• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालले बनायो एआई नीति

by
२७ माघ २०८१,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को व्यवस्थित विकास र प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति, २०८१’ को मस्यौदा तयार पारेको छ ।

कृत्रिम बौद्धिकताका माध्यमबाट देशको सामाजिक, आर्थिक र प्रशासनिक क्षेत्रमा रूपान्तरणकारी परिवर्तन ल्याउने लक्ष्य रहेको नीतिको मस्यौदाउपर मन्त्रालयले सुझाव माग गरेको छ ।

‘नेपालमा एआई प्रविधिको प्रयोग बढाउन, अनुसन्धान र विकासलाई प्रोत्साहन गर्न, सुशासन र सार्वजनिक सेवा सुधार गर्न, नयाँ व्यापारिक अवसर सिर्जना गर्न, नवप्रवर्तनलाई प्रवर्द्धन गर्न र एआई प्रविधिको नियमनमार्फत जोखिम न्यूनीकरण गर्न यस नीतिको आवश्यकता रहेको छ’, नीतिको मस्यौदामा भनिएको छ, ‘यस नीतिले डेटाको सहज पहुँच, डेटा इकोसिस्टमको निर्माण, एआई साक्षरता र दक्षता अभिवृद्धि गर्दै शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, कृषि, वित्त, प्राकृतिक प्रकोप व्यवस्थापन, कला, मनोरञ्जनलगायत क्षेत्रमा एआईको प्रयोगमार्फत आर्थिक र सामाजिक रूपान्तरण गर्ने सम्भावना देखिएको छ ।’

मस्यौदाको मुख्य लक्ष्य ‘नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धन, विद्यमान संरचनाको सबलीकरण एवं क्षेत्रगत समन्वयमार्फत कूल गार्हस्थ्य उत्पादनमा एआई क्षेत्रको योगदान बढाउनु’ रहेको मस्यौदामा उल्लेख छ ।

कृत्रिम बौद्धिकता नीतिको मस्यौदामा सुरक्षित एवं दिगो एआई इकोसिस्टमको निर्माण गर्नु, यस क्षेत्रमा जनशक्ति विकास, अध्ययन, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको विकास गर्नु, सार्वजनिक सेवाको गुणस्तरमा सुधार गर्नुलगायत उद्देश्य समावेश छन् ।

मस्यौदामा एआई प्रविधिको सुरक्षित प्रयोगका लागि नियमन र अनुगमन गर्ने व्यवस्था गरिएको छ । सुरक्षित एआई इकोसिस्टम निर्माण, डिजिटल पूर्वाधार विकास, डाटा व्यवस्थापन, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन, जनशक्ति विकास, क्षेत्रगत विकास र सार्वजनिक सेवा सुधारलगायत विषय समेटिएका छन् ।

नीतिको कार्यान्वयनका लागि एआई नियमन परिषद्, राष्ट्रिय एआई केन्द्र र एआई एक्सिलेन्स सेन्टर जस्ता संरचनाको परिकल्पना गरिएको छ । परिषद्ले एआईको विकास र प्रयोगका लागि नैतिक दिशानिर्देश तय गर्नेछ भने राष्ट्रिय एआई केन्द्रले प्रविधिको विकास र प्रयोगलाई समन्वय गर्ने प्रस्ताव गरिएको छ ।

विश्वव्यापी प्रयोग र प्रभावसँगै देशमा दिनानुदिन कृत्रिम बौद्धिकताको क्षेत्र व्यापक बन्दै गएको छ । यस प्रविधिले शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, कृषि, वित्तीय सेवा, प्राकृतिक प्रकोप व्यवस्थापन, मनोरञ्जनलगायत क्षेत्रमा प्रभाव पार्दै आएको छ । विश्वभरि नै एआई प्रविधिको प्रभावकारी उपयोगले आर्थिक र सामाजिक रूपान्तरण सम्भव भएको सन्दर्भमा मुलुकले यस क्षेत्रमा उपयुक्त नीति निर्माण गर्न आवश्यक देखिएको मन्त्रालयले जनाएको छ ।

Previous Post

बंगलादेशमा हसिनाका समर्थकमाथि कारबाही, युनुस सरकारको ‘अपरेशन डेभिल हन्ट’ सुरु

Next Post

तापक्रम वृद्धि राेक्ने लक्ष्य हासिल गर्न अब असम्भव : प्रतिवेदन

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
तापक्रम वृद्धि राेक्ने लक्ष्य हासिल गर्न अब असम्भव : प्रतिवेदन

तापक्रम वृद्धि राेक्ने लक्ष्य हासिल गर्न अब असम्भव : प्रतिवेदन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In