काठमाडौँ : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पार्किङ एप्रोन निर्माण कार्य ५५.४३ प्रतिशत सकिएको छ।
बिहीवार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आव ०८१/८२ बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा पार्किङ एप्रोन निर्माण कार्य ५५.४३ प्रतिशत, ह्याङ्गर एप्रोन निर्माण कार्य २४.५० प्रतिशत सकिएको उल्लेख छ। ट्याक्सी वे निर्माण कार्य ३६.८८ प्रतिशत सम्पन्न भएको पनि उक्त प्रतिवेदनमा उल्लेख छ।
‘भरतपुर विमानस्थलमा सुविधाजनक टर्मिनल निर्माण कार्य २० प्रतिशत सकिएको छ,’प्रतिवेदनमा भनिएको छ, ‘नेपालगञ्ज विमानस्थलमा सुविधाजनक टर्मिनल तथा कन्ट्रोल टावर निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ।’
भूकम्पबाट क्षतिग्रस्त भएका मठ-मन्दिर एवं पुरातात्त्विक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदामध्ये ७ वटा सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ।












