भारतको ओडिसास्थित किट कलेजले नेपाली छात्रा प्रकृति लम्सालकाे मृत्यु प्रकरणमा पाँच जना कर्मचारीलाई कारबाही गरेकाे छ।
दुई सुरक्षा गार्डहरूलाई निष्कासित गरिएको छ भने तीन कर्मचारीहरू निलम्बनमा परेका छन्।
गएको आइतबार भएको घटनाप्रति दुःख व्यक्त गर्दै किट कलेजका रजिस्ट्रारले कर्मचारीलाई निलम्बन गरेकाे जानकारी गराएकाे हाे।
सूचनाअनुसार प्रकृतिलाई दबाब दिने दुई सुरक्षा कर्मचारीहरू तत्कालै हटाइएकाे थियाे भने दुई जना होस्टल कर्मचारी र इन्टरनेसनल रिलेसन्स अफिस (आइआरओ) का एक वरिष्ठ प्रशासकीय अधिकृतलाई निलम्बन गरिएको हो ।













