१. कफी खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ?
– गुल्मी ।
२. दरबार हाईस्कुलको स्थापना कुन राणा प्रधानमन्त्रीले गरेका थिए ?
– बीर समशेर ।
३. नेपाल विश्व व्यापार संगठनको कतिऔँ सदस्य राष्ट्र हो ?
– १४७ औँ ।
४. नेपालमा सन् २०१९ मा सबैभन्दा बढी पर्यटन कुन देशबाट आएका थिए ?
– भारत ।
५. नेपालमा सबैभन्दा पहिला स्थापना भएको उद्योग कुन हो ?
– विराटनगर जुटमिल ।
६. नेपालको पहिलो औद्योगिक क्षेत्र कुन हो ?
– बालाजु औद्योगिक क्षेत्र ।
७. नेपालमा कहिलेदेखि योजनाबद्ध विकास प्रयासको थालनी भएको हो ?
— वि.सं. २०१३ ।
८. नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको हो ?
– १९९४ कार्तिक ३० ।
९. नेपालमा कागजी नोटको सुरुवात कहिलेबाट भएको हो ?
– २००२ असोज १ ।
१०. नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो ?
– २०१३ वैशाख १४ ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













