• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    ‘पहाड’ मा नेपाली समाजको कथा

    ‘पहाड’ मा नेपाली समाजको कथा

    झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

    पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतमा नेपाली छात्रा मृत्यु प्रकरण: होस्टेल फर्किन नेपाली विद्यार्थीका ८ बुँदे सर्त

by
६ फाल्गुन २०८१,
0
भारतमा नेपाली छात्रा मृत्यु प्रकरण: होस्टेल फर्किन नेपाली विद्यार्थीका ८ बुँदे सर्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत बुटवल स्थायी घर भएकी छात्रा प्रकृति लम्सालको मृत्युपछि नेपाली विद्यार्थीहरूले भारतीय पक्षबाट असुरक्षित महसुस गरेका छन्।

घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यहार भोग्नु परेको उनीहरूले पुनः होस्टेल फर्किएर पढाइ जारी राख्नका लागि आठ बुँदे सर्तहरू अघि सारेका छन्।

सर्तहरू :

१. न्याय सुनिश्चित गर्नुपर्छ – घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिनुपर्छ।

२. प्रहरी अनुसन्धान गरिनुपर्छ – होस्टल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लंघन गरेकाले उनीहरूमाथि अनुसन्धान हुनुपर्छ।

३. पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही – अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा पीडितले पटक–पटक पेश गरेका कागजातहरूको विस्तृत अनुसन्धान हुनुपर्छ। गुनासो बेवास्ता गर्ने वा नजरअन्दाज गर्ने व्यक्तिहरूलाई जिम्मेवार ठहराई जागिरबाट हटाइनुपर्छ।

४. नेपाली राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्छ – छात्रावासभित्र केही महिला शिक्षकहरूले नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्दै उपहास गरेको व्यवहार पूर्णरूपमा अस्वीकार्य छ। यस्तो रवैया देखाउने व्यक्तिहरूलाई शैक्षिक संस्थामा कार्यरत रहन नपाउने व्यवस्था गर्नुपर्छ।

५. उच्च अधिकारीले सार्वजनिक माफी माग्नुपर्छ – विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ र कानुनी कारबाहीको सामना गर्नुपर्छ।

६. सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्छ – फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि भएको घटनाको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गर्नुपर्नेछ। फुटेजमा विद्यार्थीहरूलाई आक्रमण गरिरहेका देखिएका व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गरिनुका साथै तिनलाई तत्काल जागिरबाट हटाइनुपर्छ।

७. विद्यार्थीहरूको यातायात खर्च क्षतिपूर्ति गरिनुपर्छ – होस्टलबाट विद्यार्थीहरूलाई अज्ञात स्थानमा लगेर छोडिएको हुँदा उनीहरूले घर फर्किनका लागि गरेको खर्च कलेजले बेहोर्नुपर्छ।

८. कलेज प्रशासनले गल्ती स्वीकार गर्नुपर्छ – कलेजले जारी गरेको प्रेस विज्ञप्ति (विद्यार्थीहरू स्वेच्छाले होस्टल छोडेको दाबी गरिएको) झूटो भएको स्वीकार गर्दै वास्तविकता (विद्यार्थीहरूलाई जबरजस्ती कुटपिट गर्दै बाहिर निकालिएको)लाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ।

प्रकृति लम्सालको मृत्युपछि विरोध प्रदर्शन गरेका नेपाली विद्यार्थीहरुलाई छानबिनको माग गर्दा आक्रमण गरिएको उनीहरूको गुनासो छ। उनीहरुले आज बिहान पनि होस्टेलमा बसिरहेका केही नेपाली विद्यार्थीहरुलाई बाउन्सर जस्ता देखिने भारतीय व्यक्तिहरुले कुटपिट गरेको बताएका छन्।

एक नेपाली विद्यार्थीले भने, “आज बिहान करिब ८ बजे १०–१२ जना गुण्डा जस्तो देखिने बाउन्सरहरूले केपी ८ ए, केपी ८ बी/सी र केपी २६ का नेपाली विद्यार्थीहरूको कोठामा जबरजस्ती प्रवेश गरे। उनीहरूले नेपाली हो भनेर सोधे र नेपाली भएको पुष्टि भएपछि निर्ममतापूर्वक कुटपिट गरे।”

उनले थप भने, “ती आक्रमणकारीहरूले नेपाली विद्यार्थीहरूलाई दुई–तीन मिनेटमै सामान प्याक गर्न आदेश दिँदै ढिलाइ गरे थप आक्रमण गर्ने धम्की दिए।”

“फोनमा कुरा गरिरहेका विद्यार्थीहरूको मोबाइल खोसेर इन्स्टाग्राम, ह्वाट्सअप फोटो तथा म्यासेजहरू चेक गरे। जसले फोन दिन अस्वीकार गरे, उनीहरूलाई कुटपिट गरे।”

प्रकृति लम्सालको मृत्युको विषय सार्वजनिक भएपछि विद्यार्थीहरूले गम्भीर छानबिनको माग गर्दै विरोध प्रदर्शन गरेका थिए। त्यसपछि नेपाली विद्यार्थीहरू दुर्व्यवहार र आक्रमणको निशानामा परेका हुन्।

यसअघि सेक्युरिटी गार्डजस्ता देखिने केही व्यक्तिहरुले एकजना विद्यार्थीलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो। यी घटनाका प्रमाणहरू सुरक्षित राख्न र सत्य उजागर गर्न नेपाली विद्यार्थीहरूले १७ फेब्रुअरी २०२५ को बिहान ७ बजेदेखि १२ बजेसम्मको अवधिका केपी ८ ए, केपी ८ ब्लक सी र बी तथा केपी २६ को सीसीटीभी फुटेज हेर्न दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूलाई अनुरोध गरेका छन्।

Previous Post

आलुखेती गर्ने जनशक्ति नहुँदा लगाउन थालियो ओखर

Next Post

प्रकृति लम्सालको मृत्युबारे छानबिनकोे माग

सम्बन्धित खबर

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’
आर्थिक

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

२ चैत्र २०८२,
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
आर्थिक

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

२ चैत्र २०८२,
‘पहाड’ मा नेपाली समाजको कथा
आर्थिक

‘पहाड’ मा नेपाली समाजको कथा

२ चैत्र २०८२,
झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र
टुरिजम

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

२ चैत्र २०८२,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
Load More
Next Post
भारतमा नेपाली छात्रा मृत्यु प्रकरण: होस्टेल फर्किन नेपाली विद्यार्थीका ८ बुँदे सर्त

प्रकृति लम्सालको मृत्युबारे छानबिनकोे माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In