पोखरा , २५ पुस । नवनियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पदभार समालेका छन् । उनीसहित ३ मन्त्रीले शपथ ग्रहण लगत्तै पदभार ग्रहण गरेका हुन् । मुख्मन्त्री अधिकारीले आज साँझ ५ बजे सपथ लिएका थिए ।
उनले सपथसँगै एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री पछि उनीहरुले पनि सपथ लिए । अधिकारीले आज दिउसो ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
६० सदस्यीय गण्डकी प्रदेश सभाका बहुमत सांसदको समर्थन पाएका अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज दिउँसो मुख्यमन्त्री नियुक्त गरेका थिए ।गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहणसँगै ५ निर्णय गरेका छन्














