• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हमास नियन्त्रणमा रहेका इजरायली महिला सैनिकले भने, ‘यसबिचमा अरबीभाषा सिक्यौं’

by
१४ माघ २०८१,
0
हमास नियन्त्रणमा रहेका इजरायली महिला सैनिकले भने, ‘यसबिचमा अरबीभाषा सिक्यौं’

Hamas fighters escort four Israeli hostages on a stage before handing them over to a team from the Red Cross in Gaza City on January 25, 2025. Hamas militants handed over four Israeli women hostages to the Red Cross in a January 25 swap after parading them on a stage at a square in Gaza, an AFP journalist reported. (Photo by Omar AL-QATTAA / AFP)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तेलअहिब। गाजा पट्टीमा युद्ध रोक्न इजरायलसँगको युद्धविराम सम्झौताको एक भागको रूपमा हमासले शनिबार आफ्ना चार महिला सैनिकलाई रिहा गरेको थियो भने बदलामा करिब २०० प्यालेस्टिनी कैदीहरूलाई पनि इजरायलले रिहा गरिदियो ।

इजरायली ४ महिला सैनिकहरू करिना एरिभ, ड्यानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग गाजाको रेडक्रसलाई हस्तान्तरण गरिएको थियो । रिलिज कार्यक्रमको क्रममा महिलाहरूलाई प्यालेस्टिनी गाडीबाट निकालेर स्टेजमा ल्याइयो र रिहा गरिएको घोषणा गरियो । रिहा लगत्तै उनीहरू मुस्कुराए र भिडतिर हात हल्लाएर अभिवादन गरे । त्यसपछि उनीहरु रेडक्रसको गाडीमा बसे ।

यी चारैजना महिला इजरायली सैनिक हुन् । जसलाई अक्टोबर ७ मा हमासले आक्रमण गर्दा इजरायलको नहल ओज सैन्य अखडाबाट अपहरण गरेर झन्डै १५ महिनासम्म आफ्नो नियन्त्रणमा राखेका थिए । तर, हमासको बन्धनबाट मुक्त भए पछि यी महिला सैनिकहरूले बन्दी जीवनमा आफूमाथि भएको सम्पूर्ण पीडाको बयान गरेका छन् ।

चारजना महिला सिपाहीहरूलाई रिहा हुनुअघि लगाउनको लागि अर्ध–सैन्य वर्दी दिइएको थियो । त्यसपछि उनलाई हतियारधारी हमास कार्यकर्तासँगै मञ्चमा खडा गराइएको थियो । सैनिकका परिवारले भने, ‘उनीहरूले स्टेजमा उभ्याएर डराएको वा नर्भस नभएको देखाएका थिए, त्यसले हामीलाई कुनै असर गरेको छैन, हामी उनीहरूभन्दा बलियो छौं भन्ने सन्देश दिन खोजिरहेका थिए ।’

अपहरणपछि घामको किरण पुग्न नसक्ने ठाउँमा राखिएको चारजना महिला सैनिकलाई राखिएको थियो । ‘न त राम्ररी सास फेर्न सकिन्थ्यो, न त उज्यालो नै थियो, जसका कारण उनले धेरैजसो समय अन्धकारमा बितायौं,’ नामा लेवीले भनिन । उनका अनुसार ४७७ दिनको कैदमा उनलाई गाजा शहरसहित गाजा वरिपरि नै घुमाउने गरिएको थियो । तिनीहरूमध्ये केहीलाई हमासका धेरै वरिष्ठ व्यक्तिहरू भेट्ने व्यवस्था पनि गरिएको थियो ।

त्यहाँ महिला सैनिकहरूले आफूहरूमाथि निकै नराम्रो व्यवहार गरेको बताए । न त उचित खानेकुरा, न पिउनको लागि उचित पानी । यस बाहेक कयौं पटक आतंकवादीका लागि खाना पकाउनुसमेत परेको थियो । यसका साथै शौचालयको सरसफाइ गर्नुपर्थ्यो । यी सबै गरेपछि खानाको लागि सोध्दा उनीहरूले अस्वीकार गरेका थिए । सैनिकहरूले यो उनीहरूको जीवनको अहिलेसम्मकै सबैभन्दा डरलाग्दो समय भएको बताए । ‘एक अर्काको हिम्मत थियो, त्यसैले आजसम्म बाँचेर फर्किएका छौं,’ उनीहरूले भने ।

अर्की एक महिला सिपाहीले भनिन्, ‘उनीहरूले सधैं हाम्रो र इजरायलका बारेमा ठट्टा गर्थे ।’ कयौं पटक उनीहरूलाई रुन पनि दिइएन । त्यसो गरेको भन्दै उनलाई कुटपिटसमेत गरिएको थियो । धेरै दिनसम्म नुहाउन दिइएन । घाइतेहरूलाई उपचारका लागि यातना दिइयो । ती महिलाहरूले आफ्नो सम्पूर्ण बन्दीबन्दीमा रेडियो भने धेरै सुनेको बताए। जसमा युद्धका बारेमा पनि जानकारी प्राप्त भएको थियो । यस अवधिमा उनीहरूले त्यहाँ अरबी भाषा पनि सिकेको महिला सैनिकले बताए । जसले धेरै सहज बनाएको थियो ।

Previous Post

प्रकाश प्रदुषणले विश्वको सबैभन्दा ठुलो टेलिस्कोप खतरामा

Next Post

पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
असोजमा साढे ३० हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे

पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In