समाजद्वारा स्वीकृत मान्यता अनुसार प्राप्त अहङ्कारका संस्कारले एक काल्पनिक आदत अथवा द्वितीय व्यक्तित्व निर्मित हुन्छ । यस द्वितीय व्यक्तित्वलाई राम्ररी जानेर प्रज्ञाको विशुद्धिमा रहनु जीवनको सर्वोत्तम उपलब्धि हो ।
यो अहङ्कारले आपूmलाई के के सम्झिन्छ के के यै अहङ्कारले के के मान्छ कहाँ कहाँ जान्छ ? तिमी यस अहङ्कारका सबै प्रवृत्तिहरूप्रति सजग भएर आपैmमा आपैmको साक्षात्कार गर ।
साफ सुन्दर खुला आकाश रातभरी चम्किँदा तारा भ्रमण गर्न एकान्त जङ्गल, खुला मैदान तथा सूर्योदय र सूर्यास्तको मनोरम दृश्य सायंप्रातःको भिक्षा यति प्राकृतिक र व्यावहारिक सुयोग अति सरल छन् । त्यसपछिका अरू सबै मनोरथ व्यर्थ एवं वर्तमानबाट पर लिएर जानेवाला हुन्छन् ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













