माकुरोले एकै पटकमा प्रजातिअनुसार एउटादेखि हजार वटासम्म अण्डा पार्न सक्छन् । अधिकांश माकुराले आफ्नो अण्डालाई जालोले बुनिएको सुरक्षित कवजमा बेरेर सुरक्षित स्थानमा राख्छन् । यसरी अण्डा पारेपछि केही प्रजातिका माकुराले त्यसलाई त्यत्तिकै छोडिदिन्छन्, फेरि फेरि त्यसको हेरचाह गर्दैनन् बरु अरु माकुराले त्यसको हेरचाह गरिदिन्छन् । कुनै कुनै प्रजातिले चाहिँ आफूसँगै अण्डा लिएर हिँड्छ र बच्चा हुर्काउँछ ।
अधिकांश माकुरोका बच्चाहरुले जन्मनेबित्तिकै आफै आफ्नो हेरचाह गर्ने एवं आमाको मद्दतबिना नै हुर्कन क्षमता राख्छन् ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













