१. कर्तव्यकर्म नगरिकन, स्वधर्म पालन नगरिकन केवल भक्ति काम लाग्दैन । भक्तिले सबै कुरा दिन्छ त प्रभु दिँदैन ।
२. सबै पापको लागि हामी उत्तरदायी छौँ सबै धर्मको लागि भगवान् ।
३. ड्यूटीमा ध्यान दिनुपर्छ, तलबमा होइन । त्यसैगरी ईश्वरको सम्झनामा ध्यान दिनुपर्दछ, ईश्वरको साक्षात्कारमा होइन ।
४. अरुलाई तपाईंले प्रभु साक्षात्कार गर्नुभएको छ कि ? भनेर सोध्नु फजुल छ किनभने न उसले तपाईंलाई साक्षात्कार गराउन सक्छ, न तपाईंले उसलाई साक्षात्कार गराउन सक्नुहुन्छ । प्रभुसाक्षात्कार व्यक्तिगत र प्राइभेट हुन्छ । आफूले पुरुषार्थ गरेमा मात्र पाइन्छ ।
५. राजा खट्वाङ्ले ‘नरक कहाँ छ’ भनेर खोज्दै हिँड्नुहुन्थ्यो । जीवन नै नरक हो भन्ने बुझेपछि उहाँले भगवत् साक्षात्कार गर्नुभयो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













