• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गुन्यालफाँटाका दुई दर्जन बढी बादी परिवारका घरमा ताला

by
९ फाल्गुन २०८१,
0
गुन्यालफाँटाका दुई दर्जन बढी बादी परिवारका घरमा ताला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर।स्वदेशमै रोजगारी नपाइएपछि कृष्णपुर नगरपालिका– २ गुन्यालफाँटाका बादी परिवार घरको ढोकामा ताला झुण्ड्याएर भारततर्फ लागेका छन् । जीविकोपार्जनका लागि केही सीप नचलेपछि बालबच्चा बोकेर भारततर्फ लागेका हुन् ।

परम्परागत पेसा–व्यवसाय विस्थापनमा परेपछि वैकल्पिक रूपमा मजदुरी गर्दै आएका बादी परिवारले त्यो पनि नपाएपछि बाध्य भएर भारतमा दरवान र कुल्ली भएर काम गर्दै आएका छन् । बीस बढी परिवार कामको खोजीमा भारततर्फ लागेको बादी अगुवा पदम राना (बादी)ले बताए।

“परम्परागत पेसाका रूपमा माटोबाट हुक्का, सुल्पा, गाग्री, फूलदानी, गमला, धुपदानीलगायत सामग्रीसँगै मादल बनाउँदै आएका थियौँ”, उनले भने, “वन क्षेत्र संरक्षित गरिएपछि माटो ल्याउन पाइएन, माटाका सामानको तुलनामा प्लाष्टिकका सामानको प्रचलन बढी चल्न थालेपछि पेसा पलायन हुनुपरेको छ ।”

ठूलो रूपमा उत्पादन गरी बजारमा बिक्री गर्न पुँजी अभाव भएकाले परम्परागत पेसा पूरै ओझेलमा परेको उनले बताए।

बादी समुदायको परम्परागत पेसा जोगाउन सरकारी तवरबाट अनुदानलगायत कार्यक्रम सञ्चालन हुन नसकेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

“माटोबाट विभिन्न सामग्री उत्पादन गरी भारतीयहरूले मनग्य आम्दानी गर्दै आएका छन्”, दुरादेवी कुमालले भनिन्, “परम्परागत सीप भए पनि पुँजी छैन, माटोको कार्य गरे समाजमा नराम्रो तरिकाले हेर्ने गरिनाले पनि पुरानो पेसालाई तिलाञ्जली दिनुपरेको छ ।”

परम्परागत पेसा छाडेपछि विकल्पमा कृषि, यातायात र निर्माण क्षेत्रमा मजदुरी गरेर केही वर्ष साँझबिहानको छाक टार्दै आएका थिए । कोरोना महामारीपछि त्यो मजदुरी पनि खोसियो । त्यसपछि काम पाउन मुस्किल हुन थालेपछि परिवारसहित बस्तीका व्यक्ति भारततर्फ पलायन भएको उनले बताइन् ।

“बस्तीमा घरबासका लागि छ धुर जति जग्गा मात्र छ, त्यसमै बनेका खस्नै थालेका झोपडी छन्”, केशव कुमालले भने, “केही परिवारसहित भारततर्फ लागेका छन्, अरू परिवारका बुढापाका र महिलामात्र बस्तीमा छन्, युवा सबै भारतमै मजदुरी गर्छन्, त्यसबाटै परिवारको पेट पालिन्छ ।”

कुसुण्डा, राजी, राउटेलगायत जातिमा बच्चा जन्मेदेखि नै भत्ता दिने व्यवस्था सरकारले गरेजस्तै बादी समुदायलाई पनि भत्तामा समेट्नुपर्ने उनको भनाइ छ ।

सङ्घीय राजधानीमा पुगेर कैयौँपटक आन्दोलन गर्दा भएका सम्झौता अहिले पनि कार्यान्वयनमा नआउँदा आधारभूत सेवासुविधाबाट समेत वञ्चित रहनुपर्ने अवस्था छ । आवासको व्यवस्था नहुँदा एकै घरमा तीन–तीन परिवार पनि बस्दै आएका छन् । केही परिवार भारतमा गएका बेला अर्को परिवार भारतबाट फर्केर बस्ने गरेका छन् ।

Previous Post

नेपाल धितोपत्र बोर्डद्वारा वित्तीय कारबाहीसम्बन्धी नयाँ मार्गदर्शन जारी

Next Post

पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने

पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In