काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
राष्ट्रपति पौडेलले केही बेरअघि कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर शनिबार पोखरामा बेलुन पड्किँदा घाइते भएका मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
शनिबार पोखरामा ‘भ्रमण वर्ष २०२५’ घोषणा कार्यक्रममा हाइड्रोजन ग्यास भरिएका बेलुन पड्किँदा मन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । बेलुन फुट्दा आगोको झिल्काले उनीहरुको हात र अनुहारमा जलन भएको थियो । बर्न अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा उनीहरुको उपचार भइरहेको छ ।











