• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भूमिहीन भन्छन् – निस्सा पायौँ, लालपुर्जा कहिले पाउँछौँ ?

by
२३ पुस २०७९,
0
भूमिहीन भन्छन् – निस्सा पायौँ, लालपुर्जा कहिले पाउँछौँ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली – तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको छ । हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत सङ्कलन गरी गाउँपालिकाले निस्सा वितरण गरेको हो ।

अव्यवस्थितरुपमा बसोबास गर्दै आएका सुकुम्बासी परिवारहरु निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी देखिएका छन् । म्याग्दे गाउँपालिका–४ निवासी कल्पना नेपालीले भूमिहीन दलितको निस्सा पाएपछि अब जग्गा पाउने आश पलाएको बताइन् । “भूमिको नाममा कहीँकतै केही नभएको निस्सा पाउँदा अब जग्गा नै पाउँछु भन्ने विश्वास लागेको छ”, उनले भनिन्, “निस्सा नभई रातो लालपुर्जा नै पाएजस्तो महसुस गरेको छु, अब सरकारले जग्गा दिनेमा विश्वस्त छु ।”

सोही ठाउँ निवासी जुना थापा पनि निस्सा पाएपछि खुसी छिन् । “आफ्नो नाममा अहिलेसम्म जग्गा छैन, निस्सा वितरण गरेपछि जग्गा नापजाँच कार्य सुरु हुन्छ,” उनले भनिन्, “अब मेरो नाममा पनि जग्गा हुन्छ की त भन्ने आश जागेको छ ।”

भूमिहीनलाई जग्गा दिलाउन पहिलो चरणको प्रक्रिया सुरु भएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । निस्सा वितरणको आधारमा नै जग्गाको नापजाँचको कामलगायतका प्रक्रिया अगाडि बढाइने श्रेष्ठको भनाइ छ ।

वर्षौंदेखि उपभोग गर्दै आएको जमिन आफ्नो नाममा नहुँदा निराश बनेका सुकुम्बासीलाई निस्सा भूमि प्राप्तिको आधार बनेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । निस्सा वितरण सुरुआत पहिला नै गर्न लागिएको भए तापनि निर्वाचनका कारण रोकिएको हुँदा ढिलो भएको घिमिरेले बताए ।

म्याग्दे गाउँपालिकामा अव्यवस्थित बसोबासी एक हजार एक सय ५३, भूमिहीन सुुकुम्बासी ६५, भूमिहीन दलित ८५ जनाले निस्सा प्राप्तिका लागि फारम भरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । फारम भरेका सबैलाई निस्सा वितरण सकिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।

जग्गा नापजाँच अगाडि बढाउँदै पालिका

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका कारण रोकिएको जग्गा नापजाँचको काम तनहुँमा पुनः सुरु भएको छ । निर्वाचन आचारसंहिताका कारण रोकिएको जग्गा नापजाँचको काम पुनः सुरु भएको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित लिउतपाखा गाउँबाट जग्गाको नापजाँचको काम सुरु भएको कार्यवाहक वडाध्यक्ष कमलबहादुर मगरले जानकारी दिए । “जग्गा उपलब्धताका लागि निवेदन पेश गर्नुभएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच कार्य सुरु भएको छ”, मगरले भने ।

जग्गा नापजाँचका लागि नापी कार्यालय तनहुँका सर्भेक्षक राजीव श्रेष्ठको नेतृत्वमा टोली परिचालन भएको छ । आँबुखैरेनी गाउँपालिका–३ कै मिलनटोलमा पनि जग्गा नापजाँचको कार्य सुरु भएको छ । भोगचलन गर्दै आएको ऐलेनी जग्गा उपलब्धताका लागि निवेदन पेश परेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच कार्य सुरु भएको वडाध्यक्ष दिनेश केसीले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले लामो समयदेखि भूमिहीन र अव्यवस्थित बसोबासीका रुपमा रहेका सर्वसाधारणलाई लालपुर्जा प्रदान गर्नका लागि समयमै नापजाँच कार्य सम्पन्न गराउनुपर्ने बताए ।

राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले स्थानीय तहको समन्वयमा भूमिहीनलाई लालपुर्जा र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

गाउँपालिकाले जग्गा नापजाँच कार्यका लागि यसअघि नै निस्सा वितरण गरिसकेको छ । राष्ट्रिय भूमि आयोगका अनुसार हालसम्म शुक्लागण्डकी नगरपालिका–७, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका–१ र २, देवघाट गाउँपालिका–५ र व्यास नगरपालिका–१, २, ११, १३ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको छ ।

जिल्लाका दश पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ । जिल्लाको देवघाट गाउँपालिका–५ देउपुर टोल र शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारमा पनि जग्गाको नापजाँच कार्य जारी छ । (रासस

Previous Post

स्ववियु निर्वाचन चैत ५ गर्ने त्रिविको निर्णय

Next Post

तातोपानी नाका पूर्ववत् सञ्चालनमा ल्याउन अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
चिनको अघोषीत नाकाबन्दी, सुनसान छ तातोपानी नाका

तातोपानी नाका पूर्ववत् सञ्चालनमा ल्याउन अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In