• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यातायातसम्बन्धी सबै समस्या समाधान गर्छौँः मुख्यमन्त्री लामा

by
१७ फाल्गुन २०८१,
0
यातायातसम्बन्धी सबै समस्या समाधान गर्छौँः मुख्यमन्त्री लामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा, १७ फागुनः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले यातायातसम्बन्धी सबैखाले समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।

नारायणी यातायात व्यवसायी सङ्घको ३६औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशन उद्घाटन समारोहलाई आज हेटौँडामा सम्बोधन गर्दै उहाँले यातायातसम्बन्धी नियम कानुन संशोधन गरी समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पार्नुभयो ।

राज्यले गर्नुपर्ने धेरै काम यातायात व्यवसायी आफैँले गरिरहेको बताउँदै सवारी जाँचपास र नवीकरणलाई प्रविधिमैत्री बनाउन छलफल अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो । विदेशमा भएको प्रणाली प्रदेशमा पनि कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिँदै दुर्घटना तथा बिमासम्बन्धी ऐनमा आवश्यक संशोधन गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभयो ।

बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रदेशको ३० प्रतिशत राजस्वमा यातायात क्षेत्रले योगदान गरिरहेको बताउनुभएको छ । उहाँले २२ लाख सवारी चालक अनुमतिपत्र नागरिक एपमा राखिएको जानकारी दिनुभयो । अनलाइनबाटै राजस्व तिर्ने, नवीकरण गर्ने र नामसारी गर्ने व्यवस्था मिलाउने तयारीमा प्रदेश सरकार लागिरहेको उहाँले बताउनुभयो ।

सङ्घका अध्यक्ष हीरालाल श्रेष्ठले सेवामूलक संस्था भएर पनि सङ्घले नेपाल सरकारलाई कर तिर्दै आइरहेको बताउनुभयो । अहिले पनि ठूलो रकम सरकारलाई कर तिनुपर्ने र आर्थिक अभावका कारण भरतपुरको रामनगरमा रहेको जग्गा बिक्री गरेर कर चुक्ता गर्ने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ । हेटौँडामा मुख्य कार्यालय रहेको नारायणी यातायात ब्यवसायी सङ्घले चितवनको रामनगरमा रहेको जग्गा बिक्री गरी कर तिर्ने तयारी गरिरहेको छ ।

विसं २०७५ फागुन १९ गतेको राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७५ अनुरुप नारायणी यातायात व्यवसायी सङ्घको रुपान्तरित कम्पनीको रूपमा स्थापना भएको पुरानो नारायणी यातायात कम्पनी प्रालि दर्ता गरेर सङ्घका नेतृत्वले व्यवसायीका दुर्घटना, बिमा दायित्वलगायत विषयमा काम गर्न थालेको थियो ।

साधारणसभामा संविधानसभा सदस्य अनन्त पौडेल, प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाटलगायतले शुभकामना दिनुभएको थियो ।

सङ्घले हेटौँडामा मुख्यालय रहेको मानव सेवा आश्रमलाई हरेक साधारणसभामा सहयोग गर्दै आएकामा यो वर्ष नगद रु ५१ हजार सहयोग गरेको छ । त्यस्तै पाँच जना चालकलाई जनही नगद रु १० हजारसहित सम्मान गरिएको छ । सम्मानित हुनेमा हेटौँडाका अर्जुन भुर्तेल, ध्रुवलाल श्रेष्ठ, काठमाडौँका सुरेश श्रेष्ठ, चितवनका भोला थापा र रौतहटका रामपुकार राय रहनुभएको छ । साधारणसभामा नेपाल मेडिसिटी अस्पताल काठमाडौँका विशेषज्ञ डाक्टरको टोलीले व्यवसायीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

Previous Post

सामाजिक विकास कार्यालय म्याग्दी तीन महिनादेखि प्रमुखविहीन

Next Post

‘राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एक हुनुपर्छ’

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
‘राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एक हुनुपर्छ’

‘राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एक हुनुपर्छ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In