहले पनि दर्ता गराउनुभएको छ”, उनले भने ।

नेपाल विद्यार्थी संघ पर्साका पूर्वअध्यक्ष दिलीपराज कार्कीले ठाकुरराममा स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको नेतृत्व विकासमा असर पार्दै आइरहेको बताए । “स्ववियु निर्वाचन लोकतान्त्रिक अभ्यासको एउटा अनुपम नमूना हो । त्यहाँबाट निर्वाचित नेतृत्वले विद्यार्थीको हकहित र समग्र क्याम्पसको विकासमा साझेदारी भएर काम गर्न सक्छन् । तर, दुर्भाग्य यहाँ निर्वाचन नहुँदा कयौँ विद्यार्थीको नेतृत्व गर्न चाहनेका लागि भने घाटा हुँदै आइरहेको छ”, उनले भने, “निर्वाचनमा जितहार सामान्य कुरा हो । लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचन हुनैपर्छ । त्यसमा सबै विद्यार्थी संघ, संगठनले निर्वाचन प्रक्रियालाई अघि बढाउन हातेमालो गरेर अघि बढ्न जरुरी भइसकेको छ ।”

त्यसैगरी, वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनमा पनि चार विद्यार्थी संगठनले दर्ता गरेका छन् । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिकाअनुसार सोमबार निर्वाचनका लागि संघ, संगठन र समूह दर्ता गर्ने कार्यक्रम थियो ।

वीरगञ्ज नर्सिङ क्याम्पसका सूचना अधिकारी सुरेन्द्र ओझाले वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनका लागि चार विद्यार्थी संगठनले दर्ता गरेको जानकारी दिए । “बिहान ११ बजेदेखि तीन बजेसम्म दर्ताको समय तोकिएको थियो”, उनले भने, “निर्धारित समयमा चार विद्यार्थी संगठनले दर्ता गराउनुभएको छ ।”

क्याम्पसका अनुसार अगामी चैत ५ गते हुने निर्वाचनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले स्ववियु निर्वाचनका लागि संघ, संगठन दर्ता गरेका छन् ।

दर्ता गर्न आएका विद्यार्थी सङ्गठन आफ्ना प्रतिनिधिसहित आएका थिए । त्रिविले सार्वजनिक गरेको स्ववियुको निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने तोकिएको छ । त्यस्तै फागुन २५ गते दिउँसो १ बजेसम्म मतदाता सूचीउपर दाबी विरोध गर्ने समय तोकेको छ भने सोही दिन बेलुका ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ । फागुन २६ गते बिहान ११ देखि २ बजेसम्मको अवधिमा उम्मेदवारको मनोनयपत्र वितरण गर्ने, फागुन २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने छ र चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ ।

Previous Post

ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा निस्कियो आगो

Next Post

बालेनको ओलीलाई अर्को आक्रमण- तपाईका भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ, सुशासन कायम गरेरै छोड्छु

सम्बन्धित खबर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
आवाज

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
Load More
Next Post
बालेनको ओलीलाई अर्को आक्रमण- तपाईका भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ, सुशासन कायम गरेरै छोड्छु

बालेनको ओलीलाई अर्को आक्रमण- तपाईका भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ, सुशासन कायम गरेरै छोड्छु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In