• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग

by
२ फाल्गुन २०८१,
0
फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाँचथर।फिदिम–फालोट सडकअन्तर्गत फेमेखोलामा पुल निर्माण गरिदिन फिदिम नगरपालिकाले माग गरेको छ ।

गत असोज १२ गते आएको बाढीले पुल बगाएको उक्त स्थानमा ‘बेलिब्रिज’ निर्माण गरी आगामी वर्षायाममा यातायात सञ्चालन गर्न फिदिम नगरपालिकाले माग गरेको हो ।

प्रदेश र सङ्घीय सरकारलाई पटकपटक आग्रह गर्दा पनि पुल निर्माण अघि बढ्न नसकेको नगरप्रमुख मित्रप्रसाद काफ्लेले बताए। उक्त स्थानमा बेलिब्रिज निर्माण नभए वर्षायाममा बिरामीलाई अस्पताल पुर्‍याउन बाटो नहुने र प्रभावित क्षेत्रमा खाद्य सङ्कट हुने नगरपालिकाको चिन्ता छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै फिदिम नगरपालिकाले उक्त स्थानमा यथाशीघ्र बेलिब्रिज निर्माण अघि बढाउन माग गरेको हो । बाढीले फिदिम–फालोट सडकअन्तर्गत फेमेखोलाको २५ मिटर लामो सडक पुल बगाएको थियो । पुल बगेपछि अस्थायी डाइभर्सनमार्फत सवारीसाधन खोला पार गर्ने गरेका छन् ।

तर आगामी वर्षायामसम्ममा बेलिब्रिज निर्माण नभए यो बाटो प्रयोग गर्ने फिदिम नगरपालिकाका–१०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकाका नागरिक प्रभावित हुनेछन् । वर्षा हुनासाथ अहिले निर्माण भएको अस्थायी डाइभर्सन बगाउने खतरा छ । डाइभर्सनमा क्षति हुनासाथ फिदिम नगरपालिकाका–१०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकाको सदरमुकाम फिदिमसँगको सडक सम्पर्कविच्छेद हुने छ ।

फिदिम–फालोट सडक कालोपत्रको काम कोशी प्रदेश सरकारले गरिरहेको छ । पुल निर्माण पनि प्रदेश सरकारले नै गर्नुपर्ने भए पनि हालसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन । “अहिलेसम्म बजेट सुनिश्चित भएको छैन । प्रदेश सरकारबाट पनि पहल गर्छौँ भन्ने जवाफमात्र आएको छ”, नगरप्रमुख काफ्लेले भने, “नागरिकले नगरपालिका के गरेर बसिरहेको छ भन्न थाल्नुभएको छ । नगरपालिकाले बेलिब्रिज लगाउन सक्ने कुरा भएन ।”

आफूहरूले पत्राचार, टेलिफोनलगायत माध्यमबाट पहल गरे पनि बेलिब्रिज निर्माणका लागि बजेटको व्यवस्था हुन नसकेको नगरप्रमुख काफ्लेको गुनासो छ ।

प्रदेश र सङ्घीय सरकारबाट यस वर्ष पुल निर्माण नहुने जानकारी पाएको अवस्थामा नगरपालिकाले डाइभर्सन निर्माणको काम थाल्ने नगरप्रमुख काफ्लेको भनाइ छ ।

“बाटो नबनाए बिरामी र सुत्केरीलाई फिदिम ल्याउने पनि उपाय हुँदैन”, काफ्लेले भने । यस्तै पहिरोले फिदिम–३ स्थित लालीखर्क स्वास्थ्य चौकीको भवन पुर्दा स्वास्थ्य सेवा सञ्चालन हुन नसकेको तथा फिदिम–६ को काफलबोटे आधारभूत विद्यालयको चारकोठे भवन पहिरोले बगाउँदा उक्त विद्यालयको पठनपाठन प्रभावित बनेको नगरप्रमुख काफ्लेले बताए।

नगर क्षेत्रभित्र रू एक करोड चार लाखको लागतमा पहिरोबाट क्षतिग्रस्त शाखा सडकको मर्मत र पुनःनिर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै पहिरोले पूर्ण क्षति भएका ९० घरलाई अस्थायी आवास निर्माणका लागि रू २५ हजारका दरले पहिलो किस्तावापतको रकम उपलब्ध गराउन थालिएको नगर प्रमुख काफ्लेको भनाइ छ ।

Previous Post

‘एमगज’ हात्तीको जङ्गलमा उपचार

Next Post

पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’

पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In